ओखलढुङ्गा । ग्रामीण पर्यटन प्रवर्द्धनका लागि ओखलढुङ्गाको सबैभन्दा अग्लो थोलेदेम्बा डाँडामा गल्फ महोत्सव हुने भएको छ । नेपालका सात अग्ला डाँडा मध्येको एक ३३५० मिटर उचाईमा रहेको जिल्लाकै अग्लो देम्बाडाँडामा पर्यटन विकास गर्ने उद्देश्यले राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीले भाग लिनेगरी गल्फ महोत्सव सञ्चालन गरिने भएको हो ।
पर्यटन प्रवर्द्धन, आर्थिक समृद्धि र सुशासनका लागि खेलकुद भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा वैशाख १ र २ गते हुने गल्फ महोत्सव सञ्चालन हुदैँछ । महोत्सवमा विभिन्न छ देशका खेलाडी सहभागी हुनेछन् । नेपाल सरकारले सूचिकृत गरेको १०० गन्तव्य मध्येको एक देम्बाडाँडा र समग्र जिल्लाकै पर्यटन विकाससँग जोडेर खिजीदेम्बा गाउँपालिकाले महोत्सव आयोजना गर्न लागेको अध्यक्ष गम्बु शेर्पाले बताए।
अध्यक्ष शेर्पाका अनुसार महोत्सवको अवसरमा आयोजना हुने गल्फ प्रतियोगितामा अमेरिका, बेलायत, क्यानाडा, कोरिया र भुटान लगायतका छ देशका र नेपालका विभिन्न जिल्लाबाट खेलाडी सहभागी हुनेछन् । पालिकाको समग्र विकासका लागि विभिन्न सम्भावना खोजी गर्दा पर्यटन क्षेत्रबाट गाउँपालिका सँगै जिल्ला र देशलाई नै आर्थिक रुपमा सहयोग पुग्ने भएकाले गल्फका लागि पूर्वाधार विकास गरेर प्रतियोगिता सहितको महोत्सव आयोजना गरिएको अध्यक्ष शेर्पाले भने।
‘पहिलो वर्ष नै छ देशका विदेशी र नेपालका ख्यातिप्राप्त खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने सुनिश्चित भईसकेको छ । पर्यटन विकासमा जिल्लामै प्रचुर सम्भावना भएको खिजीदेम्बाले सम्भावना चुम्दै विश्व भरका पर्यटक तान्ने लक्ष्य राखेको छ,’ अध्यक्ष शेर्पाले भने। हरेक नयाँ वर्षको अवसरमा देम्बाडाँडामा गल्फ महोत्सव गर्ने नीतिगत निर्णय गरेको खिजीदेम्बाले महोत्सवका लागि यसवर्ष १० लाख बजेट विनियोजन गरेको छ ।
पालिकाले केही समय अघि गल्फ प्रतियोगिता सञ्चालनका लागि विज्ञद्धारा सम्भाव्यता अध्ययन गरेको थियो । खिजीदेम्बा गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि १ महिनाअघि ३ दिने जातिय पहिचान सहितको सास्कृतिक महोत्सव सञ्चालन गरिएको थियो ।
विभिन्न चार वटा पर्यटन रुट निर्माण, ट्रेक एण्ड गल्फ अवधारणा, अल्ट्रा रेस म्याराथन, साइक्लिङ प्रतियोगिता आयोजना र रक क्लाइम्बिङको समेत पूर्वाधार विकास गरिएको छ । साहसिक खेलका लागि पूर्वाधार विकासपछि प्रतियोगिताहरु आयोजना गर्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष शेर्पाले बताए।
२०७४ वैशाख १ गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा सोही स्थानमा प्रथम थोलेदेम्बा महोत्सव आयोजना गरिएको थियो । नेपालको नक्साङ्कन गर्दा तत्कालिन समयमा देम्बाडाँडासहित नेपालका ७ अग्ला डाँडालाई केन्द्र बनाइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १७:२३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको छ। ...
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...




प्रतिकृया लेख्नुहोस्: