ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले चोरी, जबरजस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहरिएका एक व्यक्तिलाई एघार वर्षपछि पक्राउ गरेको छ । उक्त मुद्दामा ताप्लेजुङ जिल्ला अदालतबाट दोषी ठहरिएका जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनका ४४ वर्षीय तेजकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार गाउँमै लुकिछिपी रहेको अवस्थामा लिम्बूलाई शनिबार पक्राउ गरिएको हो । पक्राउ परेका लिम्बूलाई आइतबार जिल्ला अदालतमा उपस्थिति गराइएको र अदालतको आदेशपछि फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार लिम्बूले २०७० साल माघ धारिलो हतियार खुकुरी देखाई एक ३६ वर्षीया महिलाको घरमा लुकाई राखेको एक लाख रुपियाँ नगद चोरी गरेका र नगद चोरी गरेपछि ती महिलालाई जबरजस्ती करणी गर्न खोजेका थिए । ज्यान लिनेसम्मको धम्की दिँदै जबरजस्ती करणी गर्न खोज्दा पीडित महिलाले चिच्याएपछि महिलाकी देवरले थाहा पाएका र घटनास्थल पुगेका देवर समेतलाई ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी लिम्बू फरार भएका थिए ।
प्रहरीका अनुसार त्यसबेला घटना घटाई फरार भएका लिम्बू कतार र मलेसियामा रोजगारी गर्न गई फर्केर आएपछि झापाको दमकमा लुकिछिपी बस्दै आएका थिए । दमकबाट चार–पाँच दिनअघि मात्र ताप्लेजुङ आएको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा लिम्बूलाई गाउँबाटै प्रहरी पक्राउ गरेको हो ।
यता लिम्बू उपर ज्यान मार्ने, जबरजस्ती करणी उद्योग र चोरी मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले २०७६ साल जेठ २८ गते छ वर्ष छ महिना कैद र दुई लाख २० हजार रुपियाँ जरिवाना हुने फैसला गरेको थियो । योसँगै प्रहरीले चालु आर्थिक वर्षको हाल सम्ममा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका २१ जनालाई पक्राउ गरेको जनाएको छ ।
उक्त सङ्ख्यामा फरार प्रतिवादीलाई पक्राउ गरी कुल १७ वर्ष नौ महिना चार दिन कैद भुक्तान र ११ लाख ५३ हजार ५५८ रुपियाँ जरिवाना रकम असुल गर्नका लागि जिल्ला अदालतमा पेस गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।
फरार प्रतिवादीलाई पक्राउ गर्ने र कैद भुक्तान तथा जरिवाना असुल गराउने अभियानलाई जारी राखिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: