Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

एक वर्षमै त्रिवि उपकुलपतिको राजीनामा, प्रधानमन्त्रीले न स्वीकृत गरे न वार्तामा बोलाए

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा दिएको १० दिन बितिसक्दा पनि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेका छैनन् । उपकुलपति बरालको राजीनामाले विश्वविद्यालय नेतृत्वविहीन बन्नुका साथै शैक्षिक अन्योलसमेत छाएको छ । प्रधानमन्त्री ओलीसँग बरालको राजीनामा स्वीकृत गरी नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाउने वा राजीनामा अस्वीकृत गरी बराललाई नै जिम्मेवारीमा निरन्तरता दिने विकल्प छ ।

प्रधानमन्त्रीको हस्तक्षेप र सरकारको असहयोगका कारण बराललाई राजीनामा दिन बाध्य पारिएको उनी निकटस्थ प्राध्यापक बताउँछन् । बरालले पनि काम गर्ने वातावरण नभएकाले पद त्याग गरेको जनाउँदै विस्तृत कारण राजीनामाको टुंगो लागेपछि खुलाउने बताए । उनले नियुक्तिकै बेलादेखि जागिर खान मात्र उपकुलपति नभएकाले काम गर्न नसक्ने वातावरण भए पद छाड्ने बताउँदै आएका थिए । उपकुलपति बन्न सरकारलाई पेस गरेको योजना र सोचपत्र कार्यान्वयन गरेर छाड्ने उनको प्रतिबद्धता थियो ।

प्रधानमन्त्री ओलीका साथै सत्तारूढ एमाले र उसको भ्रातृ संगठनको हस्तक्षेप र असहयोगले उपकुलपति राजीनामा गर्न बाध्य भएको जानकार टिप्पणी गर्छन् । यद्यपि बरालले स्वास्थ्यको कारण उल्लेख गर्दै चैत १५ मा कुलपति कार्यालयमा सचिवालयका कर्मचारीमार्फत राजीनामा पत्र दर्ता गराएका थिए । राजीनामा स्वीकृत/अस्वीकृत गर्ने विषयमा कुनै पनि निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

त्रिवि ऐनमा उपकुलपति नभए रेक्टरलाई ३ महिनाका लागि निमित्तको जिम्मेवारी दिन सकिने र उक्त अवधिमा सिफारिस समिति गठन गरी उपकुलपति चयन र नियुक्तिको प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था छ । यी कुनै पनि प्रक्रिया थालनी नहुँदा विश्वविद्यालय नेतृत्वविहीन हुनका साथसाथै शैक्षिक तथा प्रशासनिक अन्योल छाएको प्राध्यापकहरू बताउँछन् । नेपाल प्राध्यापक संघका अध्यक्ष रमेशकुमार जोशीले उपकुलपति नहुँदा दैनिक प्रशासनिक काम ठप्प हुने बताए । ‘४ वर्षका लागि नियुक्त भएका उपकुलपतिले १२/१३ महिनामा नै पद छाडेर हिँड्नुपर्ने अवस्था आउनु विश्वविद्यालयका लागि दुर्भाग्य हो,’ उनले भने ।

बराल २०८० फागुन १० मा उपकुलपति नियुक्ति भएका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपति नियुक्त गरेका हुन् । गत असारमा ओली प्रधानमन्त्री भएदेखि नै बरालसँगको सम्बन्ध चिसिएको त्रिवि सभाका एक प्राध्यापकले बताए । त्यसो त दाहाल नेतृत्वको सत्ता गठबन्धनमा रहेको एमालेका अध्यक्ष ओली २०८० चैतदेखि नै बरालसँग असन्तुष्ट थिए । नीति तथा कार्यक्रम पारित गर्न अवरोध, डिनको नियुक्तिको प्रक्रियामा हस्तक्षेप, सत्तारूढ दलकै विद्यार्थी संगठनको तालाबन्दीलगायत अवरोध र पछिल्लो पटक करार शिक्षक कर्मचारीलाई स्थायी गर्न आएको अनुचित दबाबका कारण राजीनामा दिने अवस्थामा उपकुलपति पुगेको हुन सक्ने सभाका ती प्राध्यापकले बताए ।

उपकुलपति बरालले आफ्नो टिम आफैं बनाउनुपर्ने भन्दै रेक्टरमा खड्ग केसी र रजिस्ट्रारमा केदार रिजाललाई सिफारिस गरेका थिए । तर प्रधानमन्त्री ओलीले रजिस्ट्रारमा एमालेनिकट प्राध्यापकलाई नियुक्त गर्नुपर्ने दबाब दिएका थिए । तर, तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठ र बरालको अडानका कारण ओलीले चाहेजस्तो नियुक्ति हुन सकेन ।

त्यस्तै गत साउन १५ को त्रिवि सभामा उपकुलपतिले पेस गरेका नीति तथा कार्यक्रम रोकेर कुलपति ओलीले बजेट मात्रै पारित गर्न निर्देशन दिएका थिए । कुलपतिले हस्तक्षेप गरेको भन्दै बरालले बैठकमा नै असन्तुष्टि जनाएका थिए । त्यतिबेलै सतहमा देखिएको कुलपति र उपकुलपतिबीचको सम्बन्ध शिक्षक–कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने विषयसम्म आइपुग्दा थप बिग्रिएको प्राध्यापकहरू बताउँछन् ।

एमाले महासचिव शंकर पोखरेलले त मेरिटका आधारमा डिन नियुक्ति गर्न खोज्दा ‘मेरिटीक्रेसीको नाममा नाटक मञ्चन’ गरिएको भन्दै उपकुलपति बरालको सार्वजनिक रूपमै आलोचना गरेका थिए । पोखरेलले उपकुलपति नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै डिन नियुक्तिमा ‘निश्चित वैचारिक समूहलाई निषेध नगर्न’ चेतावनी दिएका थिए । प्रधानमन्त्री ओलीले समेत डिन नियुक्तिका लागि उपकुलपतिलाई अल्टिमेटम दिएपछि भागबन्डाबाट ८ डिनको नियुक्ति भएको थियो ।

त्यसमा एमाले नेता–कार्यकर्तासहित निकट विद्यार्थी संगठन अनेरास्ववियुले उपकुलपतिलगायत पदाधिकारीलाई धम्की र चेतावनी दिएको थियो । डिन नियुक्तिको विरोधमा अनेरास्ववियु त्रिवि इकाइले उपकुलपतिको कार्यकक्षको ढोकामा धर्ना दिएर कार्यालय प्रवेशमा नै अवरोध गरेको थियो । सरकारकै निर्देशनमा उपकुलपतिले अनेरास्ववियुसँग सम्झौता गरेका थिए ।

पछिल्लो पटक करारका शिक्षक कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न प्रधानमन्त्री तहबाटै दबाब आएका कारण उपकुलपतिले दबाब थेग्न नसकेर राजीनामा दिएको हुन सक्ने एक डिनले बताए । बरालले पनि आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक, कर्मचारी नियुक्ति गरे विश्वविद्यालय झनै २० वर्ष पछि धकेलिने बताएका थिए । सर्वोच्च अदालतले समेत आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक, कर्मचारी नियुक्त नगर्न फैसला सुनाइसकेको छ । फैसलाविपरीत एमालेनिकट कर्मचारीकै वर्चस्व रहेको त्रिवि कर्मचारी संघले आन्तरिक प्रतिस्पर्धा अघि बढाउन माग राख्दै उपकुलपति कार्यालय घेराउलगायत आन्दोलनको कार्यक्रम गर्दै आएको थियो ।

प्रधानमन्त्री ओलीले समेत करिब १ हजार करार शिक्षक, कर्मचारीलाई आन्तरिक प्रक्रियामा स्थायी गर्ने प्रक्रिया अघि बढाउन उपकुलपतिलाई दबाब दिएको स्रोतको दाबी छ । ‘प्रधानमन्त्रीले प्रक्रिया अघि बढाउन ठाडो निर्देशन दिने, प्रक्रिया अघि बढाउँदा अदालतको समेत मानहानि हुने उपकुलपति चेपुवामा पर्नुभयो,’ कार्यकारी परिषद्का एक प्राध्यापकले भने । विश्वविद्यालय क्याम्पस कीर्तिपुरका पूर्वस्ववियु सभापति श्यामराज ओझाले जुनसुकै कारणले भए पनि उपकुलपतिले कार्यकाल पूरा नगरी पद छाड्नु दुःखद हो । ‘प्रधानमन्त्रीले विश्वविद्यालयमा गर्दै आएको ठाडो हस्तक्षेप देखिएकै कुरा हो । स्वास्थ्यका कारणले मात्रै राजीनामा आयो जस्तो लाग्दैन,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा विमान दुर्घटना, सवार १५ जनाको मृत्यु

काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थाप...

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द...

भारी हिमपात हुँदा माथिल्लो मुस्ताङको जनजीवन कष्टकर

मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ। माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको ह...

संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च जाँदै कांग्रेसका निवर्तमान सांसद

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। काठमाडौंमा उपलब्ध ...

एमालेले थाल्यो घोषणा पत्रका लागि सुझाव संकलन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने न...

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा न...

बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर ...

बदलिरहन्छ कास्की-१ काे परिणाम, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

कास्की । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शह...

कमला नदीमा अस्थायी ‘डाइभर्सन’, चौध वर्षपछि पुल निर्माण अन्तिम चरणमा

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending