वीरगञ्जमा लम्बियो कर्फ्यु, स्थिति गम्भीर बनेपछि १२ घण्टा थपियो
पर्सा । पर्साको वीरगञ्जमा शनिबार अपराह्न हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच भएको झडपले शहर तनावग्रस्त बनेको छ । झडपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अधिकारीहरू र सर्वसाधारण गरी ४३ भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
घटनाको सुरुआत वीरगञ्ज महानगरपालिका २ स्थित श्रीराम हल नजिकै रहेको जामा मस्जिद अगाडि अपराह्न करिब ४ः५० बजे भएको हो । प्रहरीका अनुसार शोभायात्रा मस्जिद नजिक पुग्दा एकाएक ढुंगामुढा सुरु भयो, जसले दुवै समूहबीच भिडन्तको अवस्था सिर्जना गरायो । घटनापछि अवस्था थप जटिल नहोस् भनेर पर्सा जिल्ला प्रशासन कार्यालयले शनिबार बेलुकादेखि कर्फ्यु लगाएको थियो ।
यसअघि आज मध्यान्न १२ बजेसम्म मात्र कर्फ्यु लगाइएको भए पनि स्थिति गम्भीर बनेपछि कर्फ्यु १२ घण्टा लम्ब्याइएको छ । अब राति १२ बजेसम्मका लागि वीरगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।
प्रशासनले नागरिकहरूलाई संयमित रहन, अफवाहमा नफस्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा सुरक्षालाई कडाइ गरेका छन्। तनावग्रस्त क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। झडपको कारणको अनुसन्धान भइरहेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - २०:५८
काठमाडौं। भदौ २३ र २४ गतेको हिंसात्मक घटनाबारे एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गोली चलाउने आदेश आफूले नदिएको’ भन्दै सार्वजन...
माघ १५ गते, २०८२ - २०:५६
काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक प्रष्टीकरण दिएका छन्। प्रधानमन्त्रीलाई आफ्नै नागर...
माघ १५ गते, २०८२ - २०:१२
काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विभिन्न उम्मेदवार र संस्थालाई सोधेको स्पष्टीकरणमा अधिकांशले अझै जवाफ...
माघ १५ गते, २०८२ - २०:०७
सिमकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले हुम्लामा हिमपातकै बीच चुनावी प्रचार अभियानको औपचारिक सुरुवात गरेको छ।...
माघ १५ गते, २०८२ - २०:०३
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने जल तथा मौसम विज्...
माघ १५ गते, २०८२ - २०:००
काठमाडौँ। निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघन गरेको आरोपमा जनमत पार्टीका अध्यक्ष सीके राउतदेखि रास्वपाका उम्मेदवार खगेन्द्र सुनारसम्मलाई स्पष्टी...
माघ १४ गते, २०८२ - २१:०२
सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...
माघ १४ गते, २०८२ - २०:५०
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...
माघ १४ गते, २०८२ - २०:४९
काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...
माघ १४ गते, २०८२ - २०:४२
कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...




प्रतिकृया लेख्नुहोस्: