काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीहरूले रोकिएको तलब पाएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्किएपछि सोमबार कर्मचारीहरूले तलबपाएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत कार्यालय फर्किएपछि सबैको तलब आएको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले बताए । उनले भने, ‘अहिले सबैका मोबाइलका घण्टी बजिरहेका छन् । साँझसम्म सबैको तलब आउँछ । बिस्तारै सबै अवरोध हटेर जान्छ ।’
गत पुसमा अनधिकृत कार्य गरेको भन्दै गुरागाईं मेयर बालेन्द्र साह ‘बालेन’ ले बिदामा बस्न लगाएका साथै कार्यालयमा आउन रोक लगाएका थिए । त्यसपछि तलब नपाएको भन्दै महानगरका कर्मचारी जनप्रतिनिधिले बिहीबार मात्रै गुरागाईं कार्यालयमा प्रवेश गराएका थिए ।
गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन मेयर साहले नगर प्रहरी खटाएका थिए । साथै गुरागाईं कार्यकक्ष प्रवेश गर्ने क्रममा महानगर प्रहरीले अवरोध सिर्जना गरेको थिए । गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास भएपछि उपप्रमुख सुनिता डङ्गोल, विभिन्न वडाका वडाध्यक्षका साथै कर्मचारीहरूले कार्यकक्षमा पुराएका थिए । कार्यकक्ष पुग्दा ताला नखोले पछि ढोका फोडेर गुरागाईंलाई हाजिर गराएको थियो ।
तर अहिले गुरागाईंलाई कार्यालयमा जान कुनै रोकतोक नभएको काफ्लेको भनाई छ । यसअघि गत पुसदेखि प्रमुख प्रशासकीय अधिकृत बिदामा रहेकाले काठमाडौँ महानगरपालिकाका मेयरदेखि सरसफाइ कर्मचारीसहित करिब ४ हजार कर्मचारीहरूले लामो समयदेखि तलब नपाएको गुनासो गरेका थिए ।
यसमध्ये शिक्षकहरूले ५ महिनादेखिको तलब बुझेका थिएनन् भने अन्य कर्मचारीले तीन महिनायता तलब बुझ्न नपाएको महानगरले जनाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - २१:५६
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्। मंगलबार शरीरमा पेट्...
श्रावण ५ गते, २०८३ - २१:३९
दाङ । दाङको घोराही उपमहानगरपालिका–८ का मुक्त कम्लहरी महिलाले सामूहिक खेतीमार्फत आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन्। तीन वर्षअघि सुरु गरिएको अभिय...
श्रावण ५ गते, २०८३ - २१:३३
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार तीन घण्टाभन्दा लामो ...
श्रावण ५ गते, २०८३ - २१:२०
विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि यौनजन्य दुर्व्यवहारको आरोपसँग जोडिएको घटनापछि तीन जना शिक्षक तथा कर्मचारीलाई...
श्रावण ५ गते, २०८३ - २१:१९
काठमाडौं । वाग्मती प्रदेशमा नेपाली कांग्रेस–नेकपा (एमाले)बीचको सत्ता गठबन्धन अन्त्य भएको छ। एमालेले सरकारबाट बाहिरिने निर्णय गर्दै आफ्ना मन्त्रीहरूले ...
श्रावण ५ गते, २०८३ - २१:१६
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षक र एक सवार...
श्रावण ५ गते, २०८३ - २०:५५
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा कारभित्रै जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुन...
श्रावण ५ गते, २०८३ - १९:४१
सुर्खेत । कर्णाली प्रदेशको सत्ता समीकरणबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी केन्द्रबाट अहिलेसम्म कुनै निर्णय वा निर्देशन नआएको जनाएको छ। केन...
श्रावण ५ गते, २०८३ - १९:३९
बुटवल । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच प्रदेश तहको सत्ता सहकार्य अन्य प्रदेशमा संकटमा परे पनि लुम्बिनी प्रदेशमा भने गठबन्धनको भविष्य अझै अनिश्चित ...
श्रावण ५ गते, २०८३ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहाल राजन ले संवैधानिक संकट उत्पन्न हुने अवस्था वा आफ्नो पार्टीबिना सरकार गठन हुन नसक्ने प...



प्रतिकृया लेख्नुहोस्: