काठमाडौँ । पाकिस्तानको ८५औं राष्ट्रिय दिवसका अवसरमा काठमाडौँस्थित पाकिस्तानी दूतावासले मङ्गलबार साँझ स्वागत समारोहको आयोजना गर्यो । उपराष्ट्रपति डा। रामसहायप्रसाद यादवले प्रमुख अतिथिको रूपमा कार्यक्रमको उद्घाटन गरेको पाकिस्तानी दूतावासले जनाएको छ ।
त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले पाकिस्तान दिवसको ऐतिहासिक महत्त्वलाई जोड दिँदै पाकिस्तान औपनिवेशिक अधीनताबाट मुक्तिदेखि गणतन्त्र निर्माणसम्मको यात्रा चर्चा गरे। उनले पाकिस्तानका पुर्खालाई उच्च श्रद्धाञ्जली अर्पण गर्दै आफ्ना अन्तर्राष्ट्रिय दायित्वहरू पूरा गर्न पाकिस्तान अन्तर्राष्ट्रिय समुदायको साथमा उभिएको स्मरण गरे ।
पाकिस्तान र नेपालले सौहार्दपूर्ण सम्बन्धको लाभ लिएको र सबल भाइचारा निर्माण गरेको उल्लेख गर्नुुहँदै उनले पाकिस्तान र नेपालले भूगोलदेखि सभ्यता सम्बन्धसम्म, हिमालयका चुचुरादेखि समृद्ध सम्पदासम्म र सांस्कृतिक समानताले दुई जनतालाई एकताबद्ध गर्ने अद्वितीय बन्धन निर्माण गरेको उल्लेख गरे ।
राजदूत हाश्मीले शिक्षा, स्वास्थ्य, रक्षा, जलवायु परिवर्तन, विपद् व्यवस्थापनमा विद्यमान सम्झौता, संयन्त्रहरू र सहकार्यमा निर्माणले आगामी वर्षहरूमा तालमेल र निकट सम्बन्ध ल्याउने विश्वास व्यक्त गरे ।
समारोहमा उपसभामुख इन्दिरा राना, पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा। बाबुराम भट्टराई, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र पूर्व उपप्रधानमन्त्री सीपी मैनालीलगायत नागरिक समाज तथा व्यावसायिक क्षेत्रका नेताहरू, राजदूत, कूटनीतिज्ञ, पाकिस्तानी समुदायको उपस्थिति थियो ।
त्यस अवसरमा पाकिस्तानमा एक झलक शीर्षकमा पाकिस्तानको विविधता प्रदर्शन गर्ने फोटो प्रदर्शनी पनि आयोजना गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: