Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८२ आईतवार | 20th April, 2025 Sun
Investment bank

दक्षिण कोरियामा हालसम्मकै ठूलो डढेलो- कति भयो जनधनको क्षति ? यस्तो छ अहिलेको अवस्था

खबरडबली संवाददाता

काठमाडौं । दक्षिण कोरियाका अधिकारीहरूले देशको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेलोले यसअघिका त्यस्तो आगलागीले भन्दा धेरै वनजङ्गल जलाउनुका साथै मानवीय क्षति गराएको बताएका छन्।

हालसम्म त्यसबाट २६ जनाको मृत्यु पुष्टि भएको छ भने दशौँ हजार मानिसहरू विस्थापित बनेका छन्।

स्थानीय अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये धेरैजसो ६० देखि ८० वर्षीय उमेरका मानिसहरू छन्। प्रत्यक्षदर्शीहरूले आगोले आफ्ना घरहरू सखाप पार्दाको पीडादायी दृश्यहरू वर्णन गरेका छन्।

मार्च २१ मा सुरु भएको उक्त डढेलोले धेरै सुख्खा अवस्था र तीव्र गतिको वायुले क्षतिको मात्रा बढाएको छ।  डढेलो नियन्त्रणका लागि हजारौं सङ्ख्यामा अग्निनियन्त्रक र सैनिकहरू खटाइएको छ।

हालसम्मकै खराब

दक्षिण कोरियामा डढेलो अन्यत्रको तुलनामा असामान्य मानिने हुँदा पनि यस तहको क्षति अभूतपूर्व मानिएको छ।

अधिकारीहरूले उक्त डढेलोलाई त्यहाँ विवरण राख्न थालिए यताकै सबैभन्दा खराब बताएका छन्। हालसम्म त्यो ३५ हजार ८ सय हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको अधिकारीहरूले बताएका छन्।

तीन क्षेत्रमा १२० भन्दा बढी हेलिकप्टर परिचालन गरिएको छ। बुधबार एक अग्नि नियन्त्रक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसका पाइलटको मृत्यु भएको छ। कम्तीमा तीन जना अग्नि नियन्त्रकको समेत मृत्यु भएको छ।

देशका विपद् प्रमुखले आगलागीको मात्राले जलवायु सङ्कटको कठोर वास्तविकतालाई उजागर गरेको बताएका छन्।

सांस्कृतिक धरोहरमा पनि असर

आगलागीले सांस्कृतिक धरोहरहरूमा समेत ठूलो खतरा निम्त्याइरहेको बताइएको छ। इसङ सहरमा आगोले इस्वी संवत् ६१८ मा निर्मित त्यहाँको ठूलोमध्येको एक गौन्सा मन्दिरलाई ध्वस्त पारेको छ।

दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रभर ऐतिहासिक कलाकृतिहरूलाई आगोको पहुँचबाट बाहिर निकाल्न मानिसहरू सङ्घर्षरत छन्।

मौसम पूर्वानुमानहरूमा डढेलो प्रभावित क्षेत्रमा लगभग ५ मिलिमिटर वर्षा हुने अनुमान गरिए तापनि अधिकारीहरूले त्यसलाई सजगतापूर्वक हेरेको बताएका छन्।

"वर्षाको मात्रा कम छ, त्यसैले यसले आगो निभाउन धेरै मद्दत गर्ने देखिँदैन," कोरिया वन सेवाका प्रमुख लिम साङ-सिओपले एक ब्रीफिङमा भने। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज पनि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । आज पनि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रा...

असोजमा बाढीपहिरो- सातमहिनापछि बल्ल काभ्रेमा निजी आवासको क्षति आँकलन सुरु

काभ्रेपलाञ्चोक । विसं २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधनको क्षति पुर्यायो । घटनाक...

मौरीपालक किसानको सङ्ख्या बढ्यो, उत्पादन भने घट्यो

चितवन । गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१ मा एक हजार ७० टनले मह उत्पादनमा कमी आएको छ ।  अघिल्लो वर्ष चार हजार ९४५ टन मह उत्पादन भएकामा गत वर्ष सो...

धर्मराउँदै कांग्रेस-एमाले सम्बन्ध, दोहोरो दबाबमा देउवा

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीचको सम्बन्ध धर्मराउँदै गइरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ...

चौध वर्षदेखि बेखबर छिन् सञ्चमाया

इलाम । कमजोर आर्थिक अवस्थाका कारण खानलाउन नपुग्नेभएपछि सूर्योदय नगरपालिका–४ गोरखकी सञ्चमाया राईका लागि विदेश जानु पारिवारिक बाध्यता थियो। घरमा श्रीमान...

राजेन्द्र लिङ्देनले भने- हामी सीमित नेता मात्रै सहभागी भएर शान्तिपूर्ण प्रदर्शन गर्छौं

वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, सरकार नडराए हुन्छ

नवलपरासी-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा विश्वकर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्र नवलपरासी-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा अर्जुन विश्वकर्मा चयन भएका छन्। शनिबार बबरमहलमा भएको दोस्रो अधिवेश...

९ महिनामा थपियो २ खर्ब ३३ अर्ब सार्वजनिक ऋण, यही अवधिमा २ खर्ब साँवा-ब्याज भुक्तानी

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत) सम्म सरकारले कुल ३ खर्ब ६६ अर्ब ९ करोड रुपैयाँ सार्वजनिक ऋण संकलन गरेको छ । यसमध्ये २ खर्ब ९१ अर्ब १४...

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending