तनहुँ । जाडो महिना सकिएर गर्मी लाग्दै गर्दा मौसम परिवर्तनले निम्त्याउने विभिन्न स्वास्थ्य समस्या लिएर तनहुँका अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । सबैभन्दा बढी मौसमजन्य रोग भाइरल ज्वरो, रुघाखोकी, घाँटी दुख्ने जस्ता समस्या लिएर तनहुँका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि बिरामीको सङ्ख्यामा वृद्धि भएको हो ।
प्रदेश अस्पताल दमौलीका अनुसार फागुनदेखि नै मौसमजन्य रुघाखोकी, भाइरल ज्वरो र घाँटी दुख्नेलगायतका समस्या लिएर बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट परिवर्तन बरालका अनुसार अस्पतालमा अहिले दैनिक चार सय ५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये दैनिक एक सय ५० भन्दा बढी भाइरल रोगजन्य बिरामी रहेको डा.बरालले बताए ।
‘‘मौसम परिवर्तन हुने बेलामा मौसमजन्य बिरामीको सङ्ख्या बढ्छ ।’’ उनले भने । ‘‘यो क्रम अझै केही समयमा बढ्छ ।’’ बेलैमा सजगता नअपनाउने हो भने मौसमजन्य प्रकोपले ज्यानै जान सक्ने उनले बताए ।
यसैगरी तनहुँकै जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पनि रुघाखोकी, भाइरल ज्वरो तथा टाउको दुख्ने जस्ता सङ्क्रमणजन्य बिरामी बढेका छन् । अस्पतालका कार्यकारी निर्देशक डा. राम कुमार श्रेष्ठले महिला तथा बालबालिकामा अहिले रुघाखोकी र ज्वरो आउने समस्या देखिएको बताए ।
उनले मौसममा आउने परिवर्तनका कारण केही समय यस्ता बिरामीको सङ्ख्या बढ्ने उल्लेख गरे । उनका अनुसार जाडो सकिएर गर्मी लाग्दै गएकाले भाइरल ज्वरो, रुघाखोकीलगायतका बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । ‘‘अहिले अस्पतालमा दुई सय ५० भन्दाबढी दैनिक ओपिडीका बिरामी पुगेको छ ।’’ डा. श्रेष्ठले भने, ‘‘जसमा ज्वरो र रुघाखोकीका डेढ सय जति दैनिक हुन्छन ।’’
यस्तै दमौलीकै निजि समाधान अस्पतालमा पनि बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको अस्पतालका डा.श्रीराम चन्द ठकुरीले जानकारी दिए । अस्पतालमा आउने यस्ता बिरामीलाई चिकित्सकले पानी उमालेर खाने, साबुन पानीले राम्ररी हात धुने, बासी सडेगलेको खानेकुरा नखाने, धुलोधुँवाबाट बच्ने, मास्क लगाएर मात्रै हिँड्डुल गर्ने र आराम गर्नेलगायतका सुझाव–सल्लाह दिने गरेको डा.ठकुरीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: