Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

कसरी उम्किए दुर्गा प्रसाईं ? पूर्वराजालाई तत्काल पक्राउ गर्न सरकामाथि दबाब अभियान

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनका क्रममा गाडी चलाएर प्रहरीलाई पेल्दै निषेधाज्ञा उल्लंघन गरेका र भीडलाई हिंसक बन्न उक्साएका दुर्गा प्रसाईं रहस्यमय रूपमा फरार भएका छन् । अघिल्लो दिनदेखि नै निगरानीमा रहेको भन्दै आएको प्रहरीले शुक्रबारको हिंसात्मक घटनापछि पनि उनलाई पक्राउ गर्न नसकेको हो ।

हिंसात्मक घटनाका मुख्य नाइके प्रसाईं नै रहेको निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्ले शुक्रबार नै तत्काल पक्राउ गर्न गृह प्रशासनलाई निर्देशन दिएको थियो । प्रसाईं लुक्न सक्ने ठाउँमा उपत्यकाका तीनै जिल्लाका प्रहरी युनिटले खोजी गरिरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए । गृहमन्त्री रमेश लेखक प्रसाईं चाँडै पक्राउ पर्ने दाबी गर्छन् । कान्तिपुर टेलिभिजनमा राजावादीको समूहले पुर्‍याएको क्षति निरीक्षण गर्न शनिबार आएका बेला उनले भने, ‘खोजी कार्य भइरहेको छ, छिट्टै पक्राउ पर्छन् ।’

राजावादीको प्रदर्शन भड्किँदा एक सञ्चारकर्मीको आगजनीमा परेर र एक सर्वसाधारणको गोली लागेर मृत्यु भएको थियो । राजावादीको समूहले सार्वजनिक, निजी घर तथा कार्यालय, व्यापारिक कम्प्लेक्स, सवारीसाधनमा तोडफोड, आगजनी, लुटपाट गरेको थियो । प्रदर्शनका योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भए पनि प्रसाईंकै कारण राजावादी समूह अराजक बनेको मन्त्रिपरिषद्को निष्कर्ष छ । प्रसाईं राजावादी आन्दोलनका कमान्डर हुन् ।

प्रसाईं शुक्रबार कोटेश्वरतर्फबाट हाइलक्स गाडी आफैं चलाएर प्रहरीलाई पेल्दै निषेधाज्ञा क्षेत्रमा अघि बढेका थिए । शान्तिनगरको पुल कटेपछि गाडीबाट ओर्लिएर उनी नजिकै एक घरको सटरभित्र लुकेका थिए । राजावादी जत्थाले अन्धाधुन्ध आगजनी, लुटपाट र तोडफोड गर्न थालेपछि प्रहरी शक्ति त्यसलाई नियन्त्रण गर्न केन्द्रित भएको मौका छोपेरप्रसाईं करिब साढे ४ बजेतिर सटरबाट निस्केर भागेका थिए । उनकै निजी सुरक्षा दस्ताले स्कारपियो गाडीमा चढाएर भगाएको फुटेज सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।

प्रसाईं नरेफाँट हुँदै भागेर लुभु र इमाडोलको बीचमा रहेको धर्मगुरु पुष्कर खतिवडाको घर पुगेका थिए । खतिवडालाई ललितपुर प्रहरीले शनिबार उनकै निवासबाट पक्राउ गरेको छ । ‘पुरानो चिनजान भएकाले प्रसाईंलाई मैले सहयोग गरेको हो । हामी दुवै झापाका हौं । म बुधबारेको, उहाँ बिर्तामोडको । म सामान्य जुलुसमा मात्रै गएको हुँ । म हिंस्रक होइन, धार्मिक मान्छे हो,’ खतिवडाको भनाइ उद्धृत गर्दै ललितपुर प्रहरी प्रमुख एसएसपी श्याम अधिकारीले भने, ‘उहाँ (प्रसाईं) र म सँगै एउटै गाडीमा मेरो घरमा आएका थियौं । उहाँ करिब १५ मिनेट मेरो घरमा बस्नुभयो । स्याउ र केरा खानुभयो । त्यसपछि मोबाइल बन्द गरेर निस्कनुभयो । कहाँ, कता जानुभयो, मलाई थाहा छैन ।’

खतिवडाको निवासमै रहेका बेला प्रहरीले खोजेका बेला आफू हाजिर हुने भन्ने सन्देश दिएर प्रसाईंले मोबाइल फोन अफ गरेका थिए । प्रसाईंलाई पक्राउ गर्नुपर्ने खबर भने शुक्रबार अबेर मात्र प्रहरीले पाएको गृहका अधिकारीहरू बताउँछन् । हिंसात्मक बन्न भीडलाई उक्साएको, तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले नेताहरू धवलशमशेर राणा, रवीन्द्र मिश्र, स्वागत नेपाललगायतलाई शुक्रबार नै पक्राउ गरेको थियो ।

प्रसाईं प्रहरीको नियन्त्रणमा रहेको अनौपचारिक सूचना प्रहरीका उच्च अधिकारीहरूले शुक्रबार नै दिएका थिए । ‘प्रसाईं प्रहरी नियन्त्रण बाहिर छैनन् । स्थिति तत्काल नभड्कियोस् भनेर मात्रै जानकारी नगराइएको हो, बिस्तारै प्रहरीकामा लगिनेछ,’ प्रहरीका एक उच्च अधिकारीले शुक्रबार भनेका थिए । 

तर शनिबार बिहान तिनै अधिकारीले खोजी कार्य भइरहेको प्रतिक्रिया दिएका थिए । ‘यसले प्रसाईंलाई जानीबुझी भगाइएको त होइन भन्ने प्रश्न उब्जेको छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘शनिबार साँझसम्म उनलाई फेला पार्न नसकेपछि उपत्काका कटिसकेको अनुमान गरेका छौं ।’

प्रसाईंले उपत्यका काटेको सूचना पाएपछि गृहमन्त्री लेखकले उच्च सुरक्षा अधिकारीहरूलाई बोलाएर भारतसँग जोडिएका सबै नाकामा समेत कडा निगरानी बढाउन निर्देशन दिएका छन् ।

विवादास्पद पृष्ठभूमिका प्रसाईं यसअघि विभिन्न कसुरमा पटक–पटक पक्राउ परेर छुटेका व्यक्ति हुन् । साइबर अपराध र गाली बेइज्जतीसम्बन्धी कसुरमा गत ६ असोजमा पक्राउ परेका उनी जिल्ला अदालत काठमाडौंको आदेशबमोजिम १५ असोजमा धरौटी बुझाएर छुटेका थिए । मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा प्रसाईं संगठित अपराध, किर्ते, मानहानिलगायतका कसुरमा ४ मंसिरमा फेरि पक्राउ परेका थिए । त्यति बेला उनी बन्दीप्रत्यक्षीकरणको निवेदन दिएर सर्वोच्च अदालतको आदेशबाट करिब एक महिनापछि छुटेका थिए ।

गणतन्त्रवादी राजनीतिक दल र नागरिक समाजले प्रसाईंलाई मात्रै नभएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै तत्काल पक्राउ गर्न सरकामाथि दबाब अभियान छेडेका छन् । यसका लागि सामाजिक सञ्जालमा अभियान नै चलाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending