पेरिस । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युरोपेली अधिकारीहरूसँगको बैठकपछि पेरिसबाट बाहिरिने क्रममा वासिङ्टनले युक्रेन युद्धविराम सम्भव छ कि छैन भनेर चाँडै निर्णय गर्नुपर्ने बताएका छन् ।
उनले बोर्गेट विमानस्थलमा पत्रकारहरूसँग भने, “हामीले अब केही दिनभित्रै यो काम गर्न सकिन्छ कि सकिँदैन मुल्याङ्कन गर्नु आवश्यक छ, किनभने यदि त्यसो भएन भने मलाई लाग्छ कि हामी अन्य योजनाका साथ अगाडि बढ्नेछौँ ।” “यदि युद्धविराम सम्भव भएन भने हामीले ध्यान दिनुपर्ने अन्य प्राथमिकताहरू पनि छन् ।”
विदेशमन्त्री रूबियोले भने, “अमेरिकाले विगत तीन वर्षदेखि युक्रेनलाई सहयोग गरिरहेको छ र हामी यसको अन्त्य चाहन्छौं, तर यो हाम्रो युद्ध होइन ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्तापछि शान्ति वार्ता सुरु गर्न सहमत भएपछि किएभ र युरोपेली सहयोगीहरूलाई वेवास्ता गरेका छन् भने युरोपेली शक्तिहरू वार्तामा बस्न चाहिरहेका छन् ।
युद्ध अन्त्यका लागि ट्रम्पको प्रयास असफल भएको छ र पुटिनले पूर्ण युद्धविरामको खण्डन गरेका छन् । रुबियोले युरोपेली अधिकारीहरूले बिहीबार भएको वार्तामा ‘आफ्ना विचारहरूमा निकै सहयोगी र रचनात्मक’ बनेको बताएका छन् ।
“हामी चाहन्छौँ उनीहरूले वार्तामा समन्वयकारी भूमिका खेल्नेछन् । मेरो विचारमा बेलायत, फ्रान्स र जर्मनीले हामीलाई वार्ता अघि बढाउन मद्दत गर्न सक्छन् र त्यसपछि यसलाई समाधानको नजिक पुर्याउन सकिन्छ्,” उनले भने । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसले लगाएको प्रतिबन्ध फुकुवा गर्न युरोपेली मुलुकहरूले विचार गर्ने पनि आफूले आशा व्यक्त गरेको उनले बताए ।
उनले भने, “रुसविरुद्धको प्रतिबन्धको एउटा हिस्सा र यदि यो सम्झौताको भाग हो भने तीमध्ये धेरै युरोपेली प्रतिबन्धहरू हुन् जसलाई हामी हटाउन सक्दैनौं ।” युरोपेली मुलुकहरूले गत महिना रुसमाथिको प्रतिबन्ध फुकुवा गर्नुको साटो बढाउने सहमति गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: