काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले तीनकुनेको हिंसात्मक घटनामा सरब्कारको पनि षड्यन्त्र रहेको बताएका छन् । उनले तीनकुनेको उक्त हिंसात्मक घटनामा सरकार र दरबारीयाहरुको षड्यन्त्र रहेको बताएका हुन् ।
आफूहरुले उक्त घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाहीको माग गरेपनि सरकारले नसुन्नुले थप आशंका उत्पन्न भएको उनले बताए । ‘तीनकुने घटनाको बारेमा हामीले सरकारलाई भनिराखेका छौं, त्यहाँ षड्यन्त्र भएको छ । सरकारको तर्फबाट पनि षड्यन्त्र भएको छ, दरबारीयाहरुले पनि षड्यन्त्र गरिराखेका छन् । द्वन्द्व मच्चाउने, हिंसा मच्चाउने खालको, आगजनी गर्ने खालको षड्यन्त्र गरिराखेका छन् । त्यस कारणले सरकारले कडाभन्दा कडा कदम चाल्नुपर्छ भनेर त हामीले लगातार भनिराखेका छौं । सरकार कडाइका साथ किन कदम चाल्न सक्दैन त भन्दाखेरी सरकारभित्र पनि कतिपय, राज्यका कतिपय निकायहरुमा शक्तिकेन्द्रहरु खेलिरहेकै हुन्छन्,’– उनले भने ।
गत चैत १५ गते राजावादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरुले निजी भवनहरु, व्यवसायिक भवन, सरकारी सम्पत्ति र व्यवसायिक स्थलहरुमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए । तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीको नेतृत्वमा रहेको राजसंस्था पुरनर्स्थापनाका लागि तेस्रो जनआन्दोलन समितिले उक्त प्रदर्शनका लागि जनकमाण्डर बनाएर पठाएको दुर्गा प्रसाईँ हिंसात्मक घटनापछि अहिले फरार छन् । घटना भएको १० दिन वितिसक्दा पनि प्रसाईँबारे राज्य अझै बेखबर छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - २१:५६
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्। मंगलबार शरीरमा पेट्...
श्रावण ५ गते, २०८३ - २१:३९
दाङ । दाङको घोराही उपमहानगरपालिका–८ का मुक्त कम्लहरी महिलाले सामूहिक खेतीमार्फत आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन्। तीन वर्षअघि सुरु गरिएको अभिय...
श्रावण ५ गते, २०८३ - २१:३३
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार तीन घण्टाभन्दा लामो ...
श्रावण ५ गते, २०८३ - २१:२०
विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि यौनजन्य दुर्व्यवहारको आरोपसँग जोडिएको घटनापछि तीन जना शिक्षक तथा कर्मचारीलाई...
श्रावण ५ गते, २०८३ - २१:१९
काठमाडौं । वाग्मती प्रदेशमा नेपाली कांग्रेस–नेकपा (एमाले)बीचको सत्ता गठबन्धन अन्त्य भएको छ। एमालेले सरकारबाट बाहिरिने निर्णय गर्दै आफ्ना मन्त्रीहरूले ...
श्रावण ५ गते, २०८३ - २१:१६
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षक र एक सवार...
श्रावण ५ गते, २०८३ - २०:५५
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा कारभित्रै जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुन...
श्रावण ५ गते, २०८३ - १९:४१
सुर्खेत । कर्णाली प्रदेशको सत्ता समीकरणबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी केन्द्रबाट अहिलेसम्म कुनै निर्णय वा निर्देशन नआएको जनाएको छ। केन...
श्रावण ५ गते, २०८३ - १९:३९
बुटवल । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच प्रदेश तहको सत्ता सहकार्य अन्य प्रदेशमा संकटमा परे पनि लुम्बिनी प्रदेशमा भने गठबन्धनको भविष्य अझै अनिश्चित ...
श्रावण ५ गते, २०८३ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहाल राजन ले संवैधानिक संकट उत्पन्न हुने अवस्था वा आफ्नो पार्टीबिना सरकार गठन हुन नसक्ने प...



प्रतिकृया लेख्नुहोस्: