काठमाडौं। आन्दोलनरत शिक्षकहरूले जारी प्रदर्शनलाई आज पनि निरन्तरता दिने भएका छन् । शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले समग्र परिस्थितिको मूल्याङ्कन गर्दा अझै आन्दोलनको मोर्चा डटिरहनु पर्ने अवस्था आएको उल्लेख गरेका छन् ।
महासङ्घको टोलीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो । करिब २ घण्टा चलेको छलफलमा महासङ्घको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग मुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्ना धारणा प्रस्ट पार्ने काम भएको अध्यक्ष सुवेदीले बताए ।
‘प्रधानमन्त्रीज्यूले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गर्नुभयो । त्यसपछि राती ११ः३० बजे सभामुख देवराज घिमिरेसँग भेट भयो । वहाँसँग विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपाय बारे छलफल भय’, सुवेदीले भनेका छन् ।
हिजो प्रधानमन्त्री र सभामुखसँग भएका कुराकानीबारे आजको विरोध प्रदर्शनमा जानकारी गराउने पनि सुवेदीले बताएका छन् । उनले सदा झैँ ठिक १२ः०० बजे माइतीघर मण्डलामा आउन शिक्षकहरूलाई आग्रह पनि गरेका छन् ।
‘हामी एक दुई सानातिना मागहरूको लेनदेन गरी फर्किन आन्दोलनमा आएका होइनौँ । विगतका सहमति सम्बोधन हुने अग्रगामी ऐन नै हाम्रो लक्ष्य हो । आजको विरोध सभामा हिजो भएको भेट बारे सबै कुरा साथीहरू बिच राखिने नै छ । परिस्थितिको समग्र मूल्याङ्कनका लागि तहगत छलफलहरू गरिनेछ’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
उनले भने –‘हामीले हिजोका दिनमा जे जे पाएका हौँ आन्दोलनको बलमा नै पाएका हौँ । अब पनि जे पाउने छौँ, त्यो आन्दोलनकै बलमा पाउनै छौँ । यो सत्यलाई हृदयङ्गम गरौँ ।’
मर्यादित, संयमित र अनुशासित भएर आन्दोलनको मोर्चामा डटिरहन उनले शिक्षकहरूलाई आग्रह समेत गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: