Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

माओवादीमा एक तह बढुवा रोकिएपछि विद्यार्थी नेता आक्रोशित

खबरडबली संवाददाता

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)का अवकाशप्राप्त नेताहरूको पार्टीभित्र एक तह बढुवा सिफारिस स्थगित गरिएकोमा विद्यार्थी नेताहरूले चर्को असन्तुष्टि जनाएका छन् । 

माओवादीको हालै बसेको पदाधिकारी बैठकले ‘अवकाशप्राप्त विद्यार्थी समायोजन कार्यदल’ले पार्टीभित्र एक तह बढुवा गर्न सिफारिस गरेको थियो । तर एक तह बढुवाको सिफारिसलाई स्थगित गरी स्थानान्तरणको सिफारिसलाई स्वीकार गरिएको पार्टीले सर्कुलर पठाएपछि विद्यार्थी नेताहरूले असन्तुष्टि पोखेका हुन् ।

अनेरास्ववियुका पूर्वउपाध्यक्ष केशव रावलले पार्टीको निर्णय उचित नभएको बताएका छन् । अर्को बैठकमा यसलाई पुनर्विचार गर्न पार्टी नेतृत्वलाई उनले सुझाव दिए । 

अर्का पूर्वउपाध्यक्ष पवन कार्कीले पनि पार्टी निर्णयप्रति आपत्ति जनाए । यसअघि गरिसकेको निर्णयबाट पार्टी ब्याक भएको प्रति आफूले गम्भीर रूपमा लिएकाले यसबारे अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङलाई भेटेरै ध्यानाकर्षण गराउने कार्कीले बताए ।

उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा विद्यार्थी संगठनका इन्चार्ज हिमाल शर्मा र पूर्वअध्यक्ष पञ्चा सिंह रहेको तीन सदस्यीय कार्यदलले अखिल क्रान्तिकारीका पदाधिकारी तहका नेताहरूलाई एक तह बढुवा गर्न सिफारिस गरेको थियो । जसअनुसार उपाध्यक्षदेखि महासचिवसम्मका लागि केन्द्रीय प्रतिनिधि बनाउने, उपमहासचिवलाई प्रदेश सचिवालय सदस्य बनाउने र सविचवदेखि कोषाध्यक्ष सम्मका लागि प्रदेश सदस्य बनाउने भनिएको थियो । तर यसअघि आफैँले गरेको निर्णय उल्ट्याएकोमा इन्चार्ज हिमाल शर्माले असन्तुष्टि जनाए । उनले यसलाई प्रतिगमन भएको आरोप लगाएका छन् ।

पार्टीको पछिल्लो निर्णयले यसअघि विद्यार्थी नेताहरू जुन जुन पदमा रहेर काम गरेका थिए, त्यही पदमा बसेर काम गर्नुपर्ने भएको छ । केन्द्रीय प्रतिनिधिहरूको हकमा भने आगामी केन्द्रीय समिति पाउने छन् ।

‘अवकाश प्राप्त नेताहरू विगतमा जुन तहमा रहँदै आउनु भएको थियो सम्बन्धित क्षेत्रको सोही तहका पार्टी कमिटीहरूमा संगठित गर्ने निश्चित गरिएको छ । केन्द्रीय प्रतिनिधि बनाइएकोमा त्यसको कार्य अवधि गत केन्द्रीय समितिको बैठकसम्म रहनेछ’, सर्कुलरमा उल्लेख छ । पार्टीको निर्णयले विद्यार्थी संगठनको जिम्मेवारीबाट पार्टी राजनीतिमा प्रवेश गरेकाहरूको बढुवा रोकिएको छ ।

पार्टी निर्णयबारे प्रवक्ता अग्निप्रसाद सापकोटाले केन्द्रीय प्रतिनिधि भएका नेताहरूलाई आगामी केन्द्रीय समिति बैठकसम्म जिम्मेवारी कायम राखिएको र बाँकीको हकमा पहिले प्राप्त गरेको जिम्मेवारीमा रहने गरी निर्णय भएको स्वीकार गरे ।

गएको पुस १३ गते भएको ३२ वर्षे उमेर हद र माघ १३ गते भएको नयाँ कार्यसमितिको निर्वाचनमा झन्डै एक हजार विद्यार्थी नेताहरू बाहिरिएका थिए । अवकाशप्राप्त पदाधिकारीलाई तहगत बढुवा गर्न कार्यदलले सिफारिस गरेको थियो । 

बाँकी सदस्यहरूको हकमा निर्णय अहिलेसम्म कुनै निर्णय भएको छैन । पार्टीको निर्णयले युवाहरूलाई अस्वीकार गरेको बाहिर गलत सन्देश गएको विद्यार्थी नेताहरूले बताएका छन् । भूगोलमा वर्षौँ काम गरेका नेताहरूको दबाबमा पार्टीले गलत निर्णय गरेको उनीहरूले आशङ्का गरेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न नपाएपछि शितलनिवासअघि आत्मदाह प्रयास

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्। मंगलबार शरीरमा पेट्...

मुक्त कम्लहरी महिलाको सामूहिक खेती सफल, तीन वर्षदेखि धानदेखि तरकारीसम्म आत्मनिर्भरताको यात्रा

दाङ । दाङको घोराही उपमहानगरपालिका–८ का मुक्त कम्लहरी महिलाले सामूहिक खेतीमार्फत आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन्। तीन वर्षअघि सुरु गरिएको अभिय...

ओली–प्रचण्ड ३ घण्टा वार्ता, एमाले–, नेकपा सहकार्यको औपचारिक सुरुआत

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार तीन घण्टाभन्दा लामो ...

यौन दुर्व्यवहार विवादपछि सुकुना विद्यालयको ठूलो निर्णय, तीन शिक्षक–कर्मचारी निलम्बित

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि यौनजन्य दुर्व्यवहारको आरोपसँग जोडिएको घटनापछि तीन जना शिक्षक तथा कर्मचारीलाई...

वाग्मतीमा कांग्रेस–एमाले गठबन्धन टुट्यो, एमाले सरकारबाट बाहिरियो

काठमाडौं । वाग्मती प्रदेशमा नेपाली कांग्रेस–नेकपा (एमाले)बीचको सत्ता गठबन्धन अन्त्य भएको छ। एमालेले सरकारबाट बाहिरिने निर्णय गर्दै आफ्ना मन्त्रीहरूले ...

सुकुना विद्यालयमा यौन दुर्व्यवहारको आरोप: दुई शिक्षक र एक चालक पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षक र एक सवार...

को हुन् कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका श्रेष्ठ ? कारमा कसरी लाग्यो आगो ?

काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा कारभित्रै जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुन...

कर्णालीको सत्ता समीकरणमा नेकपाको स्पष्ट सन्देश: केन्द्रबाट अझै कुनै निर्देशन आएको छैन

सुर्खेत । कर्णाली प्रदेशको सत्ता समीकरणबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी केन्द्रबाट अहिलेसम्म कुनै निर्णय वा निर्देशन नआएको जनाएको छ। केन...

लुम्बिनीमा सत्ता समीकरण पेचिलो, कांग्रेस–एमाले–नेकपा सबै केन्द्रको संकेतको प्रतीक्षामा

बुटवल । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच प्रदेश तहको सत्ता सहकार्य अन्य प्रदेशमा संकटमा परे पनि लुम्बिनी प्रदेशमा भने गठबन्धनको भविष्य अझै अनिश्चित ...

‘संवैधानिक संकट आए मात्रै प्रदेश सरकारमा जान्छौँः नेकपा नेता दाहाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहाल राजन ले संवैधानिक संकट उत्पन्न हुने अवस्था वा आफ्नो पार्टीबिना सरकार गठन हुन नसक्ने प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending