गुल्मी । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमालाई सामाजिक न्यायका आधारमा व्यवस्थित गर्नुपर्ने बताइएको छ । तम्घासमा आयोजित गुल्मी अस्पतालको सेवा प्रवाहको गुणस्तर सुधारका लागि भएको छलफलमा सहभागीहरूले यस्तो बताएका छन् ।
स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश सरकारबाट गठित कार्यदलबाट भएको सो छलफलमा सहभागीहरूले स्वास्थ्य बिमासँगै अन्य सामाजिक सुरक्षालाई सम्पन्नता आधारमा विभाजन गर्न आवश्यक रहेको बताएका हुन् । अस्पतालको सरसफाइमा पनि विशेष ख्याल गर्नुपर्ने सहभागीहरूको धारणा आएको छ । पछिल्लो समय सरकारी अस्पतालहरूमा गुणस्तर वृद्धि भएको छ । गुल्मी अस्पतालको नयाँ भवन निर्माणका लागि पटकपटक म्याद थप गरिएतापनि निर्माण हुन नसकेको निकै ढिलासुस्ती भएको भन्दै सहभागीले चिन्ता व्यक्त गरे । भवन निर्माण सम्पन्न गर्नका लागि सम्बन्धित पक्ष सबैले विशेष ध्यान दिनुपर्ने बताइएको छ ।
अस्पतालमा नागरिकको गुनासो नआउने गरी गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक रहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । गुणस्तरीय सेवा प्रदानमा विशेषगरी डाक्टरहरुको महत्त्वपूर्ण भूमिका रहने भन्दै उनले स्वास्थ्य बिमालाई व्यवस्थित गर्नुपर्ने बताए । गुल्मी अस्पतालले आमनागरिकमा भरोसा थपेको छ । अस्पतालको गुणस्तरलाई चुस्तदुरुस्त बनाउने प्रयासमा लागिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।
स्वास्थ्य क्षेत्रमा सहि परिणाम दिने गरी नीतिगत सुधार गर्न आवश्यक छ । गुल्मी अस्पतालमा बाल विशेषज्ञ डाक्टर थप गर्ने नागरपालिकाले योजना बनाएको उनले बताए । स्वास्थ्य क्षेत्रमा सबै गम्भीर हुनुपर्ने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले बताए । स्वास्थ्य बिमालाई व्यस्थित गर्न आवश्यक रहेको भन्दै उनले विदेश पलायनलाई रोक्न सरकारले विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।
स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि लुम्बिनी प्रदेश सरकार निरन्तर लागेको लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री राजु खनालले बताए । लुम्बिनी प्रदेशका १४ वटा अस्पतालको अध्ययन अनुगमन गरी समस्या समाधान तथा गुणस्तरीय सेवा प्रवाहका लागि बृहत योजना बनाउनका लागिएको छ । अस्पताललाई आर्थिक रुपमा सबल बनाउन, खर्चलाई मितव्ययी रुपमा व्यस्थापन, गुणस्तरीय सेवा प्रदानसंगै अस्पतालको अवस्थालगायतका विभिन्न विषयमा केन्द्रीत रहेको उनले बताए ।
स्वास्थ्य बिमा सबैलाई आवश्यक हो होइन भनेर पुनः अध्ययन गर्न जरुरी रहेको भन्दै पूर्वमन्त्री खनालले बिमासम्बन्धी नीति सुधारको आवश्यक रहेको बताए । भौतिक पूर्वाधार, दक्ष जनशक्ति, आवश्यक सामग्री सहज रूपमा प्राप्त भएमा अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्न सहज हुने उनले बताए । अस्पतालको आय आर्जन र सेवा सुविधालाई व्यवस्थित गर्न आवश्यक रहेको उनको भनाइ छ ।
अस्पतालहरूको स्थलगत अनुगमनसँगै अस्पतालको अवस्था, आत्मनिर्भर बनाउन के गर्न सकिन्छ भन्ने कुराको अध्ययन गरिएको छ । अस्पतालको गुणस्तरीय सेवा प्रदान, अस्पताल व्यवस्थापन लगायतका विभिन्न विषयमा भएको छलफलमा गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विभव बस्यालले अस्पतालको अवस्थाको बारेमा जानकारी गराए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: