रामेछाप । नेपालका पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीले देशमा समाजवाद स्थापनाका लागि सबै कम्युनिष्टहरू एक ठाउँमा आउनु पर्ने बताएका छन् ।
आइतबार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालका योगदान विषयक वृहत् विचार गोष्ठीमा बोल्दै अधिकारीले कम्युनिष्ट पार्टी फुटेर देशमा समाजवादी व्यवस्थाको कल्पना गर्न नसकिने बताए । उनले सबैलाई मिल्नसमेत आग्रह गरे । ‘मेरो विनम्र अनुरोध छ–यहाँहरू मिल्नुस्, श्रमजीवी जनताको सेवा गर्नुस्,’ उनले भने ।
पञ्चायत शासनमा १८ वर्षसम्म जेल परेका कम्युनिष्ट नेता अधिकारीले कम्युनिष्ट पार्टीको नेता जनताको सेवक बन्नु पर्नेमा जोड दिए । ‘श्रमजीवीको नेता कम्युनिष्ट होइन, श्रमजीवीको सेवक कम्युनिष्ट पार्टीको नेता बन्छ, श्रमजीवीको नेता बन्ने त दलाल हुन्’, उनले भने ।
नेपालमा अहिलेसम्म सत्तामा पुगेका कुनै पनि पार्टीहरू कम्युनिष्ट पार्टी नभएको अधिकारीले धारणा राखे । उनीहरू सबै दलाल बिचौलिया भएको उनको धारणा छ । केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल कोही पनि कम्युनिष्ट नभएको उनले आरोप लगाए ।
‘प्रचण्डले जनयुद्धको नाममा नेपाली जनतालाई लडाए र अन्तिममा विदेशी प्रभावमा परेर आन्दोलनलाई विसर्जन गरे,’ उनले भने । प्रचण्डलाई आफूले त्यतिबेलै सशस्त्र आन्दोलनमा नजान आग्रह गरेको भए पनि नटेरेर नेपाली जनताको रगत बगाउने काम गरेको उनको आरोप थियो ।
अधिकारीले देश बनाउने हो भने कम्युनिष्टहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - २१:५६
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्। मंगलबार शरीरमा पेट्...
श्रावण ५ गते, २०८३ - २१:३९
दाङ । दाङको घोराही उपमहानगरपालिका–८ का मुक्त कम्लहरी महिलाले सामूहिक खेतीमार्फत आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन्। तीन वर्षअघि सुरु गरिएको अभिय...
श्रावण ५ गते, २०८३ - २१:३३
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार तीन घण्टाभन्दा लामो ...
श्रावण ५ गते, २०८३ - २१:२०
विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि यौनजन्य दुर्व्यवहारको आरोपसँग जोडिएको घटनापछि तीन जना शिक्षक तथा कर्मचारीलाई...
श्रावण ५ गते, २०८३ - २१:१९
काठमाडौं । वाग्मती प्रदेशमा नेपाली कांग्रेस–नेकपा (एमाले)बीचको सत्ता गठबन्धन अन्त्य भएको छ। एमालेले सरकारबाट बाहिरिने निर्णय गर्दै आफ्ना मन्त्रीहरूले ...
श्रावण ५ गते, २०८३ - २१:१६
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षक र एक सवार...
श्रावण ५ गते, २०८३ - २०:५५
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा कारभित्रै जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुन...
श्रावण ५ गते, २०८३ - १९:४१
सुर्खेत । कर्णाली प्रदेशको सत्ता समीकरणबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी केन्द्रबाट अहिलेसम्म कुनै निर्णय वा निर्देशन नआएको जनाएको छ। केन...
श्रावण ५ गते, २०८३ - १९:३९
बुटवल । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच प्रदेश तहको सत्ता सहकार्य अन्य प्रदेशमा संकटमा परे पनि लुम्बिनी प्रदेशमा भने गठबन्धनको भविष्य अझै अनिश्चित ...
श्रावण ५ गते, २०८३ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहाल राजन ले संवैधानिक संकट उत्पन्न हुने अवस्था वा आफ्नो पार्टीबिना सरकार गठन हुन नसक्ने प...



प्रतिकृया लेख्नुहोस्: