काठमाडौं । हङकङमा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाल चुकेको छ । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल तीन रनले पराजित भएको हो ।
नेपालका लागि शानदार ब्याटिङ गरेका बसिर अहमदले ४३ बलमा ८० रन बनाए । १९ औं ओभरमा एउटा नो बलमा छक्का प्रहार गरेर दुई डट बल खेलेका अहमद तेस्रो बलमा आउट भएका हुन् । बसिरको विकेट लिएसँगै कुवेतले नेपाललाई १९.३ ओभरमा अलआउट गरेको हो । नेपालका लागि नन्दन यादवले १४ बलमा ३७ रन बनाए । आशिफ शेखले ११ बलमा २१ रन जोडे । अन्य ब्याट्सम्यानले फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
नेपालको ब्याटिङ लाइनविरुद्ध कुवेतका अनुदीप चेन्थमाराले तीन विकेट हात पार्दा यासिन पटेल र नवीनराज राजेन्द्रनले दुई दुई विकेट हात पारे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनाएको थियो । कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा छ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रन जोडे ।क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एकएक विकेट लिए । यसअघिका तीन खेलमा अपराजित नेपाल फाइनलमा चुकेको हो । नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो । हङकङसँग भएको तेस्रो खेल वर्षाले अवरुद्ध भएपछि अङ्क बाँडेको नेपाल तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको थियो ।
कुवेत, नेपाल, हङकङ र कतार सहभागी सिरिजमा नेपाल दोस्रो भएको छ । आयोजक हङकङ तेस्रो भएको छ । आइतबार तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा कतार हङकङसँग एक रनले पराजित भएको हो । हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको कतारले पाँच विकेटको क्षतिमा १८७ रन बनाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: