सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा मेलमिलापकर्ताहरुको लागि आधारभुत तालिम सुरु भएको छ । विवादको साटो, मेलमिलापको बाटो भन्ने मुख्य नारा सहित वडास्तरका मेलमिलापकर्ताहरुका लागि मेलमिलाप सम्बन्धी आधारभुत तालिम विहिबारदेखि सुरु भएको हो ।
तालिम उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले न्यायीक समितिले प्रभावकारी न्याय सम्पादनमा महत्वपूर्ण भुमिका खेलेको भन्दै अन्तरविरोध तथा अन्तरकलहमा एक पक्षको जीत र हार नभएर दुवै पक्षको जीत हुनेगरी वडास्तरमा नै मेलमिलाप गराउनमा मेलमिलापकर्ताहरुले महत्वर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
यस्तै गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक बुद्ध कुमारी खत्रीले मेलमिलापकर्तामा विवादको गाँठो फुकाउन सक्ने क्षमता दिलाउन यो तालिमले टेवा पुर्याउने विश्वास व्यक्त गर्दै समाजमा एकआपसमा हुने विवादलाई जटिल अवस्थामा पुग्न नदिनका लागि मेलमिलापकर्ताले भुमिका निर्वाह गर्नुपर्ने बताइन् ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले मेलमिलापकर्ताहरुले पक्ष विपक्षको गोपनीयता राख्नु पर्ने, आफूलाई आर्थिक लाभबाट प्रभावित गर्नु नहुने, एकको कुरा अर्कालाई सुनाउनु नहुने जस्ता आचरण पालना गर्नुपर्नेमा जोड दिए ।
छत्रेश्वरी गाउँपालिकाको आर्थिक सहयोगमा संवाद सहजिकरण तथा मेलमिलापका लागि शेयर सेन्टर, सुर्खेतले आजदेखि सुरु गरेको तालिम वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । सातवटै वडाहरुबाट छनौट भएका तीन तीन जना मेलमिलापकर्ताहरु सहित न्यायीक समितिका सदस्यहरु, न्यायीक शाखाका कर्मचारी लगाएत तालिममा सहभागि छन् ।
तालिमका प्रशिक्षकहरुमा अर्जुन प्रसाद घिमिरे र सन्तोष प्रसाद खनाल रहेका छन् । तालिम उद्घाटन कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष छविलाल खत्री, वडा नं ५ का कार्यवाहक वडा अध्यक्ष टंक बहादुर वली, वडा नं ६ का कार्यवाहक वडा अध्यक्ष सागर नेपाली, मेलमिलापका लागि शेयर सेन्टर, सुर्खेतका कार्यकारी निर्देशक गोपालसिंह बुढाथोकी लगाएतको सहभागिता रहेको थियो ।
कानुनले स्थानीय तहका न्यायिक समितिहलाई मेलमिलापको जिम्मेवारी दिइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (२) ले समितिलाई केही मुद्दाको विवाद निरुपण मेलमिलापबाट गराउने अधिकार दिएको छ । सरकारी, सार्वजनिक वा सामुदायिकबाहेक हकका जग्गा अर्कोले च्यापेर, मिचेर वा घुसाएर खाएकोमा, आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएकोमा, पति पत्नीवीचको सम्बन्धि विच्छेद, अंगभंग बाहेकको बढीमा एक बर्षसम्म कैद हुन सक्ने कुटपिटका उजुरी, गाली बेइज्जती र लुटपिटका समस्या मेलमिलापबाट समाधान गर्न सकिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: