Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

२५ करोड तस्करीमा राजनीतिक ‘कनेक्सन’

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको टोखाबाट बरामद करिब २५ करोड रुपैयाँ बराबरका विदेशी मुद्रा तस्करीमा राजनीतिक ‘कनेक्सन’ देखिएको छ । युरो र अमेरिकी डलर तस्करीको अनुसन्धानमा सिन्धुपाल्चोकका माओवादी कार्यकर्ता नारायण पौडेल तानिएका छन् ।

उनका भाइ तथा ०७४ मा माओवादीबाट भोटेकोशी गाउँपालिका अध्यक्षमा निर्वाचित राजकुमार पौडेल पनि त्यतिबेला १५ किलो सुन तस्करीका आरोपी थिए ।

पौडेलका चार जना दाजुभाइ रहेकामा सबै कुनै न कुनै काण्डमा जोडिएका छन् । कोही सुन तस्करी, कोही हुन्डी, कोही विदेशी मुद्रा र कोही रक्तचन्दन तस्करीमा मुछिएका छन् । भाइ राजकुमार ०७४ मा भोटेकोशी गाउँपालिका अध्यक्षमा निर्वाचित भएलगत्तै १५ किलो सुन तस्करीमा मुछिएपछि फरार भएका थिए । पछि धरौटीमा छुटेका उनी ०७९ को चुनावमा भने उनी कांग्रेस उम्मेदवारसँग पराजित भए ।

दाजु बच्चु पौडेल हुन्डी कारोबारमा पटक–पटक प्रहरी अनुसन्धानको घेरामा परेका शंकास्पद व्यक्ति हुन् । जेठा दाजु ध्रुव भोटेकोशीकै फुल्पिङकट्टीबाट ०५४ मा गाविस अध्यक्ष निर्वाचित भएका थिए । ०६९ तिर रक्तचन्दन कारोबारमा जोडिएका उनी पक्राउपछि छुटेका थिए ।

ट्रकको ‘फल्स बटम’मा लुकाएर स्थल नाका हुँदै रसुवागढीबाट चीनको केरुङतर्फ तस्करी गर्न लागिएको १३ लाख ६९ हजार १ सय ५० युरो र ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलरसहित चैत ४ मा कुसाङ लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । बरामद विदेशी मुद्रा र ना ७ ख १६५२ नम्बरको ट्रकसहित लामालाई प्रहरीले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो ।

तस्करीका मुख्य योजनाकार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका घर भई हाल काठमाडौं बस्दै आएका माओवादी नेता पौडेल भएको अनुसन्धानका क्रममा खुलेको हो । लामा र पौडेलबीच पटक–पटक भएको फोन सम्पर्कको आधारमा पौडेलको संलग्नता पुष्टि भएको हो । युरो र डलर बरामद भएलगत्तै पौडेल सम्पर्कविहीन भएका छन् । पौडेलविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे बताउँछन् ।

घिमिरेका अनुसार भोटेकोशी–४ स्थायी घर भई टोखा–१० महादेवटार बस्ने पौडेल उक्त विदेशी मुद्रा चीन पठाउने तयारीमा थिए । ‘अहिलेसम्मको अनुसन्धानमा विदेशी मुद्राका मालिक पौडेल नै भएको खुल्न आएको छ,’ घिमिरेले भने, ‘मोबाइल कल, पैसा बोकेको गाडीको मुभमेन्ट र गोप्य स्रोतबाट आएका विवरणका आधारमा हामीले मुख्य मालिक पहिचान गरेका हौं, उनलाई पक्राउ गर्न अदालतबाट आइतबार पुर्जी जारी भइसकेको छ ।’

अनुसन्धानका क्रममा लामाले बरामद ट्रक भाइले किन्दिएको बताएका थिए । उनले अनुसन्धानमा असहयोग गरेपछि उनको मोबाइल फरेन्सिक जाँचका लागि पठाइएको थियो । त्यसपछि मात्र माओवादी कार्यकर्ता पौडेलसँग तस्करीबारे भएका विवरण फेला परेका हुन् ।

पौडेल र लामा दुवै जनाको घर भोटेकोशी हो । लामा भोटेकोशी गाउँपालिका–१ का निवासी हुन् । लामाको खातामा शंकास्पद रूपमा विभिन्न मितिमा नगद जम्मा गरेको पनि भेटिएको छ । यो रकम तस्करीमा भरिया र चालकका रूपमा प्रयोग भएबापत पाएको हुन सक्ने अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ ।

परिवारसहित लामा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ मा डेरामा बस्दै आएका थिए । खुलासा भएपछि विभागले पौडेलको टोखास्थित घरलगायतका ठाउँमा तलासी गरेको थियो । ‘तर, उनी घरमा एक कामदारलाई राखेर फरार भइसकेछन्,’ घिमिरे भन्छन् ।

पौडेलका अरू तीन दाजुभाइको विगत पनि विवादास्पद र तस्करीको नेटवर्कसँग जाडिएको देखिन्छ । ‘सत्ता र शक्तिका आडमा उनीहरूमाथि सूक्ष्म अनुसन्धान गर्न विगतदेखि नै बारम्बार अवरोध र व्यवधान हुँदै आएको छ,’ एक प्रहरी अधिकृत भन्छन्, ‘यस पटक पनि विगतकै नियति नदोहोरिएला भन्न सकिँदैन ।’

०७४ भदौ १४ मा १५ किलो सुनसहित भरिया पेम्बादोर्जे शेर्पा पक्राउ परेको सीआईबीको अभिलेखमा देखिन्छ । शेर्पाले २ किलो सुन जनकपुर गइसकेको बयान दिएपछि सीआईबीले १ किलो सुनसहित धनुषाबाट दीपक साहलाई पक्राउ गरेको थियो । त्यसबेला सीआईबीका अधिकृतसँग साहले १ किलो भारत पुगेको र बाँकी १ किलो मात्र आफूसँग भएको बयान दिएका थिए । तत्काल फरार भएका राजकुमार आफ्नै घरमा काम गर्न राखेका एक युवालाई देखाएर उनी उम्किएका थिए ।

चीनबाट २२ किलो सुन भित्र्याए पनि टोखाबाट १५ किलो मात्र बरामद भएको, पछि थप १ किलो धनुषाबाट बरामद गरिएको र बाँकी सुन भारत पुर्‍याएको अनुसन्धानबाट खुलेकोमा यो गिरोहका नाइके उनै राजकुमार भएको खुलेको थियो । उक्त घटनाको ७ वर्षपछि टोखाबाटै राजकुमारका दाइ नारायणले रसुवागढी नाका हुँदै २५ करोड रुपैयाँ बराबरका युरो र अमेरिकी डलर चीन तस्करी गर्न लागेको खुलासा भएको हो ।

हाल डलर तस्करीमा फरार रहेका नारायण ०४८/४९ बाटै खासाबाट कपडाको व्यापार गर्थे । त्यसकै आडमा तस्करीको नेटवर्कमा छिरेर अरू धन्दामा उनको सक्रियता बढेको अनुसन्धान स्रोत बताउँछ । ‘आवरणमा व्यापार भए पनि तस्करी धन्दामा सक्रिय रहेकै कारण ठूलो पैसा कमाए, पैसाकै बलमा नेता–कर्मचारी, प्रहरी र अरू राज्यसंयन्त्रलाई प्रभावित बनाएर शक्तिकेन्द्र आफ्नो पकडमा राख्ने गरेको देखिन्छ,’ विगतमा उनको धन्दाबारे जानकार एक प्रहरी अधिकृत भन्छन् । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending