Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

माओवादीमा एक तह बढुवा रोकिएपछि विद्यार्थी नेता आक्रोशित

खबरडबली संवाददाता

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)का अवकाशप्राप्त नेताहरूको पार्टीभित्र एक तह बढुवा सिफारिस स्थगित गरिएकोमा विद्यार्थी नेताहरूले चर्को असन्तुष्टि जनाएका छन् । 

माओवादीको हालै बसेको पदाधिकारी बैठकले ‘अवकाशप्राप्त विद्यार्थी समायोजन कार्यदल’ले पार्टीभित्र एक तह बढुवा गर्न सिफारिस गरेको थियो । तर एक तह बढुवाको सिफारिसलाई स्थगित गरी स्थानान्तरणको सिफारिसलाई स्वीकार गरिएको पार्टीले सर्कुलर पठाएपछि विद्यार्थी नेताहरूले असन्तुष्टि पोखेका हुन् ।

अनेरास्ववियुका पूर्वउपाध्यक्ष केशव रावलले पार्टीको निर्णय उचित नभएको बताएका छन् । अर्को बैठकमा यसलाई पुनर्विचार गर्न पार्टी नेतृत्वलाई उनले सुझाव दिए । 

अर्का पूर्वउपाध्यक्ष पवन कार्कीले पनि पार्टी निर्णयप्रति आपत्ति जनाए । यसअघि गरिसकेको निर्णयबाट पार्टी ब्याक भएको प्रति आफूले गम्भीर रूपमा लिएकाले यसबारे अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङलाई भेटेरै ध्यानाकर्षण गराउने कार्कीले बताए ।

उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा विद्यार्थी संगठनका इन्चार्ज हिमाल शर्मा र पूर्वअध्यक्ष पञ्चा सिंह रहेको तीन सदस्यीय कार्यदलले अखिल क्रान्तिकारीका पदाधिकारी तहका नेताहरूलाई एक तह बढुवा गर्न सिफारिस गरेको थियो । जसअनुसार उपाध्यक्षदेखि महासचिवसम्मका लागि केन्द्रीय प्रतिनिधि बनाउने, उपमहासचिवलाई प्रदेश सचिवालय सदस्य बनाउने र सविचवदेखि कोषाध्यक्ष सम्मका लागि प्रदेश सदस्य बनाउने भनिएको थियो । तर यसअघि आफैँले गरेको निर्णय उल्ट्याएकोमा इन्चार्ज हिमाल शर्माले असन्तुष्टि जनाए । उनले यसलाई प्रतिगमन भएको आरोप लगाएका छन् ।

पार्टीको पछिल्लो निर्णयले यसअघि विद्यार्थी नेताहरू जुन जुन पदमा रहेर काम गरेका थिए, त्यही पदमा बसेर काम गर्नुपर्ने भएको छ । केन्द्रीय प्रतिनिधिहरूको हकमा भने आगामी केन्द्रीय समिति पाउने छन् ।

‘अवकाश प्राप्त नेताहरू विगतमा जुन तहमा रहँदै आउनु भएको थियो सम्बन्धित क्षेत्रको सोही तहका पार्टी कमिटीहरूमा संगठित गर्ने निश्चित गरिएको छ । केन्द्रीय प्रतिनिधि बनाइएकोमा त्यसको कार्य अवधि गत केन्द्रीय समितिको बैठकसम्म रहनेछ’, सर्कुलरमा उल्लेख छ । पार्टीको निर्णयले विद्यार्थी संगठनको जिम्मेवारीबाट पार्टी राजनीतिमा प्रवेश गरेकाहरूको बढुवा रोकिएको छ ।

पार्टी निर्णयबारे प्रवक्ता अग्निप्रसाद सापकोटाले केन्द्रीय प्रतिनिधि भएका नेताहरूलाई आगामी केन्द्रीय समिति बैठकसम्म जिम्मेवारी कायम राखिएको र बाँकीको हकमा पहिले प्राप्त गरेको जिम्मेवारीमा रहने गरी निर्णय भएको स्वीकार गरे ।

गएको पुस १३ गते भएको ३२ वर्षे उमेर हद र माघ १३ गते भएको नयाँ कार्यसमितिको निर्वाचनमा झन्डै एक हजार विद्यार्थी नेताहरू बाहिरिएका थिए । अवकाशप्राप्त पदाधिकारीलाई तहगत बढुवा गर्न कार्यदलले सिफारिस गरेको थियो । 

बाँकी सदस्यहरूको हकमा निर्णय अहिलेसम्म कुनै निर्णय भएको छैन । पार्टीको निर्णयले युवाहरूलाई अस्वीकार गरेको बाहिर गलत सन्देश गएको विद्यार्थी नेताहरूले बताएका छन् । भूगोलमा वर्षौँ काम गरेका नेताहरूको दबाबमा पार्टीले गलत निर्णय गरेको उनीहरूले आशङ्का गरेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

मधेसमा निर्वाचन चुनौतीपूर्ण: १,२४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेस प्रदेशका कूल २ हजार १६० मतदानस्थलमध्ये १ हजार २४६ मतदानस्थललाई अति संवेदनशीलका ...

सुदन गुरुङमाथि सुरक्षा चुनौती बढेको दाबी, रास्वपाद्वारा प्रशासनसँग सुरक्षा माग

 गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदन गुरुङको सुरक्षाका लागि आवश्यक व्यवस्था ...

अमेरिकास्थित नेपाली संस्थाद्वारा पुनःनिर्माण कोषमा नौ लाख सहयोग

काठमाडौँ । अमेरिकामा बसोबास गर्ने नेपालीहरूको सामाजिक संस्था नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासिया) ले नेपाल पुनःनिर्माण कोषका लागि करिब नौ ला...

मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा

जनकपुर। मधेस प्रदेश सरकारले माघ १८ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंक...

प्रधानमन्त्री हुँदा भएका घटनाकाे जिम्मेवारी लिने कि पन्छिने ? भदौ २३–२४ को घटनामा ओलीको बचाउ

काठमाडौं। भदौ २३ र २४ गतेको हिंसात्मक घटनाबारे एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गोली चलाउने आदेश आफूले नदिएको’ भन्दै सार्वजन...

भदौ २३–२४ का घटनामा ओलीको प्रष्टीकरणः ‘गोली चलाउने आदेश मैले दिएको होइन’

काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक प्रष्टीकरण दिएका छन्। प्रधानमन्त्रीलाई आफ्नै नागर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending