Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बालीनाली जोगाउन गाह्रो भएपछि नवलपुरका किसानले रोजे माछापालन

खबरडबली संवाददाता

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यवर्ती वन क्षेत्रबाट आउने वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याउन थालेपछि यहाँका किसान माछापालनतर्फ लागेका छन्। 

कावासोती नगरपालिका–७, साँढका सडककुमार चौधरीले पहिले धान खेती गर्ने आफ्नो जमिनमा पोखरी खनेर माछापालन सुरु गरेको बताए। धानलगायतका बाली राम्रो भए पनि भित्र्याउने बेला वन्यजन्तुले नष्ट गर्न थालेपछि टोलका सबैले सल्लाह गरेर पोखरी खनेर माछापालन थालेको उनले जानकारी दिए। 

‘पहिला धान राम्रै फल्थ्यो, जनावरले खाएर सखाप पार्न थालेपछि पोखरी खनेर माछा पाल्न थालेका हौँ,’ चौधरीले भने। पोखरी खन्न मध्यवर्ती सामुदायिक वनले पनि सहयोग गरेको छ। माछापालनबाट राम्रो आम्दानी भइरहेको उनले बताए। 

रामनगर, साँढ र गैरी टोलका प्रायः सबैले माछापालन गरेका छन्। वन सीमासँग जोडिएका यी टोलमा मात्र करिब १०० पोखरी रहेको कावासोती नगरपालिका–७ का वडाध्यक्ष गोविन्दप्रसाद महतोले बताए। वन्यजन्तुले बाली नोक्सान गरेपछि माछापालन थालेका स्थानीयको आम्दानीको मुख्य स्रोत पनि यही बनेको छ। 

‘वन्यजन्तुले बाली नष्ट गर्थ्यो, अब माछा खाने कुरा भएन, राम्रो नै छ, कतिपयले धेरै राम्रो आम्दानी गरेका छन्,’ वडाध्यक्ष महतोले भने। वडाले गत वर्ष ५० प्रतिशत अनुदानमा माछाको दाना उपलब्ध गराएको उनले बताए। 

कावासोती नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख डा. टेकराज पौडेलका अनुसार मध्यवर्ती सामुदायिक वनसँग जोडिएका वडामा माछापालन गर्ने किसानको सङ्ख्या बढ्दो छ। वन्यजन्तुले बालीमा क्षति पुऱ्याउँदा र पानीको राम्रो स्रोत उपलब्ध भएकाले माछापालन गर्ने किसान बढेका हुन्। 

पालिकाका वडा नम्बर ७, १०, ११, १३, १४, १५ र १७ लाई माछा पकेट क्षेत्रका रूपमा राखिएको शाखाप्रमुख पौडेलले बताए। कावासोतीमा माछाको उत्पादन बढ्दै गएको उनको भनाइ छ। ‘कावासोती नगरपालिकामा पछिल्लो समय माछापालन गर्ने किसान बढेका छन्, उनीहरूले राम्रो आम्दानी गरिरहेका छन्, पालिकाले पकेट क्षेत्र घोषणा गरेर केही सहयोग पनि प्रदान गर्दै आएको छ,’ शाखाप्रमुख पौडेलले भने। 

कावासोती नगरपालिकाले माछापालन गर्ने किसानलाई मत्स्य यान्त्रीकरण सहयोग कार्यक्रममार्फत मोटर, एरिएटर, जाललगायतका सामग्री ७५ प्रतिशत अनुदानमा उपलब्ध गराएको, समय–समयमा माछाको भुरा अनुदानमा दिनेलगायतका सहयोग गर्दै आएको डा. पौडेलले जानकारी दिए। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending