Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

आन्दोलनरत शिक्षक सरकारसँग वार्ता गर्न तयार, अध्यक्ष सुवेदी भन्छन्- आफनो कुरा राखेर फर्किन्छौं

खबरडबली संवाददाता

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच आज छलफल हुने भएको छ। शिक्षा विधेयकका सम्बन्धमा छलफल गर्न भन्दै शिक्षा मन्त्रालयले बोलाएपछि नेपाल शिक्षक महासंघ संवादका लागि तयार भएको हो। 

छलफलका लागि मन्त्रालयले बोलाए पनि समय यकिन भइनसकेको शिक्षक महासंघकी सहअध्यक्ष एवं काठमाडौं केन्द्रित आन्दोलनकी संयोजक नानुमाया पराजुलीले जानकारी दिइन्।

मन्त्रालयबाट महासंघको समय अनुकुल आउन भनिएको जानकारी दिँदै पराजुलीले आन्तरिक छलफलपछि जाने बताइन्। 

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार सरकारसँग वार्तामा बस्न लागेको नभई मन्त्रालयमा आफ्ना कुरा राखेर फर्कने जानकारी दिए।

उनले भने, ‘नेपाल शिक्षक महासंघले सरकारलाई रेस्पोन्स गरेन भन्ने भाष्य निर्माण भयो, कुनै एउटा मार्गचित्र नबनाइ वार्ताका लागि मात्रै वार्ता गर्न हामी जाँदैनौं मन्त्रालयमा आफ्ना कुरा राखेर हामी फर्किन्छौं।’ 

महासंघकी सहअध्यक्ष पराजुलीको नेतृत्वमा केही प्रतिनिधिहरु मन्त्रालय जाने सुवेदीले बताए। उनका अनुसार समयको भने अझै टुंगो लागेको छैन। 

शिक्षा मन्त्री विद्या भट्टराई, सचिव डा दीपक काफ्लेसहितको टिमले शिक्षक प्रतिनिधिहरुसँग छलफल गर्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए।

सधैं आन्दोलनबाट निकास ननिस्कने भन्दै उनले उपयुक्त विकल्प खोजीका लागि मन्त्रालयले छलफल गर्न लागेको उनको भनाइ छ। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु शैक्षिक हड्तालसहित काठमाडौं केन्द्रित आन्दोलनमा छन्।

आज पनि माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन जारी रहने महासंघका अध्यक्ष सुवेदीले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा विमान दुर्घटना, सवार १५ जनाको मृत्यु

काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थाप...

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द...

भारी हिमपात हुँदा माथिल्लो मुस्ताङको जनजीवन कष्टकर

मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ। माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको ह...

संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च जाँदै कांग्रेसका निवर्तमान सांसद

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। काठमाडौंमा उपलब्ध ...

एमालेले थाल्यो घोषणा पत्रका लागि सुझाव संकलन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने न...

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा न...

बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर ...

बदलिरहन्छ कास्की-१ काे परिणाम, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

कास्की । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शह...

कमला नदीमा अस्थायी ‘डाइभर्सन’, चौध वर्षपछि पुल निर्माण अन्तिम चरणमा

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending