सुर्खेत। मदन भण्डारी राजमार्गको पूर्वी सुर्खेत खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । पूर्वी सुर्खेतको भेडाबारीदेखि धुलियाबिटसम्म पर्ने ३५ किमी यो सडकमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ९० प्रतिशत सडक कालोपत्रे भइसकेको छ भने अब १० प्रतिशत मात्र कालोपत्रे हुन बाँकी छ ।
मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका अनुसार पूर्वी सुर्खेतमा पर्ने ३५ किमी सडकमध्ये २९ किमी कालोपत्रे भइसकेको छ । कार्यालयका इन्जिनियर रेशम वलीले हालसम्म २९ किलोमिटर सडक कालोपत्रे भइसकेको र बाँकी रहेको छ किलोमिटर सडकमा पनि कालोपत्रेको काम भइरहेको बताए। उनका अनुसार यो खण्डमा पर्ने पुलहरूको काम पनि सम्पन्न भई नियमित यातायात सञ्चालन भइरहेका छन् ।
इन्जिनियर वलीले मदन भण्डारी राजमार्गको पूर्वी खण्डको काम अब अन्तिम चरणमा रहेको बताए । यो खण्डमा निर्माण गर्नुपर्ने अधिकांश पुल निर्माण भइसके, अब एउटा पुल मात्र ढलान गर्न बाँकी छ । वीरेन्द्रनगर, लेकबेँसी, गुर्भाकोट भेडाबारीसम्म जोडिने यो सडक निर्माण गर्न २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । २०८० पुस २७ गतेसम्ममा स्तरोन्नतिको काम सक्ने गरी कालिका ९केएस० वेदान्सी जेभी कैलालीले ठेक्का पाएको हो । २०८१ पुस २६ गतेसम्मका लागि म्याद थपिएको थियो ।
उक्त मितिमा काम नसकिएपछि पुन: म्याद थपिएको छ । अन्तिम पटक २०८२ भदौ २९ सम्म म्याद थप गरिएको हो । योजनाले १२ वटा पक्की पुल निर्माण गर्नुपर्ने भए पनि हालसम्म ११ वटा पुलको काम पूरा भएको छ । सात वटा पुल निर्माण गर्ने जिम्मेवारी पाएको हिम सगरमाथा कन्स्ट्रक्सन कम्पनी चितवनले सात वटै पुलको काम पूरा गरेको छ । कम्पनीले उक्त पुल बनाउन २६ करोड ५६ लाख रुपियाँमा सम्झौता गरेको थियो ।
पूर्वतिर कालोपत्रे भएर गाडी गुड्न थालेपछि त्यस क्षेत्रका बासिन्दाको जनजीवन सहज हुन थालेको छ । पहिले सदरमुकाम वीरेन्द्रनगर आउन तीनरचार घण्टा लाग्ने गरेकोमा अहिले बढीमा एक घण्टामा छोटिएको स्थानीय बताउँछन् । लेकबेँसी नगरपालिका–७ का वडाध्यक्ष रुद्रबहादुर नेपालीले अहिले सडक कालोपत्रे भएपछि काठमाडौँ जाने रात्रि बस पनि यही सडक भएर जाने गरेको बताए। उनले सडक कच्ची हुँदा फाट्टफुट्ट आउने गाडी अहिले कालोपत्रे भएपछि नियमित आउने गरेको जानकारी दिए।
सुरुमा भेडाबारी धुलियाबिट सडक नामकरण हुँदा झन्डै तीन दशकसम्म स्तरोन्नति हुन नसकेकोमा मदन भण्डारी राजमार्ग जोडिएपछि स्तरोन्नति भएको स्थानीयको भनाइ छ । मदन भण्डारी राजमार्गको पूर्वी खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगे पनि पश्चिम क्षेत्रमा भने विवादले ढिलाइ भएको छ । चौकुने गाउँपालिकाको गुटु–बल्दे खण्डको बिजौरामा स्थानीयले अवरोध गरेपछि काम रोकिएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:४९
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...
पौष २ गते, २०८२ - १०:३७
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...




प्रतिकृया लेख्नुहोस्: