काठमाडौं । माइतीघर देखी नयाँ बानेश्वरसम्म तीनवटा समुहका प्रदर्शन र धर्ना जारी रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा बानेश्वरमा, शिक्षक महासंघको नेतृत्वमा बिजुलीबजार पुल केन्द्रित र नेपाल पिछडावर्ग (ओबिसी)को नेतृत्वमा माइतीघर मण्डलमा प्रदर्शन र धर्ना जारी रहेको हो ।
जसअनुसार माइतीघरमा ‘उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग गर्दै दलित समुदायले माइतीघर मण्डला, परिसरको सडकमा धर्ना दिएका छन्।
नेपाल पिछडावर्ग (ओबिसी) महासंघको नेतृत्वमा दलित समुदायका अगुवाहरुले ‘पिछडिएको समुदाय (ओवीसी) उत्थान विकास समिति’ र ‘वादी समुदाय उत्थान विकास समिति’लाई यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग गर्दै धर्ना दिएका हुन् ।
शिक्षकहरू भने बिहान ९ बजे देखी नै बिजुली बजारमा केन्द्रित आन्दोलन जारी राखेका छन् । बिगतमा १२ः०० देखी ३ः०० बजेसम्म आन्दोलन गर्दै आएका शिक्षकहरूले आज भने कार्यालय समयलाई अबरोध हुने गरी बिहान ९ः०० बजे देखी नै आन्दोलन सुरू गरेका हुन् । उनीहरू बिगत झन्डै ३ हप्ता देखी आन्दोलनमा रहेका छन् ।
उता, राप्रपा भने निषेधित क्षेत्र तोडने भन्दै नयाँ बानेश्वरमा केन्द्रित भएका छन् । आफ्ना पार्टी नेता बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालगायतको रिहाइको थप माग राखेर उनी बानेश्वरमा केन्द्रित भएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २५ गते, २०८२ - २१:३२
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान असहज अवस्था एमाले र कांग्रेसकै कारण सिर्जना भएको आरोप लगाएका छन्...
माघ २५ गते, २०८२ - २१:२८
काठमाडौं । टी–२० विश्वकपमा वेस्ट इन्डिजले स्कटल्यान्डमाथि ३५ रनको प्रभावशाली जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। १८३ रनको लक्ष्य पछ्य...
माघ २५ गते, २०८२ - २१:०५
सुर्खेत — निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा सुर्खेत प्रहरीले ‘द डेन्जरस स्कल’ (The Dangerous Skull) नामक समूहमा आबद्ध २५ जना युवालाई नियन्त्रण...
माघ २५ गते, २०८२ - २०:५९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईँलाई बि...
माघ २५ गते, २०८२ - २०:५३
काठमाडौँ । इलामको माईजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शन...
माघ २५ गते, २०८२ - २०:४७
एक महिना अघि खोजीमा खटिएको १५ सदस्यीय टोली, शनिबार विस्फोट भएपछि आशंका बलियो
माघ २५ गते, २०८२ - १९:५९
काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन खोजिएको प्रयासलाई निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन हुने भन्दै रोकेको छ। ...
माघ २५ गते, २०८२ - १९:५६
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दलहरू फेरि घोषणापत्र लेखनमा जुटेका छन्। अधिकांश दलले फागुनको पहिलो सातामै आफ्ना प्रत...
माघ २५ गते, २०८२ - १९:३४
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन काठमाडौँमा रहेका दाङेली युव...
माघ २५ गते, २०८२ - १९:३२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुको उद्देश्य काठमाडौं र मधेसबीचको...



प्रतिकृया लेख्नुहोस्: