काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको हो।
प्रहरीका अनुसार अब उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले थप निर्णय गर्नेछन्।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओलीलाई चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। पक्राउपछि जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए।
यसैबीच उनकी पत्नी राधिका शाक्यले गैरकानूनी हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।
सर्वोच्च अदालतले चैत २३ गते आदेश जारी गर्दै ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान चैत २६ भित्र टुंग्याउन निर्देशन दिएको थियो। अदालतले उक्त अवधिभित्र अनुसन्धान सम्पन्न हुन नसकेमा शर्तसहित रिहा गर्न पनि आदेश दिएको थियो।
सोही आदेशअनुसार प्रहरीले ओलीलाई नियन्त्रणमुक्त गरेको हो। रिहापछि उनलाई लिन उनकी पत्नी राधिका शाक्य शिक्षण अस्पताल पुगेकी थिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - १४:३१
काठमाडौँ। काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन २०८३ वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क...
चैत्र २६ गते, २०८२ - १४:०८
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीबाट २५ वर्षीय रुवीकुमारी ठाकुर उम्मेदवार बनेकी छन्। उन्हालाई सत्तारुढ दल राष्ट्रिय...
चैत्र २६ गते, २०८२ - १४:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ...
चैत्र २६ गते, २०८२ - १३:५८
काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन्। लामाले राप्रपा...
चैत्र २६ गते, २०८२ - १३:५५
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी नदिने र श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्। ...
चैत्र २६ गते, २०८२ - १३:४७
काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले बलात्कारको आरोप लगाउँदै त्यहाँको न्यूयोर्क पुलिस डिपार्टमेन्टमा जाहे...
चैत्र २६ गते, २०८२ - १३:३१
काठमाडौं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्र तथा वन जंगलको संरक्षणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ। वन जंगलको संरक्षण, दल...
चैत्र २६ गते, २०८२ - १३:२१
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिने तयारी गरेको छ। पार्टीका एक नेताका अनुसार राप्रप...
चैत्र २६ गते, २०८२ - १३:१२
सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित एक कपडा पसलमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । गाउँपालिका-६, कोचाबखारीमा बुधबार राति आगलागी...
चैत्र २६ गते, २०८२ - १२:२७
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) का...


प्रतिकृया लेख्नुहोस्: