काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले तीनकुने घटनामा ज्यान गुमाएका सुबिन महर्जन र पत्रकार सुरेश रजकका परिवारलाई कानुनी सहायता उपलब्ध गराउने तथा महानगरको तर्फबाट नियमानुसार आर्थिक सहयोग समेत गर्ने आश्वासन दिएका छन् ।
उनले आइतबार महर्जनको निवास कीर्तिपुर र रजकको निवास डल्लु पुगेर दुवै परिवारका सदस्यहरुलाई भेटेका थिए । सोही क्रममा पीडित परिवारमा समवेदना व्यक्त गर्दै सहयोगको आश्वासन दिएका हुन् ।
चैत १५ गते राजावादीहरुको प्रदर्शन हिंसात्मक हुँदा प्रहरीको गोली लागेर महर्जनले र घरमा आगजनीमा परी रजकले ज्यान गुमाएका थिए । सो घटनाप्रति दु:ख व्यक्त गर्दै मेयर साहले कुनै पनि व्यक्तिले ज्यान गुमाउनु सामान्य विषय नभएको बताए । उनले अपराध जुनसुकै पक्षबाट भएको भए पनि त्यसको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी उपर कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए ।
‘राज्यले उक्त घटनाको बारेमा निष्पक्ष छानबिन गर्नुपर्छ । सरकारबाट न्यायिक अनुसन्धान भएर दोषीलाई कारबाही नभएमा पीडित परिवारलाई कानुनी उपचारमा सघाउन महानगरपालिका तयार छ,’ मेयर साहले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - २०:५८
काठमाडौं। भदौ २३ र २४ गतेको हिंसात्मक घटनाबारे एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गोली चलाउने आदेश आफूले नदिएको’ भन्दै सार्वजन...
माघ १५ गते, २०८२ - २०:५६
काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक प्रष्टीकरण दिएका छन्। प्रधानमन्त्रीलाई आफ्नै नागर...
माघ १५ गते, २०८२ - २०:१२
काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विभिन्न उम्मेदवार र संस्थालाई सोधेको स्पष्टीकरणमा अधिकांशले अझै जवाफ...
माघ १५ गते, २०८२ - २०:०७
सिमकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले हुम्लामा हिमपातकै बीच चुनावी प्रचार अभियानको औपचारिक सुरुवात गरेको छ।...
माघ १५ गते, २०८२ - २०:०३
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने जल तथा मौसम विज्...
माघ १५ गते, २०८२ - २०:००
काठमाडौँ। निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघन गरेको आरोपमा जनमत पार्टीका अध्यक्ष सीके राउतदेखि रास्वपाका उम्मेदवार खगेन्द्र सुनारसम्मलाई स्पष्टी...
माघ १४ गते, २०८२ - २१:०२
सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...
माघ १४ गते, २०८२ - २०:५०
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...
माघ १४ गते, २०८२ - २०:४९
काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...
माघ १४ गते, २०८२ - २०:४२
कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...




प्रतिकृया लेख्नुहोस्: