काठमाडौं । आफूलाई ‘ह्याक्टिभिस्ट नेपाल’ नामले चिनाउने एक ह्याकर समूहले सरकारी वेबसाइटहरूमा आक्रमण तीव्र बनाएको छ । पछिल्लो पटक यस समूहले नापी विभागको वेबसाइट (dos.gov.np) ह्याक गर्दै त्यसमा स्वर्गीय राजा विरेन्द्रको फोटो र ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लेखेको छ ।
शुक्रबार मेसेजिङ एप टेलिग्राममा सूचना पोस्ट गर्दै ह्याकर समूहले नापी विभागको वेबसाइट आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको हो । वेबसाइट खोल्दा हाल राष्ट्र र राजसंस्थाप्रति समर्थन जनाउने सन्देशसहित फोटो र भिडिओ सामग्री देखिन्छ ।
“नेपालमा लोकतन्त्रका कारण भ्रष्टाचारको स्तर उच्चतम बिन्दुमा पुगेको छ,” उक्त समूहले लेखेको छ, “नेपालमा लोकतन्त्रका कारण भ्रष्टाचारको स्तर उच्चतम बिन्दुमा पुगेको छ । राजनीतिक अस्थिरता र पार्टीगत स्वार्थले जनताको भलाइको स्थानमा व्यक्तिगत फाइदालाई प्राथमिकता दिएका छन् । ह्याक्टिभिस्ट नेपाल राजतन्त्रको पुनर्स्थापना पक्षमा रहेको छ, जसले राष्ट्रिय एकता, दीर्घकालीन स्थिरता र भ्रष्टाचारमुक्त शासनको सम्भावना खोल्न सक्छ, र नेपालको सही मार्गदर्शन सुनिश्चित गर्न सक्छ ।”
उक्त समूहले नापी विभागको वेबसाइटमा पुरानो राष्ट्र गान ‘श्रीमान् गम्भीर’ समेत अपलोड गरेको छ । त्यस्तै डिजिटल युगमा सुरक्षा भ्रम मात्र भएको भन्दै आफूलाई इन्टरनेटको पहरेदार भएको दाबी गरेको छ ।
यसअघि बुधबार ‘ह्याक्टिभिस्ट नेपाल’ ले भन्सार विभागको वेबसाइट ह्याक गरेको दाबी गरेको थियो । टेलिग्राम च्यानलमा उक्त समूहले भिडिओ पनि राखेको छ । त्यसमा पनि राजालाई समर्थन गरिएको थियो । अहिले भने उक्त वेबसाइट सामान्य अवस्थामा फर्किएको छ ।
त्यस्तै आफूलाई राजावादी ह्याकर समूह भनेर चिनाउने '१८०० ह्याकर' नामको समूहले हालै डिभिजन वन कार्यालय सुनसरीको वेबसाइट ह्याक गरी प्रधानमन्त्री केपी शर्मा ओलीको एआई जेनेरेटेड भिडिओसहित अश्लील गीत पोस्ट गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - २०:५८
काठमाडौं। भदौ २३ र २४ गतेको हिंसात्मक घटनाबारे एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गोली चलाउने आदेश आफूले नदिएको’ भन्दै सार्वजन...
माघ १५ गते, २०८२ - २०:५६
काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक प्रष्टीकरण दिएका छन्। प्रधानमन्त्रीलाई आफ्नै नागर...
माघ १५ गते, २०८२ - २०:१२
काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विभिन्न उम्मेदवार र संस्थालाई सोधेको स्पष्टीकरणमा अधिकांशले अझै जवाफ...
माघ १५ गते, २०८२ - २०:०७
सिमकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले हुम्लामा हिमपातकै बीच चुनावी प्रचार अभियानको औपचारिक सुरुवात गरेको छ।...
माघ १५ गते, २०८२ - २०:०३
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने जल तथा मौसम विज्...
माघ १५ गते, २०८२ - २०:००
काठमाडौँ। निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघन गरेको आरोपमा जनमत पार्टीका अध्यक्ष सीके राउतदेखि रास्वपाका उम्मेदवार खगेन्द्र सुनारसम्मलाई स्पष्टी...
माघ १४ गते, २०८२ - २१:०२
सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...
माघ १४ गते, २०८२ - २०:५०
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...
माघ १४ गते, २०८२ - २०:४९
काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...
माघ १४ गते, २०८२ - २०:४२
कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...




प्रतिकृया लेख्नुहोस्: