लेखनाथ। गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आफूले सेवा, सुविधावापत पाउने सबै रकम समाजसेवामा खर्च गरेको छन । प्रदेशसभाको अघिल्लो कार्यकालमा समेत सांसद रहेका उनले सात वर्षको अवधिमा ७९ लाख ४२ हजार तीन सय २४ रुपियाँ सामाजिक कार्यमा खर्च गरेको हो ।
मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरी उनले पछिल्लो वर्ष आफ्नो सेवा, सुविधाबाट गरेका सहयोगबारे जानकारी दिए । २०८० फागुनदेखि २०८१ माघसम्म उनले १० लाख एक हजार तीन सय २४ रुपियाँ विभिन्न संघ, संस्था र व्यक्तिलाई सहयोग गरेको छन । उहाँले सारङ्गी प्रशिक्षण पाठशालालाई १५ हजार प्रदान गरेको छन भने दुई क्यान्सरका बिरामीलाई जनही २५ हजार प्रदान गरेको छन ।
नेपाली कांग्रेसबाट निर्वाचित थापाले निर्वाचनकै बेला आफूले पाउने सेवा, सुविधा जनताकै निम्ति खर्चिने प्रतिवद्धता जनाएको थिए। “जनताकै माग अनुसार मैले पाउने सेवा, सुविधा मैले रचनात्मक कार्यमा खर्च गर्दै आएको छु,” उनले भने, “कास्की २ ९२० का जनतासँग गरेको प्रतिवद्धतालाई पूरा गर्न म लागेको छु ।”
प्रदेशसभाको पहिलो कार्यकालमा उनी कानुन न्याय तथा सञ्चार मन्त्री थिए। उनले सङ्घ सरकारले कानुन निर्माण नगर्दा र आवश्यकता अनुसार बजेट नदिँदा जनअपेक्षाअनुरुप काम गर्न नसकेको उल्लेख गरे । उनले आफ्नो मन्त्रालयले फ्राइडे फर फ्युचर, सिक्दै कमाउँदै, कमाउँदै सिक्दै, अभिभावक शिक्षा, गण्डकी स्वजागरण जस्ता कार्यक्रम सञ्चालन गरिरहेको जनाए ।
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन विधेयक छलफलका क्रममा रहेको र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयकसमेत प्रदेशसभामा रहेको उनले स्मरण गरे। प्रदेशले आन्तरिक स्रोत बढाउन नसकेको र सङ्घकै भर पर्नुपर्ने अवस्थाले प्रदेश सरकारहरु प्रभावकारी बन्न नसकेको उनको भनाइ छ ।
नेपाल प्रेस युनियन कास्कीले आयोजन गरेको कार्यक्रमको अध्यक्ष अध्यक्ष वासुदेव मिश्रले गरेको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १६:५९
काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...
फाल्गुन २९ गते, २०८२ - १६:४९
काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...
फाल्गुन २९ गते, २०८२ - १६:३८
कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...
फाल्गुन २९ गते, २०८२ - १६:२६
काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...
फाल्गुन २९ गते, २०८२ - १६:२२
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...
फाल्गुन २९ गते, २०८२ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...


प्रतिकृया लेख्नुहोस्: