Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु

खबरडबली संवाददाता

सिरहा। गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा परेर मृत्यु भएको छ । जङ्गली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।

उक्त घटनामा धराप थापेको आरोपमा प्रहरीले गोलबजार–९ गोविन्दपुरका २४ वर्षीय वीरबहादुर सार्कीलाई यही चैत २४ गते पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । उनका अनुसार सार्कीलाई ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद लिइ इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर अनुसन्धान भइरहेको छ ।

गत फागुन २९ गते बिहानदेखि हराइरहेकी स्थानीय बेचन अलीकी छोरी गुलसना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो । घरबाट घाँस काट्न जान्छु भन्दै हिँडेकी छोरी हराएको भोलिपल्ट आमा जेहदा खातुनले खोजीका लागि मिर्चैया प्रहरीमा निवेदन दिएकी थिइन् । बालिका हराएको १३औँ दिन १२ चैतमा बोरामा बाँधेको शव सडेगलेको अवस्थामा भेटिएको थियो ।

त्यसलगत्तै मिर्चैया प्रहरीसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोली, मधेस प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धानका क्रममा २४ चैतमा सार्कीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उक्त घटनामा बरामद दशीका रूपमा बालिकाले घाँस काट्न लगेको हँसिया भेटिएको छ ।

अनुसन्धानका क्रममा फागुन २९ गते बिहान करिब ९:०० बजेतिर सार्कीले जङ्गली जनावरबाट आफ्नो मकै जोगाउन विद्युतीय धराप लगाएको र केहीबेरमै बालिका चिच्याएको अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ । घटनापछि शवलाई बोरामा हालेर घुर्मी खोला किनारनजिक खाल्डो खनी पुरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री हुँदा भएका घटनाकाे जिम्मेवारी लिने कि पन्छिने ? भदौ २३–२४ को घटनामा ओलीको बचाउ

काठमाडौं। भदौ २३ र २४ गतेको हिंसात्मक घटनाबारे एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गोली चलाउने आदेश आफूले नदिएको’ भन्दै सार्वजन...

भदौ २३–२४ का घटनामा ओलीको प्रष्टीकरणः ‘गोली चलाउने आदेश मैले दिएको होइन’

काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक प्रष्टीकरण दिएका छन्। प्रधानमन्त्रीलाई आफ्नै नागर...

स्पष्टीकरणमा अटेर : महेश बस्नेतदेखि बालेनसम्म आयोगलाई अझै छैन जवाफ

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विभिन्न उम्मेदवार र संस्थालाई सोधेको स्पष्टीकरणमा अधिकांशले अझै जवाफ...

हिमपातकै बीच एमाले हुम्लाको चुनावी प्रचार सुरु

सिमकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले हुम्लामा हिमपातकै बीच चुनावी प्रचार अभियानको औपचारिक सुरुवात गरेको छ।...

पश्चिमी न्यूनचापीय प्रणाली कमजोर बन्दै, भोलिदेखि देशभर मौसम खुल्ने

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने जल तथा मौसम विज्...

चुनावी आचारसंहिता उल्लंघन आरोपमा सीके राउतदेखि खगेन्द्र सुनारसम्मलाई आयोगको स्पष्टीकरण

काठमाडौँ। निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघन गरेको आरोपमा जनमत पार्टीका अध्यक्ष सीके राउतदेखि रास्वपाका उम्मेदवार खगेन्द्र सुनारसम्मलाई स्पष्टी...

अस्पतालबाट शव साटिएको घटना छानबिन गर्न समिति गठन

सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...

चाबहिल यातायात कार्यालयमा अख्तियारको छापा, २५ मोबाइल बरामद

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...

सुक्खा हिउँद, डढेलो र बाली संकटको संकेत

काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...

भोटबैंक बनेका शुक्लाफाँटा पीडित : लालपुर्जा कहिले पाउँछन् नागरिकता झैँ नागरिक अधिकार ?

कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending