Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

राजावादीको ढुंगामुढा, आक्रमण र आगजनीको रमिता हेर्ने भए गोलीको सिकार

खबरडबली संवाददाता

काठमाडौं ।  भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६, लोखर्क घर भएका २७ वर्षीय डिल्लीप्रसाद लुइटेल काठमाडौँमै बस्छन् । उनी कोटेश्वर बस टिकट काउन्टरमा काम गर्थे ।

गत शुक्रबार भने तीनकुने क्षेत्रमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनका कारण बस काउन्टर बन्द भएका कारण। उनी फुर्सदिला भए। तीनकुनेमा राजावादीको ढुंगामुढा, आक्रमण र आगजनी हुन थालेपछि उनी पनि रमिता हेर्न पुगे।

त्यही बेला आक्रोसित भीड र प्रहरीबीच झडप सुरु भयो। प्रदर्शनकारीलाई तित्तरबित्तर बनाउन प्रहरीले रबर गोली चलायो । लुइटेल गोली लागेर घाइते भए। हाल ट्रमा सेन्टरमा उपचाररत घाइते लुइटेलको पेटमा गोली लागेको छ।

‘काठमाडौँमा उसको कोही छैन,’ उनीसँगै काम गर्ने लेखनाथ घिमिरेले भने, ‘हामीले पनि उनलाई गोली लागेको साँझ मात्र थाहा पायौँ। अप्रेशनपछि बिहान १० बजे मात्र उसको होस् आएको छ ।’

होस् आएपछि उनले साथीहरूलाई आफू आन्दोलनमा होइन, रमित हेर्न गएको भनेका छन्। साथी घिमिरेका अनुसार डिल्लीले परिवारको चिन्ता गरिरहन्थे । भाईबहिनीको पढाई खर्च पुर्‍याउन उनको ध्यान सधैँ केन्द्रीत हुन्थ्यो । काठमाडौं बसेका डिल्लीकै भरमा उनको गाउँमा परिवार चलेको छ।

कतार गएर केही वर्ष दुख गरेका डिल्ली देश फर्किएपछि बस काउन्टरमा काम गर्न थालेका हुन् । उनी यसअघि इटहरी बस काउन्टरमा काम गर्थे, एक वर्षअघि मात्रै काठमाडौँ आइपुगेका हुन्।

दाईलाई गोली लागेर घाइते भएको खबर पाएपछि रातिनै गाडी चढेका माईलो भाई केदार बिहान ९ बजेमात्र गाउँबाट काठमाडौं आइपुगेका छन् । ‘आमा क्यान्सरले बित्नुभयो, त्यसपछि घर हेर्ने हाम्रो अभिभावक दाजु नै हो’ उनले भने, ‘दाजुको कमाइमै हाम्रो घर, पढाइ खर्च र व्यवहार चल्दै आएको छ।’

डिल्लीको घरमा तीन भाई, एक बहिनी र बाबु छन् । अस्पतालमा उपचाररत उनको उपचार खर्च कसले गरिदिने हो भन्ने ठेगान छैन। ‘हामीसँग पैसा छैन। अहिले अस्पतालमै खातामा लेखेर उपचार भइरहेको छ’ भाइ केदारले भने।

उनका साथीहरूका अनुसार अस्पतालबाहिर किन्नुपर्ने औषधि साथीहरूले पैसा लगाइदिएर किनिदिएका छन्। शुक्रबार काठमाडौँमा भएको राजावादीको प्रर्दशनमा दुई जनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित १ सय १० घाइते भएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनले बनाउँदैछ रसुवागढी सडक, तर बर्खामा हिलोले व्यापार र यात्रु दुवैलाई सास्ती

रसुवा । नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार मानिने स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ। गत वर्ष ल्हेन्दे खोलामा...

आजको तरकारी–फलफूलको भाउ सार्वजनिक: गोलभेँडा ४५, प्याज ५७, आलु ४८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, ...

पोखरा बसपार्कको छानबिनमा ठूलो खुलासा: २२० परिवारसँग अन्यत्रै घरजग्गा, २९९ मात्रै वास्तविक सुकुम्बासी

पोखरा । पोखरा बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारको छानबिनमा चकित पार्ने तथ्य बाहिर आएको छ। महानगरपालिकाले गठन गरेको अध्ययन समितिको ...

अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित: ६ राजमार्ग अवरुद्ध, बिपी र कान्ति लोकपथमा रातिको यात्रा बन्द

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र ढुंगा खस्ने घटनाले देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भन...

‘प्रेमिकासँग विवाह गराइदेऊ, नत्र हामफाल्छु’ भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढेका युवकको सकुशल उद्धार

सर्लाही । सर्लाहीको मलंगवामा प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्ध...

चितवनमा तीन सवारी साधन ठोक्किदा २६ जना घाइते

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५-२६ जना यात्रु घाइते भएका छन् । ...

जलविरेमा भीषण दुर्घटना: दुई बस र ट्रक ठोक्किँदा २५ जना घाइते

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

राइड सेयरिङमा सरकारको नयाँ कर: १०० रुपैयाँको यात्रामा अब ६ रुपैयाँ राज्यलाई

काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...

गाउँ रित्तिन थालेपछि नयाँ नीति: धेरै सन्तान जन्माउने परिवारलाई ५ हजारदेखि २० हजारसम्म प्रोत्साहन

तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...

कवितामार्फत सरकारलाई खबरदारी: हुलाकी सडक र कमला पुल बनाउन सिरहामा बहुभाषिक कवि सम्मेलन

सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending