Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

गुल्मी अस्पतालको सेवा प्रवाहको गुणस्तर सुधार हुने

खबरडबली संवाददाता

गुल्मी । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमालाई सामाजिक न्यायका आधारमा व्यवस्थित गर्नुपर्ने बताइएको छ । तम्घासमा आयोजित गुल्मी अस्पतालको सेवा प्रवाहको गुणस्तर सुधारका लागि भएको छलफलमा सहभागीहरूले यस्तो बताएका छन् ।

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश सरकारबाट गठित कार्यदलबाट भएको सो छलफलमा सहभागीहरूले स्वास्थ्य बिमासँगै अन्य सामाजिक सुरक्षालाई सम्पन्नता आधारमा विभाजन गर्न आवश्यक रहेको बताएका हुन् । अस्पतालको सरसफाइमा पनि विशेष ख्याल गर्नुपर्ने सहभागीहरूको धारणा आएको छ । पछिल्लो समय सरकारी अस्पतालहरूमा गुणस्तर वृद्धि भएको छ । गुल्मी अस्पतालको नयाँ भवन निर्माणका लागि पटकपटक म्याद थप गरिएतापनि निर्माण हुन नसकेको निकै ढिलासुस्ती भएको भन्दै सहभागीले चिन्ता व्यक्त गरे । भवन निर्माण सम्पन्न गर्नका लागि सम्बन्धित पक्ष सबैले विशेष ध्यान दिनुपर्ने बताइएको छ ।

अस्पतालमा नागरिकको गुनासो नआउने गरी गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक रहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । गुणस्तरीय सेवा प्रदानमा विशेषगरी डाक्टरहरुको महत्त्वपूर्ण भूमिका रहने भन्दै उनले स्वास्थ्य बिमालाई व्यवस्थित गर्नुपर्ने बताए । गुल्मी अस्पतालले आमनागरिकमा भरोसा थपेको छ । अस्पतालको गुणस्तरलाई चुस्तदुरुस्त बनाउने प्रयासमा लागिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

स्वास्थ्य क्षेत्रमा सहि परिणाम दिने गरी नीतिगत सुधार गर्न आवश्यक छ । गुल्मी अस्पतालमा बाल विशेषज्ञ डाक्टर थप गर्ने नागरपालिकाले योजना बनाएको उनले बताए । स्वास्थ्य क्षेत्रमा सबै गम्भीर हुनुपर्ने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले बताए । स्वास्थ्य बिमालाई व्यस्थित गर्न आवश्यक रहेको भन्दै उनले विदेश पलायनलाई रोक्न सरकारले विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि लुम्बिनी प्रदेश सरकार निरन्तर लागेको लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री राजु खनालले बताए । लुम्बिनी प्रदेशका १४ वटा अस्पतालको अध्ययन अनुगमन गरी समस्या समाधान तथा गुणस्तरीय सेवा प्रवाहका लागि बृहत योजना बनाउनका लागिएको छ । अस्पताललाई आर्थिक रुपमा सबल बनाउन, खर्चलाई मितव्ययी रुपमा व्यस्थापन, गुणस्तरीय सेवा प्रदानसंगै अस्पतालको अवस्थालगायतका विभिन्न विषयमा केन्द्रीत रहेको उनले बताए ।

स्वास्थ्य बिमा सबैलाई आवश्यक हो होइन भनेर पुनः अध्ययन गर्न जरुरी रहेको भन्दै पूर्वमन्त्री खनालले बिमासम्बन्धी नीति सुधारको आवश्यक रहेको बताए । भौतिक पूर्वाधार, दक्ष जनशक्ति, आवश्यक सामग्री सहज रूपमा प्राप्त भएमा अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्न सहज हुने उनले बताए । अस्पतालको आय आर्जन र सेवा सुविधालाई व्यवस्थित गर्न आवश्यक रहेको उनको भनाइ छ ।

अस्पतालहरूको स्थलगत अनुगमनसँगै अस्पतालको अवस्था, आत्मनिर्भर बनाउन के गर्न सकिन्छ भन्ने कुराको अध्ययन गरिएको छ । अस्पतालको गुणस्तरीय सेवा प्रदान, अस्पताल व्यवस्थापन लगायतका विभिन्न विषयमा भएको छलफलमा गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विभव बस्यालले अस्पतालको अवस्थाको बारेमा जानकारी गराए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending