Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

ढल्केबर–हेटौडा प्रसारण लाइनले मुअब्जा दिनुपर्ने माग

खबरडबली संवाददाता

रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर १ बागमतीका स्थानीय बासिन्दाले ढल्केबर हेटौडा विद्युत प्रसारण लाइनले पोल र तार जडान गर्नु अगाडि नै स्थानीय बासिन्दालाई मुआब्जा दिनुपर्ने नत्र अन्यत्र पोल सार्नुपर्ने माग राखेका छन् । 

प्रसारण लाइनको पोल र तारका कारण स्थानीय बासिन्दालाई ठूलो समस्या उत्पन्न भएको भन्दै उनीहरुले संघर्ष समिति समेत बनाएका छन् । पोल टाँगिएको स्थान र त्यसको वरपरको जमिनपछि बैंकमा राखेर ऋण लिन समेत नपाउने, तारका कारण मानिसहरू सुस्त हुने, त्यसबाट सुत्केरी महिलाहरू प्रभावित हुने लगायतका समस्याहरू रहेको भन्दै स्थानीय बासिन्दाले सरकार समक्ष दुई बुँदे माग राखेर सङ्घर्ष समिति गठन गरेका छन् । 

स्थानीय बासिन्दाले कि त आफूहरूलाई मुआब्जा दिनुपर्ने कि त तार र पोल अन्यत्र सार्नुपर्ने माग राखेका छन् । नेपाल विद्युत प्राधिकरणको ढल्केबर हेटौडा प्रसारण लाइनको तार र पोलका कारण आफूहरू पछि गएर समस्यामा पर्ने भन्दै उनीहरुले दुई सुत्रिय माग राखेर संघर्ष समिति गठन गरेका हुन् । 

सो विषयमा उनीहरूले ढल्केबर हेटौंडा प्रसारण लाइनका कर्मचारीसँग शनिबार कुरा गरेको भएपनि त्यो प्रभावकारी हुन नसकेका कारण काम रोकिएको छ ।  चन्द्रपुर नगरपालिका वडा नम्बर १ बागमतीका स्थानीय बासिन्दाले तार टाँग्ने काम रोकेको संघर्ष समितिका सदस्य समिर बाबु कार्कीले जानकारी दिएका छन् । 

समितिको अध्यक्षमा दयाराम दाहाल ,सचिवमा सञ्जीवकुमार श्रेष्ठ ,सदस्यमा समिर बाबु कार्की ,सुरज दाहाल ,देवबहादुर सुवेदी ,कृष्ण हरि श्रेष्ठ टेकुमाया यसमाइली ,सन्तोष इस्माइली लगायतका रहेका छन् । उनीहरूले पोल र तार टाँगिएको आफ्नो जमिनको कुनै मूल्य नै नरहने र त्यसबाट विभिन्न शारीरिक समस्या समेत उत्पन्न हुने हुँदा त्यसको निराकरणका लागि सम्बन्धित निकायले तत्काल आफूहरूको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् । 

नेपाल विद्युत प्राधिकरणको ढल्केबर हेटौडा १ ३३ केभीको काम अहिले तीव्र गतिमा भइरहेको अवस्थामा स्थानीय बासिन्दाले दुई सुत्रिय माग राखेर काम रोकेका छन् ।  स्थानीय बासिन्दाले आफूहरूको माग राज्यपक्षले सम्बोधन नगरेको खण्डमा आफूहरू चरणबद्ध आन्दोलनमा उत्रने संघर्ष समितिका अध्यक्ष दयाराम दाहालले जानकारी दिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending