Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

मुगुमा पर्यटक प्रहरी पोस्ट स्थापना

खबरडबली संवाददाता

मुगु । पहिलो पर्यटक प्रहरी पोष्ट मुगु जिल्लामा स्थापना गरिएको छ । नेपाल कै ठूलो तथा गहिरो ताल रारा ताल घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको रारा घुमघाम तथा बसोवासलाई सुरक्षित बनाउने उद्देश्यले सोमबार रारा ताल क्षेत्रको प्रवेश नाका रारा विमानस्थल नजिक अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको हो ।

पर्यटक प्रहरी पोष्ट स्थापनाको उद्घाटन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथी छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले रारालगायत मुगुमा रहेका धार्मिक तथा प्राकृतिक अन्य पर्यटकिय क्षेत्रहरुमा घुम्न आउने पर्यटकहरुको संख्या दिन प्रतिदिन बढिरहेकाले पर्यटकहरुको घुमाइ सुरक्षित र आनन्ददायी बनाउन पर्यटक प्रहरी राख्न नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नगर कार्यपालिकाले निर्णयसहित माग गरे बमोजिम कर्णाली प्रदेश भरी मै मुगु जिल्लामा पहिलो पर्यटक प्रहरी पोष्ट स्थापना भएको बताएको छ ।

रारा विमानस्थल नजिक अहिले अस्थायी विट स्थापना भएपनि निकट भविष्य मै रारा नजिक सल्लेरिमा स्थायी विट स्थापना गरिने नगर उपप्रमुख ऐश्वर्या मल्लले बताउनु भयो । उहाँले भन्नुभयो सल्लेरीमा भवन तथा अन्य भौतिक संरचना बनाउन नगरपालिकाले सार्वजनिक जग्गा प्राप्तिका लागि प्रकृया अघि बढाएको छ । नेपाल सरकार वन मन्त्रालयबाट जग्गा प्राप्ति स्वीकृत हुनासाथ भौतिक संरचना बनाइ स्थायी रुपमै सल्लेरीमा पर्यटक प्रहरी पोष्ट स्थापना गरिनेछ ।

पर्यटक प्रहरीले पर्यटकको मात्र सुरक्षा नगरेर प्रहरीले गर्नु पर्ने अन्य काम पनि गर्ने भएकाले पर्यटक प्रहरी पोष्ट स्थापनाले नेपाल प्रहरीलाई मुगु जिल्लामा काम गर्न सहज हुने र रारासहित मुगुमा रहेका अन्य पर्यटकिय क्षेत्रहरुमा घुम्न आउने पर्यटकहरुको पनि घुमाइ अब सुरक्षित हुने आफुले विश्वास लिएको प्रहरी नायव उपरिक्षक सरोज गिरीले बताए ।

हाल देश भर २९ वटा पर्यटक प्रहरी युनिटहरु रहेपनि कर्णाली प्रदेश भरी कतै पनि पर्यटक प्रहरी पोष्ट थिएन । अब मुगुमा पर्यटक प्रहरीको ३० औं युनिट स्थापना भएसंगै कर्णालीमा पनि पर्यटक प्रहरी पुगेको छ । अस्थायी पर्यटक प्रहरी पोष्ट राराका सहायक प्रहरी निरिक्षक सन्जु कुमार विश्वकर्माका अनुसार पर्यटक प्रहरीको काम यहाँ घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरु माथि दुर्व्यवहार हुन नदिने, सुरक्षित महशुस गराइ घुमाइ लम्व्याउने, अपराधिक कृयाकलापमा संलग्न हुने जो कोहिलाई नियन्त्रणमा लिने र पर्यटकहरुलाई गाइड गर्ने जस्ता काम हुनेछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न नपाएपछि शितलनिवासअघि आत्मदाह प्रयास

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्। मंगलबार शरीरमा पेट्...

मुक्त कम्लहरी महिलाको सामूहिक खेती सफल, तीन वर्षदेखि धानदेखि तरकारीसम्म आत्मनिर्भरताको यात्रा

दाङ । दाङको घोराही उपमहानगरपालिका–८ का मुक्त कम्लहरी महिलाले सामूहिक खेतीमार्फत आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन्। तीन वर्षअघि सुरु गरिएको अभिय...

ओली–प्रचण्ड ३ घण्टा वार्ता, एमाले–, नेकपा सहकार्यको औपचारिक सुरुआत

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार तीन घण्टाभन्दा लामो ...

यौन दुर्व्यवहार विवादपछि सुकुना विद्यालयको ठूलो निर्णय, तीन शिक्षक–कर्मचारी निलम्बित

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि यौनजन्य दुर्व्यवहारको आरोपसँग जोडिएको घटनापछि तीन जना शिक्षक तथा कर्मचारीलाई...

वाग्मतीमा कांग्रेस–एमाले गठबन्धन टुट्यो, एमाले सरकारबाट बाहिरियो

काठमाडौं । वाग्मती प्रदेशमा नेपाली कांग्रेस–नेकपा (एमाले)बीचको सत्ता गठबन्धन अन्त्य भएको छ। एमालेले सरकारबाट बाहिरिने निर्णय गर्दै आफ्ना मन्त्रीहरूले ...

सुकुना विद्यालयमा यौन दुर्व्यवहारको आरोप: दुई शिक्षक र एक चालक पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षक र एक सवार...

को हुन् कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका श्रेष्ठ ? कारमा कसरी लाग्यो आगो ?

काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा कारभित्रै जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुन...

कर्णालीको सत्ता समीकरणमा नेकपाको स्पष्ट सन्देश: केन्द्रबाट अझै कुनै निर्देशन आएको छैन

सुर्खेत । कर्णाली प्रदेशको सत्ता समीकरणबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी केन्द्रबाट अहिलेसम्म कुनै निर्णय वा निर्देशन नआएको जनाएको छ। केन...

लुम्बिनीमा सत्ता समीकरण पेचिलो, कांग्रेस–एमाले–नेकपा सबै केन्द्रको संकेतको प्रतीक्षामा

बुटवल । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच प्रदेश तहको सत्ता सहकार्य अन्य प्रदेशमा संकटमा परे पनि लुम्बिनी प्रदेशमा भने गठबन्धनको भविष्य अझै अनिश्चित ...

‘संवैधानिक संकट आए मात्रै प्रदेश सरकारमा जान्छौँः नेकपा नेता दाहाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहाल राजन ले संवैधानिक संकट उत्पन्न हुने अवस्था वा आफ्नो पार्टीबिना सरकार गठन हुन नसक्ने प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending