Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

मोटरसाईकलको ट्यांकी भित्र गाँजा तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ

खबरडबली संवाददाता

रौतहट । मोटरसाईकलको ट्यांकी भित्र गाँजा तस्करी गरिरहेका रौतहटका एकजना युवक सिमाना संग जोडिएको भारत बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ परेका छन्। 

मोटरसाइकलको ट्यांकी भित्र ४ किलो भन्दा बढी लागुऔषध गाँजा सहित स्थानिय बौधिमाई नगरपालिका ३ मटिअर्वा गाउँका मुकेश साह भारतीय क्षेत्रमा संयुक्त टोलीद्वारा पक्राउ गरिएको सीमा सुरक्षा बल एस एसबी क्याम्प जमुनियाका प्रमुख सहायक कमान्डेन्ट भाग सिंह गुर्जरले न्युज कारखानालाई बताएका छन्।

सीमावर्ती भारतीय गाउँ पीठवा छेउ पिलर संख्या ३५६–४ नजिकै मंगलवार साँझ आरोपी मुकेश साह प्रदेश २–०३–००७ प १७६७ नम्बरको कालो रङको १५० सिसिको पल्सर मोटरसाईकल चढेर शंकास्पद अवस्थामा भारतीय क्षेत्रमा प्रवेश गरेका थिए। 

सीमाक्षेत्रको गतिबिधि नियालिरहेका झरौखर थानाका गस्ती टोली र एसएसबी क्याम्प जमुनियाको टोलीले उक्त मोटरसाईकल रोकेर चेकजाँच गरेका थिए। चेकजाँचको क्रममा मोटरसाईकलको ट्यांकी भित्र पेट्रोलको स्थानमा ४ किलो ३०० ग्राम गाँजा बरामद गरिएको एसएसबीका सहायक कमान्डेन्ट गुर्जरले जानकारी दिएका छन्। 

पक्राउ परेका मुकेशले मोटरसाईकलको ट्यांकी भित्र गाँजा र पेट्रोल सीट मुनी राखेर यसरी नै यस अघी पनी नेपालबाट भारतीय क्षेत्रमा तस्करी मार्फत गाँजा पुर्याएको सोधबुझको क्रममा स्वीकार गरेको एसएसवीले जनाएको छ। 

बरामद गाँजा, मोटरसाईकलसहित मुकेश साहलाई आवश्यक कारवाहीको लागि मंगलवार साँझ झरौखर थानाको जिम्मा लगाईएको एस एसबी क्याम्प जमिनियाले जनाएको छ।

मकवानपुरको बिकट ठाउँहरुमा उत्पादित लागुऔषध गाँजा पछिल्लो समय रौतहट र बाराको बिभिन्न नाका हुँदै तस्करीको माध्यमबाट तस्करले भारतीय क्षेत्रमा पुर्याइरहेका छन्। बिहार पूर्वी चम्पारण जिल्लामा प्रहरी प्रमुख एसपीको रुपमा आईपीएस अफिसर सुवर्ण प्रभातले जिम्मेवारी सम्भाले देखी अपराधी तथा लागुऔषध कारोबारीहरुको भागाभाग भएको छ। 

एसपी प्रभातको निर्देशनमा दर्जनौं अपराधीका साथै ठूलो संख्यामा लागुऔषध कारोवारी लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनाएको छ

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending