Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

मोटरसाईकलको ट्यांकी भित्र गाँजा तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ

खबरडबली संवाददाता

रौतहट । मोटरसाईकलको ट्यांकी भित्र गाँजा तस्करी गरिरहेका रौतहटका एकजना युवक सिमाना संग जोडिएको भारत बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ परेका छन्। 

मोटरसाइकलको ट्यांकी भित्र ४ किलो भन्दा बढी लागुऔषध गाँजा सहित स्थानिय बौधिमाई नगरपालिका ३ मटिअर्वा गाउँका मुकेश साह भारतीय क्षेत्रमा संयुक्त टोलीद्वारा पक्राउ गरिएको सीमा सुरक्षा बल एस एसबी क्याम्प जमुनियाका प्रमुख सहायक कमान्डेन्ट भाग सिंह गुर्जरले न्युज कारखानालाई बताएका छन्।

सीमावर्ती भारतीय गाउँ पीठवा छेउ पिलर संख्या ३५६–४ नजिकै मंगलवार साँझ आरोपी मुकेश साह प्रदेश २–०३–००७ प १७६७ नम्बरको कालो रङको १५० सिसिको पल्सर मोटरसाईकल चढेर शंकास्पद अवस्थामा भारतीय क्षेत्रमा प्रवेश गरेका थिए। 

सीमाक्षेत्रको गतिबिधि नियालिरहेका झरौखर थानाका गस्ती टोली र एसएसबी क्याम्प जमुनियाको टोलीले उक्त मोटरसाईकल रोकेर चेकजाँच गरेका थिए। चेकजाँचको क्रममा मोटरसाईकलको ट्यांकी भित्र पेट्रोलको स्थानमा ४ किलो ३०० ग्राम गाँजा बरामद गरिएको एसएसबीका सहायक कमान्डेन्ट गुर्जरले जानकारी दिएका छन्। 

पक्राउ परेका मुकेशले मोटरसाईकलको ट्यांकी भित्र गाँजा र पेट्रोल सीट मुनी राखेर यसरी नै यस अघी पनी नेपालबाट भारतीय क्षेत्रमा तस्करी मार्फत गाँजा पुर्याएको सोधबुझको क्रममा स्वीकार गरेको एसएसवीले जनाएको छ। 

बरामद गाँजा, मोटरसाईकलसहित मुकेश साहलाई आवश्यक कारवाहीको लागि मंगलवार साँझ झरौखर थानाको जिम्मा लगाईएको एस एसबी क्याम्प जमिनियाले जनाएको छ।

मकवानपुरको बिकट ठाउँहरुमा उत्पादित लागुऔषध गाँजा पछिल्लो समय रौतहट र बाराको बिभिन्न नाका हुँदै तस्करीको माध्यमबाट तस्करले भारतीय क्षेत्रमा पुर्याइरहेका छन्। बिहार पूर्वी चम्पारण जिल्लामा प्रहरी प्रमुख एसपीको रुपमा आईपीएस अफिसर सुवर्ण प्रभातले जिम्मेवारी सम्भाले देखी अपराधी तथा लागुऔषध कारोबारीहरुको भागाभाग भएको छ। 

एसपी प्रभातको निर्देशनमा दर्जनौं अपराधीका साथै ठूलो संख्यामा लागुऔषध कारोवारी लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनाएको छ

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री हुँदा भएका घटनाकाे जिम्मेवारी लिने कि पन्छिने ? भदौ २३–२४ को घटनामा ओलीको बचाउ

काठमाडौं। भदौ २३ र २४ गतेको हिंसात्मक घटनाबारे एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गोली चलाउने आदेश आफूले नदिएको’ भन्दै सार्वजन...

भदौ २३–२४ का घटनामा ओलीको प्रष्टीकरणः ‘गोली चलाउने आदेश मैले दिएको होइन’

काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक प्रष्टीकरण दिएका छन्। प्रधानमन्त्रीलाई आफ्नै नागर...

स्पष्टीकरणमा अटेर : महेश बस्नेतदेखि बालेनसम्म आयोगलाई अझै छैन जवाफ

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विभिन्न उम्मेदवार र संस्थालाई सोधेको स्पष्टीकरणमा अधिकांशले अझै जवाफ...

हिमपातकै बीच एमाले हुम्लाको चुनावी प्रचार सुरु

सिमकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले हुम्लामा हिमपातकै बीच चुनावी प्रचार अभियानको औपचारिक सुरुवात गरेको छ।...

पश्चिमी न्यूनचापीय प्रणाली कमजोर बन्दै, भोलिदेखि देशभर मौसम खुल्ने

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने जल तथा मौसम विज्...

चुनावी आचारसंहिता उल्लंघन आरोपमा सीके राउतदेखि खगेन्द्र सुनारसम्मलाई आयोगको स्पष्टीकरण

काठमाडौँ। निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघन गरेको आरोपमा जनमत पार्टीका अध्यक्ष सीके राउतदेखि रास्वपाका उम्मेदवार खगेन्द्र सुनारसम्मलाई स्पष्टी...

अस्पतालबाट शव साटिएको घटना छानबिन गर्न समिति गठन

सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...

चाबहिल यातायात कार्यालयमा अख्तियारको छापा, २५ मोबाइल बरामद

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...

सुक्खा हिउँद, डढेलो र बाली संकटको संकेत

काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...

भोटबैंक बनेका शुक्लाफाँटा पीडित : लालपुर्जा कहिले पाउँछन् नागरिकता झैँ नागरिक अधिकार ?

कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending