बागलुङ । गण्डकी प्रदेशका ११ वटै जिल्लाका ८५ स्थानीय तहमा रहेका न्यायिक समितिहरू पछिल्लो समय विवाद समाधानमा निकै प्रभावकारी देखिएका छन्। स्थानीय स्तरमै हुने ससाना झगडा र कानुनी उल्झन मिलाउन स्थापित यी समितिहरूले नागरिकको विश्वास जित्दै गएका हुन्।
बागलुङ नगरपालिकाले प्रकाशन गरेको 'गण्डकी प्रदेश न्यायिक समिति दर्पण' पुस्तकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा प्रदेशभरका स्थानीय तहमा कुल १ हजार ७८९ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये ठूलो हिस्सा आपसी समझदारी र मेलमिलापमै टुङ्गिएको पाइएको छ।
तथ्याङ्कलाई केलाउँदा कुल मुद्दामध्ये ८०५ वटा विवाद मेलमिलापमार्फत समाधान भएका छन् भने ३३६ वटामा फैसला सुनाइएको छ। न्यायिक समितिमा दर्ता भएका मुद्दामध्ये केवल ३ प्रतिशत मात्रै पुनरावेदनका लागि अदालत पुग्नुले स्थानीय तहमा हुने न्याय सम्पादन कति प्रभावकारी छ भन्ने प्रष्ट पारेको छ। समितिमा आउने विवादहरूमा सबैभन्दा धेरै घरजग्गाको सिमाना सम्बन्धी ३५१ वटा मुद्दा रहेका छन्। यसका साथै मानाचामल, लेनदेन, ज्याला मजदुरी, घरेलु हिंसा र जेष्ठ नागरिकका समस्या जस्ता विषयमा पनि उजुरी पर्ने क्रम बढेको छ।
स्थानीय तहमा नै विवाद समाधान हुँदा नागरिकको समय र खर्च दुवै बचत हुने भएकाले न्यायिक समितिप्रति आकर्षण बढेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको अनुभव छ। २०७४ सालमा स्थापना भएदेखि हालसम्म गण्डकी प्रदेशमा करिब १२ हजार मुद्दा दर्ता भइसकेका छन्।
पहिलो कार्यकालको तुलनामा दोस्रो कार्यकालमा नागरिकहरू आफ्ना गुनासो र विवाद लिएर पालिका आउने क्रम ह्वात्तै बढेको छ। जटिल प्रकृतिका केही विवाद मात्र अदालत पठाइने भए पनि अधिकांश समस्यालाई स्थानीय जनप्रतिनिधि र मेलमिलापकर्ताको सक्रियतामा गाउँ–घरमै सुल्झाउने अभ्यासले कानुनी उपचारलाई सहज बनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...
पौष ८ गते, २०८२ - १८:०९
कोलम्बो । भारत सरकारले श्रीलङ्कालाई हालै आएको चक्रवात दितवाहबाट भएको व्यापक क्षतिबाट पुनःउत्थान गर्न ४५ करोड अमेरिकी डलर बराबरको मानवीय तथा पुनर्निर्म...
पौष ८ गते, २०८२ - १८:०५
बाँके । अत्यधिक चिसो बढेपछि बाँकेमा स्थानीय तहले विद्यालय बन्द गरेका छन् । खजुरा गाउँपालिकाले अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहजता...
पौष ८ गते, २०८२ - १८:०२
महोत्तरी । आउँदै गरेको फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टीका केन्द्री...
पौष ८ गते, २०८२ - १७:५९
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला न...




प्रतिकृया लेख्नुहोस्: