तनहुँ । जाडो महिना सकिएर गर्मी लाग्दै गर्दा मौसम परिवर्तनले निम्त्याउने विभिन्न स्वास्थ्य समस्या लिएर तनहुँका अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । सबैभन्दा बढी मौसमजन्य रोग भाइरल ज्वरो, रुघाखोकी, घाँटी दुख्ने जस्ता समस्या लिएर तनहुँका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि बिरामीको सङ्ख्यामा वृद्धि भएको हो ।
प्रदेश अस्पताल दमौलीका अनुसार फागुनदेखि नै मौसमजन्य रुघाखोकी, भाइरल ज्वरो र घाँटी दुख्नेलगायतका समस्या लिएर बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट परिवर्तन बरालका अनुसार अस्पतालमा अहिले दैनिक चार सय ५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये दैनिक एक सय ५० भन्दा बढी भाइरल रोगजन्य बिरामी रहेको डा.बरालले बताए ।
‘‘मौसम परिवर्तन हुने बेलामा मौसमजन्य बिरामीको सङ्ख्या बढ्छ ।’’ उनले भने । ‘‘यो क्रम अझै केही समयमा बढ्छ ।’’ बेलैमा सजगता नअपनाउने हो भने मौसमजन्य प्रकोपले ज्यानै जान सक्ने उनले बताए ।
यसैगरी तनहुँकै जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पनि रुघाखोकी, भाइरल ज्वरो तथा टाउको दुख्ने जस्ता सङ्क्रमणजन्य बिरामी बढेका छन् । अस्पतालका कार्यकारी निर्देशक डा. राम कुमार श्रेष्ठले महिला तथा बालबालिकामा अहिले रुघाखोकी र ज्वरो आउने समस्या देखिएको बताए ।
उनले मौसममा आउने परिवर्तनका कारण केही समय यस्ता बिरामीको सङ्ख्या बढ्ने उल्लेख गरे । उनका अनुसार जाडो सकिएर गर्मी लाग्दै गएकाले भाइरल ज्वरो, रुघाखोकीलगायतका बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । ‘‘अहिले अस्पतालमा दुई सय ५० भन्दाबढी दैनिक ओपिडीका बिरामी पुगेको छ ।’’ डा. श्रेष्ठले भने, ‘‘जसमा ज्वरो र रुघाखोकीका डेढ सय जति दैनिक हुन्छन ।’’
यस्तै दमौलीकै निजि समाधान अस्पतालमा पनि बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको अस्पतालका डा.श्रीराम चन्द ठकुरीले जानकारी दिए । अस्पतालमा आउने यस्ता बिरामीलाई चिकित्सकले पानी उमालेर खाने, साबुन पानीले राम्ररी हात धुने, बासी सडेगलेको खानेकुरा नखाने, धुलोधुँवाबाट बच्ने, मास्क लगाएर मात्रै हिँड्डुल गर्ने र आराम गर्नेलगायतका सुझाव–सल्लाह दिने गरेको डा.ठकुरीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: