काठमाडौं। नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनीत गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै उपाध्यक्षको जिम्मेवारी समेत दिएको उच्च स्रोतले जानकारी दियो ।
यसअघि गत माघमै पासाङ पार्टी राजनीतिमा औपचारिक रूपमा फर्किएका थिए । जसअनुसार पार्टीले पासाङलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएको थियो ।
उपराष्ट्रपतिको कार्यकाल सकिएसँगै उनी अनौपचारिक रूपमा माओवादीको आन्तरिक बैठकमा सहभागी हुँदै आएका थिए । अब भने उनी पदाधिकारीको थप जिम्मेवारीसहित पार्टी राजनीतिमा सक्रिय हुने भएका हुन् ।
पासाङ राजनीतिमा फर्किन लागेकोबारे समाचार पहिलो पटक रातोपाटीले प्रकाशित गरेको थियो । समाचार पछि यसबारे पार्टीभित्र र बाहिर व्यापक बहस समेत सिर्जना भएको थियो ।
पासाङले पार्टी राजनीतिमा फर्किने चाहना राखेपछि प्रचण्डले सुरुमै उनलाई उपाध्यक्ष बनाउन लागेको चर्चा भएको थियो । तर, सर्वत्र आलोचना भएपछि उनलाई जिम्मेवारी दिने प्रचण्डको चाहना स्थगित हुँदै आएको थियो । गत उपराष्ट्रपतिबाट बिदा भएपछि कात्तिक २६ गते प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पहिलोपटक सहभागी भएका उनी त्यसयता माओवादीको केन्द्रीय तहका हरेक बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी हुँदै आएका थिए ।
गत पुस तेस्रो साता बसेको केन्द्रीय समिति बैठकमा पनि उनी आमन्त्रित हैसियतमै सहभागी भएका थिए । उक्त बैठकमा पासाङलाई पार्टीमा जिम्मेवारी दिने विषयमा कैयन केन्द्रीय समिति सदस्यहरूले असहमति समेत राखेका थिए । सोही असहमति र पार्टिभित्रको आन्तरिक समीकरण मिलाउन पासाङलाई पदाधिकारीमा नल्याएका प्रचण्डले हाल आएर भने उपाध्यक्ष बनाएका हुन् ।
तत्कालीन माओवादी जनयुद्धकालका डेपुटी कमान्डर पुन माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनमा नगएर राजीनामा प्रवेश गरेका थिए ।
जसअनुसार संसदीय राजनीतिमा लागेका उनी २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यससँगै माओवादीबाट अलग भएका उनी २०७९ को निर्वाचनपछि भने उपराष्ट्रपति पदबाट बाहिरिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - २१:५६
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्। मंगलबार शरीरमा पेट्...
श्रावण ५ गते, २०८३ - २१:३९
दाङ । दाङको घोराही उपमहानगरपालिका–८ का मुक्त कम्लहरी महिलाले सामूहिक खेतीमार्फत आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन्। तीन वर्षअघि सुरु गरिएको अभिय...
श्रावण ५ गते, २०८३ - २१:३३
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार तीन घण्टाभन्दा लामो ...
श्रावण ५ गते, २०८३ - २१:२०
विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि यौनजन्य दुर्व्यवहारको आरोपसँग जोडिएको घटनापछि तीन जना शिक्षक तथा कर्मचारीलाई...
श्रावण ५ गते, २०८३ - २१:१९
काठमाडौं । वाग्मती प्रदेशमा नेपाली कांग्रेस–नेकपा (एमाले)बीचको सत्ता गठबन्धन अन्त्य भएको छ। एमालेले सरकारबाट बाहिरिने निर्णय गर्दै आफ्ना मन्त्रीहरूले ...
श्रावण ५ गते, २०८३ - २१:१६
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षक र एक सवार...
श्रावण ५ गते, २०८३ - २०:५५
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा कारभित्रै जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुन...
श्रावण ५ गते, २०८३ - १९:४१
सुर्खेत । कर्णाली प्रदेशको सत्ता समीकरणबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी केन्द्रबाट अहिलेसम्म कुनै निर्णय वा निर्देशन नआएको जनाएको छ। केन...
श्रावण ५ गते, २०८३ - १९:३९
बुटवल । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच प्रदेश तहको सत्ता सहकार्य अन्य प्रदेशमा संकटमा परे पनि लुम्बिनी प्रदेशमा भने गठबन्धनको भविष्य अझै अनिश्चित ...
श्रावण ५ गते, २०८३ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहाल राजन ले संवैधानिक संकट उत्पन्न हुने अवस्था वा आफ्नो पार्टीबिना सरकार गठन हुन नसक्ने प...



प्रतिकृया लेख्नुहोस्: