Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

तीनकुनेको हिंसात्मक घटनामा सरकारको पनि षड्यन्त्र छः देव गुरुङ

खबरडबली संवाददाता

काठमाडौं  । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले तीनकुनेको हिंसात्मक घटनामा सरब्कारको पनि षड्यन्त्र रहेको बताएका छन् । उनले तीनकुनेको उक्त हिंसात्मक घटनामा सरकार र दरबारीयाहरुको षड्यन्त्र रहेको बताएका हुन् । 

आफूहरुले उक्त घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाहीको माग गरेपनि सरकारले नसुन्नुले थप आशंका उत्पन्न भएको उनले बताए ।  ‘तीनकुने घटनाको बारेमा हामीले सरकारलाई भनिराखेका छौं, त्यहाँ षड्यन्त्र भएको छ । सरकारको तर्फबाट पनि षड्यन्त्र भएको छ, दरबारीयाहरुले पनि षड्यन्त्र गरिराखेका छन् । द्वन्द्व मच्चाउने, हिंसा मच्चाउने खालको, आगजनी गर्ने खालको षड्यन्त्र गरिराखेका छन् । त्यस कारणले सरकारले कडाभन्दा कडा कदम चाल्नुपर्छ भनेर त हामीले लगातार भनिराखेका छौं । सरकार कडाइका साथ किन कदम चाल्न सक्दैन त भन्दाखेरी सरकारभित्र पनि कतिपय, राज्यका कतिपय निकायहरुमा शक्तिकेन्द्रहरु खेलिरहेकै हुन्छन्,’– उनले भने ।

गत चैत १५ गते राजावादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरुले निजी भवनहरु, व्यवसायिक भवन, सरकारी सम्पत्ति र व्यवसायिक स्थलहरुमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए । तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीको नेतृत्वमा रहेको राजसंस्था पुरनर्स्थापनाका लागि तेस्रो जनआन्दोलन समितिले उक्त प्रदर्शनका लागि जनकमाण्डर बनाएर पठाएको दुर्गा प्रसाईँ हिंसात्मक घटनापछि अहिले फरार छन् । घटना भएको १० दिन वितिसक्दा पनि प्रसाईँबारे राज्य अझै बेखबर छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending