Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

मकवानपुरमा यात्रुवाहक बस दुर्घटना, ४३ जना घाइते

खबरडबली संवाददाता

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना हुँदा ४३ जना घाइते भएको छ । बिहीबार बिहान  ४ बजेर ५० मिनेटको समयमा इटहरीबाट भैरहवा जाँदै गरेको लु।२ ख ५९९ नम्बरको यात्रुवाहक बस सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।

सवारी दुर्घटनामा १६ जना मध्यम र २७ जना सामान्य घाइते भएको छन्। मध्यम घाइते मध्य ६ जनाको नयाँ मेडिकलमा र १० जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यस्तै सामान्य घाइते ३ जनाको नयाँ मेडिकलमा र २४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

बस दुर्घटनामा पूर्वी नवलपरासी कावासोती नगरपालिका–४ हसौराका १६ वर्षीय इसा महतो, सिराहा धनगढीमाई नगरपालिका–६ का ६८ वर्षीय राम चन्द्र महतो, मोरङ विराटनगर महानगरपालिका–६ का २४ वर्षीय पूजा राई, भारत घर भई हाल भैरहवा बस्ने २२ वर्षीय महोमत गुल्सेर, अर्घाखाँची बस्ने २४ वर्षीय यामडी हारुन, २९ वर्षीय महोमद सामुदिन, रुपन्देही बस्ने १२ वर्षीय अनुराधा चौधरी, देश भारत घर भई हाल चितवन भरतपुर महानगरपालिका–१ पुलचोक बस्ने २५ वर्षीय सौरभ मण्डल, हाल वतन नखुलेको अन्दाजी ४६ वर्षीय मिना चौधरी घाइते हुनुभएको हो । उहाँहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।

त्यस्तै सुनसरी इनरुवा–१ बस्ने १९ वर्षीय रेष्मा प्रसाईँ, ४६ वर्षीय राजेन्द्र कुमार प्रसाईँ, सुनसरी लहान घर भई हाल चितवन भरतपुर–१० बस्ने ६१ वर्षीय बबि साह, रुपन्देही भैरहवा बस्ने १५ वर्षीय लक्ष्मी चौधरी, २ वर्षीय ओम चौधरी, मोरङ विराटनगर–६ बस्ने १७ वर्षीय भूमिका कुमारी राई, भारत घर भई हाल चितवन–१० बस्ने १२ वर्षीय आवृत्ति साह, नवलपरासी कावासोती–४ बस्ने ६५ वर्षीय नन्द कुमारी महतो, भारत सपोल जिल्ला कुशवहर यराजी–१ बस्ने ३५ वर्षीय महमत गुल्सेर, सप्तरी छिन्नमस्ना गाउँपालिका–५ बस्ने २७ वर्षीय सम्भु कुमार चौधरी घाइते हुनु भएको हो ।

त्यस्तै सवारी दुर्घटनामा भारत सिपोल जिल्ला कुशर यरार बस्ने २२ वर्षीय इन्जाद आलम, सप्तरी दुधेवसी–९ बस्ने ३४ वर्षीय इन्द्रजित साह, सुनसरी धरान नगरपालिका–१७ बस्ने ३९ वर्षीय खडक बि।क।, सप्तरी खडक नगरपालिका–१ बस्ने २५ वर्षीय रमेश साह, सुनसरी रामधुनी नगरपालिका–१ बस्ने ३६ वर्षीय धिरज चौधरी, सुनसरी इटहरी–९ बस्ने ६१ वर्षीय नृपम घिमिरे, सुनसरी धरान–१७ बस्ने ३१ वर्षीय मानव रानपाल, चितवन–११ बस्ने १४ वर्षीय उदय साह, उदयपुर बेला नगरपालिका–१बस्ने ३० वर्षीय पूजा बस्नेत, सुनसरी बराह क्षेत्र–२ बस्ने १५ वर्षीय सुदिप काफ्ले, ३० वर्षीय सुजन काफ्ले घाइते भएको छन् । 

त्यस्तै रुकुम बस्ने २४ वर्षीय बेबी ओली, भारत घर भई हाल काँकडभिट्टा बस्ने २२ वर्षीय अब्दुल रश्मि, सुनसरी धरान–५ बस्ने २४ वर्षीय दान बहादुर नेपाली, सुनसरी वराहक्षेत्र–१० बस्ने १८ वर्षीय सुशान्त श्रेष्ठ, सुनसरी इटहरी–१ बस्ने २९ वर्षीय सिवा थारु, २ वर्षीय हमान थारु, नवलपरासी कावासोती–४ बस्ने १४ वर्षीय उर्मिला महतो, ७ वर्षीय सम्झना महतो, नवलपरासी पश्चिम सुस्ता बस्ने २७ वर्षीय मनीषा पुलामी मगर, ८ वर्षीय माहयु थापामगर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
त्यस्तै सवारी दुर्घटनामा भोजपुर हलुवागढि–४ बस्ने २१ वर्षीय ममता नेपाली, सप्तरी खड्क–१ बस्ने ३३ वर्षीय सरोज चौधरी, सुनसरी वराहक्षेत्र नगरपालिका–३ बस्ने ३४ वर्षीय विसन धामी घाइते भएको छन् । 

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चितवनतर्फ उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। दुर्घटनामा घाइते भएकाहरूको अवस्था मध्यम रहेको छ । उहाँका अनुसार बसको स्टेरिङ लक भएर नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घाइतेहरूको शरीरको विभिन्न भागमा चोट लागेको छ । यात्रुबहाक बसमा ५२ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा संलग्न बसका चालक बारा जिल्लाको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...

रास्वपा निर्वाचन तालिका पाँचौँपटक संशोधन, पदाधिकारीका लागि राति मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...

भेनेजुएलामा शक्तिशाली भूकम्प: १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...

कक्षा १२ नतिजा विवादबारे शिक्षामन्त्री पोखरेलले भने: भेरिफिकेसन गर्न समिति गठन गरेको छौ

काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...

रास्वपामा ‘नो भोट’को प्रावधान राख्नुपर्ने सागर ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...

उचित विकल्प नदेखाए पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने सुकुमवासीहरुको चेतावनी

काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...

रास्वपा महाधिवेशन: यी ६ पदाधिकारीका लागि निर्वाचन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...

दस हजार भायल एन्टी–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...

कक्षा १२ नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...

रास्वपा महाधिवेशनमा मतदान घट्यो, झण्डै ३ हजारले मात्र गरे मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending