Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

ट्राफिक शुल्कजस्ता अति सामान्य गल्तीमा पनि विदेशी विद्यार्थीको भिसा रद्द गर्दै अमेरिका

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी आप्रवासन कानून व्यवसायी संघ (एआइएलए) को एक नयाँ प्रतिवेदनले अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गर्ने बढ्दो संख्याप्रति चिन्ता व्यक्त गरेको छ। एआईएलएले अप्रिल १७ मा जारी गरेको प्रतिवेदन अनुसार कुल ३२७ वटा घटनाहरू रिपोर्ट गरिएका छन् जसमा भिसा रद्द गरिएको थियो वा विद्यार्थीहरूको सेभिस ९विद्यार्थी र विनिमय आगन्तुक सूचना प्रणाली० रेकर्डहरू बन्द गरिएको थियो।

यी तथ्याङ्कहरू विद्यार्थी, वकिल र विश्वविद्यालयका कर्मचारीहरूले प्रदान गरेको जानकारीमा आधारित छन्। यी ३२७ केसहरू मध्ये लगभग आधा भारतीय नागरिकहरू छन्, जबकि १४५ विद्यार्थीहरू चिनियाँ छन्। यसबाहेक दक्षिण कोरिया, नेपाल र बंगलादेशका विद्यार्थीहरू पनि प्रभावित भएका छन्।

प्रतिवेदनले भिसा रद्द हुँदा ओपीटी ९वैकल्पिक व्यावहारिक प्रशिक्षण० मा रहेका विद्यार्थीहरू सबैभन्दा बढी पीडित भएको देखाएको छ। सेभिस रेकर्डहरू बन्द भएपछि उनीहरूले काम गर्न जारी राख्न सक्दैनन्। अझै पनि आफ्नो पढाइलाई निरन्तरता दिइरहेका विद्यार्थीहरूको लागि अवस्था अलि सहज छ तर स्नातक पूरा गरेका विद्यार्थीहरूको लागि आफ्नो अवस्था पुनर्स्थापित गर्न गाह्रो हुन्छ।

यी घटनाहरूमा बाहिर आएका कारणहरू अचम्मलाग्दो छन्। पार्किङ जरिवाना वा तीव्र गतिमा गाडी चलाउने जरिवाना जस्ता सानातिना गल्तीमा प्रहरी रेकर्ड बनेपछि विद्यार्थीहरूको भिसा रद्द गरिएको थियो। यी मध्ये धेरैजसो घटनाहरूमा विद्यार्थीहरू विरुद्ध कुनै अभियोग लगाइएन वा मुद्दा बन्द गरियो। केवल दुई घटनामा राजनीतिक गतिविधिहरूसँगको सम्बन्ध बाहिर आएको छ।

एआइएलएको प्रतिवेदन अनुसार सेभिस रेकर्डहरू मेटाउने र भिसा रद्द गर्ने कारणहरू अनियमित र असंगत छन् जसले गर्दा यो चिन्ताजनक प्रवृत्ति बनेको छ। धेरै विद्यार्थीहरूले बिना चेतावनी कानुनी र शैक्षिक जोखिमको सामना गरिरहेका छन्।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending