Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

बालीनाली जोगाउन गाह्रो भएपछि नवलपुरका किसानले रोजे माछापालन

खबरडबली संवाददाता

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यवर्ती वन क्षेत्रबाट आउने वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याउन थालेपछि यहाँका किसान माछापालनतर्फ लागेका छन्। 

कावासोती नगरपालिका–७, साँढका सडककुमार चौधरीले पहिले धान खेती गर्ने आफ्नो जमिनमा पोखरी खनेर माछापालन सुरु गरेको बताए। धानलगायतका बाली राम्रो भए पनि भित्र्याउने बेला वन्यजन्तुले नष्ट गर्न थालेपछि टोलका सबैले सल्लाह गरेर पोखरी खनेर माछापालन थालेको उनले जानकारी दिए। 

‘पहिला धान राम्रै फल्थ्यो, जनावरले खाएर सखाप पार्न थालेपछि पोखरी खनेर माछा पाल्न थालेका हौँ,’ चौधरीले भने। पोखरी खन्न मध्यवर्ती सामुदायिक वनले पनि सहयोग गरेको छ। माछापालनबाट राम्रो आम्दानी भइरहेको उनले बताए। 

रामनगर, साँढ र गैरी टोलका प्रायः सबैले माछापालन गरेका छन्। वन सीमासँग जोडिएका यी टोलमा मात्र करिब १०० पोखरी रहेको कावासोती नगरपालिका–७ का वडाध्यक्ष गोविन्दप्रसाद महतोले बताए। वन्यजन्तुले बाली नोक्सान गरेपछि माछापालन थालेका स्थानीयको आम्दानीको मुख्य स्रोत पनि यही बनेको छ। 

‘वन्यजन्तुले बाली नष्ट गर्थ्यो, अब माछा खाने कुरा भएन, राम्रो नै छ, कतिपयले धेरै राम्रो आम्दानी गरेका छन्,’ वडाध्यक्ष महतोले भने। वडाले गत वर्ष ५० प्रतिशत अनुदानमा माछाको दाना उपलब्ध गराएको उनले बताए। 

कावासोती नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख डा. टेकराज पौडेलका अनुसार मध्यवर्ती सामुदायिक वनसँग जोडिएका वडामा माछापालन गर्ने किसानको सङ्ख्या बढ्दो छ। वन्यजन्तुले बालीमा क्षति पुऱ्याउँदा र पानीको राम्रो स्रोत उपलब्ध भएकाले माछापालन गर्ने किसान बढेका हुन्। 

पालिकाका वडा नम्बर ७, १०, ११, १३, १४, १५ र १७ लाई माछा पकेट क्षेत्रका रूपमा राखिएको शाखाप्रमुख पौडेलले बताए। कावासोतीमा माछाको उत्पादन बढ्दै गएको उनको भनाइ छ। ‘कावासोती नगरपालिकामा पछिल्लो समय माछापालन गर्ने किसान बढेका छन्, उनीहरूले राम्रो आम्दानी गरिरहेका छन्, पालिकाले पकेट क्षेत्र घोषणा गरेर केही सहयोग पनि प्रदान गर्दै आएको छ,’ शाखाप्रमुख पौडेलले भने। 

कावासोती नगरपालिकाले माछापालन गर्ने किसानलाई मत्स्य यान्त्रीकरण सहयोग कार्यक्रममार्फत मोटर, एरिएटर, जाललगायतका सामग्री ७५ प्रतिशत अनुदानमा उपलब्ध गराएको, समय–समयमा माछाको भुरा अनुदानमा दिनेलगायतका सहयोग गर्दै आएको डा. पौडेलले जानकारी दिए। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE