Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

तीनकुने क्षतिको जिम्मेवार पूर्वराजा हुन् : उपमहासचिव ज्ञवाली

व्यक्तिहत्या, आगजनी र तोडफोडको नेतृत्व गरेका दुर्गा प्रसाई चाँडै पक्राउ पर्छन

खबरडबली संवाददाता

फिदिम । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजतन्त्र फर्काउने बहानामा उदण्ड मच्चाउने जोकोही कारबाहीको दायरामा आउने बताएको छ ।

मदन भण्डारी फाउन्डेसन पाँचथरले सोमबार फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले आन्दोलनको नाममा व्यक्तिहत्या, आगजनी र तोडफोडको नेतृत्व गरेका दुर्गा प्रसाई चाँडै पक्राउ पर्ने स्पष्ट पारे।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको सन्दर्भ पारेर फागुन ७ गते दिएको अभिव्यक्तिका कारण उनका समर्थक सल्बलाएका हुन, तसर्थ यो घट्नाको मुख्य जिम्मेवार पनि उनै हुन’ ज्ञवालीले भने ।

राजा फर्काउने नाममा गरिएको आन्दोलनलाई कुनै पनि कोणबाट राजनीतिक भन्न नसकिने बताउँदै ज्ञवालीले राजसंस्था फर्काउँछौं भन्नेहरूको असली अनुहार उनीहरूको व्यवहारबाट प्रष्ट देखिएको बताए ।

‘कोटेश्वरमा पत्रकारलाई जिउँदै जलाउनु, भाटभटेनीमा लुटपाट गर्नु, कान्तिपुर र अन्नपूर्ण पोष्टसहितका सञ्चार गृहमा हुलहुज्जत गर्नु र प्रहरीको बन्दुक खोसिरहेको दृश्य कैदगर्दा पत्रकारका खुट्टा भॉच्नु आदि क्रियाकलापले राजावादीको असली व्यवहार छर्लङ्गै भएको छ’ उनले भने ।

आन्दोलनका नाममा उदण्डता मच्चाउने भिडको नेतृत्व गरिरहेका दुर्गा प्रसाई चाँडै पक्राउ पर्ने र घट्नामा दोशी ठहरिएकालाई कानुनी कारबाही हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।

‘दुर्गा प्रसाई जुन दल र समूहमा जान्छन, उनले त्यही दल र समूहलाई भजाएर व्यक्तिगत फाइदा लुट्ने र भाइरल हुने काम मात्र काम गर्छन, कुनै बेला उनी एमालेका केन्द्रीय सदस्य थिए । उनले एमालेमा प्रवेश पाउनु पार्टीका लागि दुर्भाग्य थियो’ ज्ञवालीले भने।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कङ्गोमा फेरि फैलियो इबोला

किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...

सबैभन्दा बढी बेरुजु मधेस प्रदेशमा

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...

ग्रीन हाइड्रोजन प्रविधिबाट स्वदेशमै मल उत्पादन गर्न सांसद खनालको आग्रह

काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...

चालु आर्थिक वर्षमा ८८ अर्बभन्दा बढी बेरुजु

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...

सरकारी अस्पतालमा ९ करोडभन्दा बढीको औषधि म्याद नाघेको

काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...

लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या घटाएर ८ मा झारिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...

सभामुख अर्याल र जापानी राजदूतबिच शिष्टाचार भेटवार्तास द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल

काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गरेको छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्ष...

संविधान संशोधन कार्यदलद्वारा जेन्जी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान

काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जा...

प्युठान–दाङ सडकखण्डमा भ्यान दुर्घटना, दुई जनाको मृत्यु

प्युठान । प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। लुप्र ०२–००१...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending