बागलुङ । बागलुङका चार पालिकामा क्षयरोग नियन्त्रण अभियान चलाइएको छ। क्षयरोग पत्ता लगाउने, सर्ने दर घटाउने र बिरामीको उपचार गरी क्षयरोगमुक्त पालिका बनाउन जिल्लाका १० मध्ये बागलुङ नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकामा यो अभियान सुरु भएको छ।
गत वर्ष बडिगाड र गलकोटमा सुरु भएको अभियान यस वर्ष बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा विस्तार गरिएको हो। नेपाल सरकारको क्षयरोगमुक्त पालिका कार्यविधिअनुसार यी पालिकामा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए।
‘क्षयरोग सरुवा रोग भएकाले सर्ने दर घटाउनु नै मुख्य लक्ष्य हो। यसका लागि बिरामी पत्ता लगाएर उपचार गर्नुपर्छ। सचेतना मुख्य कुरा हो। अभियानले बिरामी पत्ता लगाउने दर बढाएको छ। उपचारपछि बिरामीको संख्या कम हुँदै जान्छ,’ घिमिरेले भने, ‘यो आर्थिक वर्षमा जिल्लामा २०३ बिरामी पत्ता लागेका छन्। औषधि सेवनले रोग सर्नबाट रोकिन्छ र निर्मूलनमा सहयोग पुग्छ।’
बडिगाड गाउँपालिकामा गत वर्ष १३३ बिरामी थिए, अहिले ४३ मा झरेको छ। सर्वेक्षण जारी छ। गलकोटमा ३१ र बागलुङ नगरपालिकामा ३० सक्रिय बिरामी छन्।
यी पालिकामा एआई प्रविधिबाट क्षयरोग पत्ता लगाउने काम तीव्र छ। प्रत्येक पालिकामा क्षयरोग संयोजक तोकिएको छ। पालिका प्रमुखको नेतृत्वमा क्षयरोगमुक्त समन्वय समिति र वडास्तरीय समिति गठन भइरहेको छ।
ढोरपाटन नगरपालिकामा अभियान नचले पनि एक्सरेमार्फत परीक्षण भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। अभियानका लागि स्वास्थ्य शाखामा एकाइ, पालिकास्तरीय समन्वय समिति र वडास्तरीय समिति गठन गरिनेछ।
बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले क्षयरोग पत्ता लगाउने, उपचार गर्ने, सर्ने दर घटाउने, रोकथाम गर्ने र मृत्युदर शून्यमा झार्ने लक्ष्य रहेको बताए। नगरपालिकाका १४ मध्ये १२ वडामा सूक्ष्म योजना तयार भइसकेको उनले जानकारी दिए। नेपाल सरकारले सन् २०३५ भित्र क्षयरोग निवारण गर्ने लक्ष्यका साथ खोजी अभियान तीव्र पारेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १६:५९
काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...
फाल्गुन २९ गते, २०८२ - १६:४९
काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...
फाल्गुन २९ गते, २०८२ - १६:३८
कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...
फाल्गुन २९ गते, २०८२ - १६:२६
काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...
फाल्गुन २९ गते, २०८२ - १६:२२
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...
फाल्गुन २९ गते, २०८२ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...


प्रतिकृया लेख्नुहोस्: