सिरहा । सिरहाको मिर्चैयामा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पतालहरुमा छड्के अनुगमन गरेका छन् । मुख्यमन्त्री सिंहले शनिबार साँझ मिर्चैयामा अबैध रुपमा सञ्चालित १४ वटा निजी अस्पतालमा छड्के अगुमन गरेका हुन्।
अनुगमनको क्रममा १३ वटा अस्पताल अबैध रुपमा चलाइरहेको भन्दै बन्द गराइएको मुख्यमन्त्री सिंहले बताए। उनले भने, ´अबैध रुपमा सञ्चालित सिद्धकामना हस्पिटल, विष्णु पोलिक्लिनिक, बालसंसार हेल्थ केयर, बालकल्याण हेल्थ केयर, समित माउन्ट हस्पिटल, एसजेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर लाई बन्द गराइएको छ।´
यसैगरी, शान्ति हेल्थ केयर, श्रीराम ओरल एन्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला आँखा उपचार केन्द्र, लक्ष्मी हेल्थ केयर र लाइफ लाइन क्लिनिक पनि बन्द गराइएको छ । ती अस्पतालमध्ये अधिकांश दर्ता नरहेको र कतिपय नवीकरण नभएर पनि अवैध रूपमा चल्दै आएको उनको भनाइ छ ।´
यसैगरी, मापदण्ड विपरित सञ्चालित मनकामना मिड इस्टर्न अस्पताललाई १५ दिने पत्र काटिएको छ । यो अस्पतालले १५ बेडको मात्रै स्वीकृति पाए पनि अवैध रुपमा त्यसभन्दा बढी सेवाहरू सञ्चालन गर्दै आएको पाइएको छ । अब यो अस्पतालले १५ दिनभित्र स्वास्थ्य मन्त्रालयबाट अनुगमन गराउनु पर्ने जनाइएको छ ।
अवैध रुपले सञ्चालित अस्पतालमध्ये सिद्धकामना हस्पिटलका दुई कर्मचारी समेत पक्राउ गरेको छ । अस्पतालमा बिरामी भर्ना भए पनि अनुगमन टोली जाने बित्तिकै सटर बन्द गरेर भाग्न खोजेका दुई कर्मचारीलाई प्रहरीको जिम्मा लगाइएको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत संतोष कुमार ठाकुरले बताए ।
त्यसैगरी, मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुंगेरिया स्वीट्स एन्ड चाट हाउसको कारखाना सिल गरिएको छ । खाने कुरा बनाउँदा अखाद्य तथा कुहिएका बस्तु प्रयोग गरिएको र जथाभावी फोहोरमैला देखिए पछि कारखाना सिल गरिएको जनाइएको हो ।
आइतबार सम्बन्धित निकायले यो कारखानाबाट नमूना संकलन गरेर लाने र त्यसको जाँच गरी सञ्चालकलाई प्रचलित कानुन बमोजिम कारवाहीको दायरामा ल्याउने मुख्यमन्त्री सिंहले जनाएको छ।






यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १२:०५
काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...
मंसिर २० गते, २०८२ - १२:०२
काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...
मंसिर २० गते, २०८२ - ११:५७
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...
मंसिर २० गते, २०८२ - ११:२८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...
मंसिर २० गते, २०८२ - ११:२०
काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...
मंसिर २० गते, २०८२ - ११:१३
काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...
मंसिर २० गते, २०८२ - ११:११
राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...
मंसिर २० गते, २०८२ - ११:०७
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...
मंसिर २० गते, २०८२ - ११:०३
बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...
मंसिर २० गते, २०८२ - १०:५३
काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...




प्रतिकृया लेख्नुहोस्: