Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

त्रिभुवन विश्वविद्यालय नेतृत्वविहीन, रेक्टर र रजिस्ट्रारलाई समेत राजीनामा दिन दबाब

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएसँगै रेक्टर र रजिस्ट्रारलाई समेत राजीनामाका लागि दबाब परेको छ । मेरिटोक्रेसीमार्फत नियुक्त भएका उपकुलपति बरालले राजीनामा दिएसँगै रेक्टर प्राडा खड्क केसी र रजिस्ट्रार प्राडा केदार रिजाललाई समेत राजीनामाका लागि दबाब परेको हो । 

बरालले चैत १५ गते स्वास्थ्यको कारण देखाउँदै राजीनामा पत्र बुझाएर गृहनगर पोखरा गएका थिए । तर, हालसम्मको उनको राजीनामा स्वीकृत भएको छैन । उनको राजीनामा स्वीकृत नभएको बेला उनको आफ्नै टिममा रहेका रेक्टर र रजिस्ट्रारलाई समेत राजीमाका लागि दबाब पर्न थालेको हो । 

विद्यार्थी संगठनहरू, प्राध्यापक तथा कर्मचारीहरूले केसी र रिजाललाई समेत राजीनामा दिन माग गर्दै आएका हुन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु त्रिवि इन्चार्ज प्रशान्त भण्डारीले रेक्टर र रजिस्ट्रारले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका छन् । एमाले नेता तथा कार्यकर्ताहरूले उपकुलपति बरालले ल्याएका आफ्नो टिमका सदस्यहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गरेका हुन् । 

अखिल (क्रान्तिकारी) भने रेक्टर र रजिस्ट्रारलाई उपकुलपतिको राजीनामा फिर्ता ल्याउन दबाब दिएका थिए । उपकुलपतिको राजीनामा फिर्ता नभएको खण्डमा रेक्टर र रजिस्ट्रार दुवैको राजीनामा माग्ने चेतावनी क्रान्तिकारीका नेताहरू दिएका थिए । 

जसले गर्दा रेक्टर र केसी र रजिस्ट्रार रिजालले बराललाई राजीनामा फिर्ता गराउनका फकाउँदै आएका छन् । बराल निकटका केही व्यक्तिहरू पोखरा नै पुगेका थिए । पोखरा पुगेको टोलीसँग बरालले काम गर्ने सहज वातावरण बनाइदिएको खण्डमा मात्रै राजीनामा फिर्ता लिने प्रतिक्रिया दिएको स्रोतले बतायो । 

त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीबाटै प्रतिबद्धता आउनुपर्ने उनको अडान थियो । त्यस्तै त्रिविका प्राध्यापक तथा कर्मचारीहरूले समेत उपकुलपतिले राजीनामा दिइसकेपछि उनले ल्याएको टिमले समेत राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । 

प्रधानमन्त्री तथा अन्य कहीँ कतैबाट सहयोग नपाइएको भन्दै उपकुलपति बरालले राजीनामा दिएका थिए । तर, उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको बताएका छन् । 

अहिलेसम्म उनको राजीनामाका विषयमा के गर्ने भन्ने विषयमा कुलपति तथा प्रधानमन्त्री ओलीले कुनै निर्णय लिइसकेका छैनन् । राजीनामा स्वीकृतरअस्वीकृत गर्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बरालको राजीनामापछि हालसम्म त्रिविमा उपकुलपतिविहीन बनेको छ । त्रिवि ऐन अनुसार उपकुलपति नभए रेक्टरलाई ३ महिनाका लागि निमित्तको जिम्मेवारी दिन सकिने व्यवस्था छ । तर, रेक्टरलाई समेत उक्त जिम्मेवारी दिइएको छैन । 

उक्त अवधिमा सिफारिस समिति गठन गरी उपकुलपति चयन र नियुक्तिको प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था छ । कुनै पनि प्रक्रिया अगाडि नबढ्दा विश्वविद्यालय नेतृत्वविहीन बनेको छ । जसले गर्दा शैक्षिक तथा प्रशासनिक काम ठप्प भएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न नपाएपछि शितलनिवासअघि आत्मदाह प्रयास

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्। मंगलबार शरीरमा पेट्...

मुक्त कम्लहरी महिलाको सामूहिक खेती सफल, तीन वर्षदेखि धानदेखि तरकारीसम्म आत्मनिर्भरताको यात्रा

दाङ । दाङको घोराही उपमहानगरपालिका–८ का मुक्त कम्लहरी महिलाले सामूहिक खेतीमार्फत आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन्। तीन वर्षअघि सुरु गरिएको अभिय...

ओली–प्रचण्ड ३ घण्टा वार्ता, एमाले–, नेकपा सहकार्यको औपचारिक सुरुआत

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार तीन घण्टाभन्दा लामो ...

यौन दुर्व्यवहार विवादपछि सुकुना विद्यालयको ठूलो निर्णय, तीन शिक्षक–कर्मचारी निलम्बित

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि यौनजन्य दुर्व्यवहारको आरोपसँग जोडिएको घटनापछि तीन जना शिक्षक तथा कर्मचारीलाई...

वाग्मतीमा कांग्रेस–एमाले गठबन्धन टुट्यो, एमाले सरकारबाट बाहिरियो

काठमाडौं । वाग्मती प्रदेशमा नेपाली कांग्रेस–नेकपा (एमाले)बीचको सत्ता गठबन्धन अन्त्य भएको छ। एमालेले सरकारबाट बाहिरिने निर्णय गर्दै आफ्ना मन्त्रीहरूले ...

सुकुना विद्यालयमा यौन दुर्व्यवहारको आरोप: दुई शिक्षक र एक चालक पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षक र एक सवार...

को हुन् कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका श्रेष्ठ ? कारमा कसरी लाग्यो आगो ?

काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा कारभित्रै जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुन...

कर्णालीको सत्ता समीकरणमा नेकपाको स्पष्ट सन्देश: केन्द्रबाट अझै कुनै निर्देशन आएको छैन

सुर्खेत । कर्णाली प्रदेशको सत्ता समीकरणबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी केन्द्रबाट अहिलेसम्म कुनै निर्णय वा निर्देशन नआएको जनाएको छ। केन...

लुम्बिनीमा सत्ता समीकरण पेचिलो, कांग्रेस–एमाले–नेकपा सबै केन्द्रको संकेतको प्रतीक्षामा

बुटवल । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच प्रदेश तहको सत्ता सहकार्य अन्य प्रदेशमा संकटमा परे पनि लुम्बिनी प्रदेशमा भने गठबन्धनको भविष्य अझै अनिश्चित ...

‘संवैधानिक संकट आए मात्रै प्रदेश सरकारमा जान्छौँः नेकपा नेता दाहाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहाल राजन ले संवैधानिक संकट उत्पन्न हुने अवस्था वा आफ्नो पार्टीबिना सरकार गठन हुन नसक्ने प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending