Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

कारागारबाट छुटेपछि कहाँ गए रामबहादुर बमजन ?

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बमजनलाई अदालतले सफाइ दिएको छ। उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बमजन जेलमुक्त भएका छन्। सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोप लागेका बमजनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको हो।

उच्च अदालत जनकपुरले सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बमजनलाई २०८१ चैत ६ गते सफाइ दिएको हो।  न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई मुद्दामा सफाइ दिएको अदालतका उप-रजिष्ट्रार सुशील यादवले बताए। बमजनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो। त्यसविरूद्ध उनले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए। ‘जिल्ला अदालत सर्लाहीले गरेको १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय उच्च अदालतबाट उल्टी भएको छ, अदालतले दाबी नपुग्ने देखिएपछि उक्त मुद्दा नै खारेज भएको छ,’ यादवले भने।

उच्च अदालतले फैसला गरेको बखत बमजन जिल्ला कारागार कार्यालय सिन्धुपाल्चोक थिए। उनलाई अर्की आनी फूलमाया रुम्बा बेपत्ता पारेको मुद्दाको सुनुवाइको लागि सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको थियो। ‘फैसला भएको राति चैत ६ गते हामीलाई पत्र आएको थियो,’ सिन्धुपाल्चोक कारागारका एक कर्मचारीले भने, ‘७ गते यहाँ कारागारबाट जानु भएको हो।’

कारागारबाट मुक्त हुँदा बमजनलाई उनकी श्रीमती दीपशिखाले बुझेकी थिइन्। ती कर्मचारीका अनुसार रुम्बा बेपत्ता प्रकरणमा सिन्धुपाल्चोक अदालतले कात्तिक २५ गते धरौटीमा रिहा गरेको थियो।

बमजनलाई तीन लाख धरौटीमा सिन्धुपाल्चोक अदालतले रिहा गर्ने आदेश दिएको थियो। सिन्धुपाल्चोकको मुद्दाको प्रारम्भिक सुनुवाइ सकिए पनि उनी त्यहीँ कारागारमा थिए। सिन्धुपाल्चोकको बाडेगाउँबाटै बेपत्ता पारिएका अर्का अनुयायी सञ्चलाल वाइबाको मुद्दा सरकारी वकिल कार्यालयले अघि बढाएको थिएन।

यसअघि २०८१ साउन ८ गते बमजनको आश्रमबाट बेपत्ता भएकी अर्की आनी चिनिमाया तामाङ बेपत्ता पारिएको कसुरमा नुवाकोट जिल्ला अदालतले बमजनलाई साधारण तारिखमा रिहा गरिसकेको थियो। बमजनविरूद्ध एउटा निवेदन बारामा छ। जितपुर सिमरा उपमहानगरपालिका-१८ (हालको ठेगाना) बडहर्वाका सुरेशकुमार आले बेपत्ता प्रकरणमा बारा प्रहरीमा आफन्तले २०८० मंसिरमा निवेदन दिएका थिए। त्यो निवेदन अझैसम्म दर्ता भएको छैन।

सर्लाही बागमती नगरपालिका-१२ की रिता बोट बेपत्ता प्रकरणको उजुरी परेको थियो। त्यो उजुरी के भयो भन्ने सर्लाही प्रहरीले बताउन सकेको छैन। बमजनविरूद्ध २०८१ फागुनमा जिल्ला अदालत सर्लाहीमा ८ करोड २७ लाख रुपैयाँ गैरकानुनी तरिकाले आर्जन गरेको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो। बमजनविरूद्धको सम्पत्ति शुद्धीकरण मुद्दा किनारा लागिसकेको छैन।

कारागारबाट छुटेपछि बमजन कहाँ गए प्रहरीले खोजी गरेको छैन। बमजनको घर बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौंडा हो। बमजनको स्थायी ठेगाना बारा निजगढ नगरपालिका-१२ हो । ३० वर्षीय उनको वास्तविक नाम रामलाल बमजन हो । २०८० पुस २५ गते केन्द्रीय अनुसन्धान ब्युरोले बमजनलाई हात्तीगौंडास्थित घरैबाट पक्राउ गरेको थियो

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending