काठमाडौं । नेकपा(बहुमत) निकट अखिल(क्रान्तिकारी)ले निःशुल्क र समान शिक्षा कार्यान्वयन हुने गरी शिक्षा ऐन जारी गराउन दवाबस्वरुप पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी शिक्षकहरुको आन्दोलनमासमेत ऐक्यबद्धता रहेको जानकारी दिएको छ ।
सो संगठनका अध्यक्ष विरेन्द्र शाहले गत चैत २६ गते शिक्षा मन्त्रालयमा ३९ बुँदे माग पत्र बुझाएको र सरकारले सो विषयमा कुनै सुनुवाई नगरेकोले आफूहरुले संघर्षका कार्यक्रम सार्वजनिक गरेको बताए । शाहले गणतन्त्र आइसकेको लामो समयमसम्म पनि नेपालमा पञ्चायतकालिन् शिक्षा ऐन हुँनु दुर्भाग्य भएको बताउँदै भने“डेट एक्स्पायर भइसकेको शिक्षा ऐन मार्फत दिन दुई गुणा र रात चौगुणाका दरले युवा विद्यार्थी बेच्ने दलाल सरकारलाई देशप्रति कुनै चिन्ता छैन ।”
पछिल्लो समय शिक्षकहरुले शिक्षा ऐन जारी गर्न तथा उनीहरुको माग पुरा गर्न आनाकानी गरिरहनुमा पनि राज्यमा बसेका जिम्मेवार व्यक्तिहरुको स्वार्थले अड्काईरहेको शाहले आरोप लगाए । शिक्षक, विद्यार्थी र सरोकारवाला पक्षहरुले शिक्षा सुधारका लागि दवाब दिँदा पनि नसुन्नुको पछाडी ठूलो स्वार्थ रहेको बताउँदै भने,“मन्त्री, कर्मचारीदेखि ठूला अहोदाका मान्छेले सरकारी शिक्षालाई गुणस्तर बनाए उनीहरुका आफ्नै निजी बोर्डिङको ब्यापार सुकिहाल्छ नि ।”
संगठनकी उपाध्यक्ष रुपा बुढामगरले तत्काल सरकारले निःशुल्क र समान शिक्षासहितको शिक्षा ऐन जारी गर्न माग गर्दै अन्यथा संगठनले आन्दोलन चर्काउने चेतावनी दिइन् ।
संगठनका महासचिव उषाकिरण आजादले शिक्षकहरुको आन्दोलनलाई आफ्नो संगठनले साथ र समर्थन रहेको बताउँदै भने,“शिक्षकहरुका जायज मागहरुलाई हाम्रो समर्थन छ तर शिक्षकहरुले आफ्ना सन्तानहरुलाई बोर्डिङमा नपढाएर सरकारी विद्यालयमा पढाउनु पर्छ ।”
सको पत्रकार सम्मेलनमा संगठनका सचिवहरु गोविन्द विष्ट, डिबी शाही, हरि विष्ट, कोषाध्यक्ष कमला परियारलगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - २१:०२
सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...
माघ १४ गते, २०८२ - २०:५०
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...
माघ १४ गते, २०८२ - २०:४९
काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...
माघ १४ गते, २०८२ - २०:४२
कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...
माघ १४ गते, २०८२ - २०:३२
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचार अभियान तीव्र बनाएका छन् । मतदाता भेटघाट, घरदैलो अभियानदेखि डिजिटल प्लेटफर्ममार्फ...
माघ १४ गते, २०८२ - २०:१२
काठमाडौँ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई कडाइका साथ पालना गराउन उद्योग, व्यवसायलगायत निजी क्षेत्रसँग सम्बन्धित प्रतिनिधिमूल...
माघ १४ गते, २०८२ - २०:०९
तनहुँ। तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशुली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएको छ। बसको केह...
माघ १४ गते, २०८२ - १९:५४
विराटनगर । कोशी भेगमा उम्मेदवार बन्ने नेताहरू प्रायः इलामको लारुम्बास्थित किरात धर्मगुरु आत्मनन्द लिङ्देनको दर्शन गरेरै चुनावी अभियानको औपचारिक सुरुवा...
माघ १४ गते, २०८२ - १९:५०
निर्वाचनको औपचारिक गठबन्धन नभएपनि भित्रभित्रै ‘भोट साटासाट’ सुरु
माघ १४ गते, २०८२ - १९:३७
राजविराज । सप्तरीमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरी टाँगिएका चुनाव चिन्ह उल्लेखित तोरण, झण्डा, पोस्टरलगायत प्रचार सामग्री २४ घण्टाभित्र हटाउने सहमति ...




प्रतिकृया लेख्नुहोस्: