कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको दोेस्रो चौमासिकसम्म छ अर्ब ६२ करोड १३ लाख रुपियाँ बजेट खर्च गरेको छ । प्रदेश सरकारले फागुन मसान्तसम्म त्यत्ति बजेट खर्च गरेको हो ।
चालु आर्थिक वर्षका लागि ३१ अर्ब ५३ करोड ६६ लाख रुपियाँ बजेट ल्याएको प्रदेश सरकारको हालसम्मको बजेट खर्च प्रगति २१ प्रतिशत पुगेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार प्रदेश सरकारले अझै २४ अर्ब ९१ करोड ५२ लाखभन्दा बढी बजेट खर्च गर्न बाँकी रहेको छ । तर, चालु आर्थिक वर्षमा काम गर्ने समय चार महिनामात्रै बाँकी रहेको छ ।
विकास बजेट खर्च प्रगति सन्तोषजनक देखिएको छैन । सरकारले दोस्रो चौमासिकसम्म दुई अर्ब ७४ करोड ५९ लाख रुपियाँमात्रै पुँजीगत बजेट खर्च गरेको छ । जुन खर्च प्रगति १४.६४ प्रतिशत हुन आउँछ । सरकारले पुँजीगततर्फ यस आर्थिक वर्षमा १८ अर्ब ७५ करोड ७९ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
चालुतर्फको बजेट खर्च प्रगति भने पुँजीगतको तुलनामा केही बढी रहेको छ । सरकारले चालुतर्फको बजेट हालसम्म तीन अर्ब ८७ करोड ५४ लाख रुपियाँ खर्च गरिसकेको छ ।
चालुतर्फ जम्मा १२ अर्ब ७७ करोड ६ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । हालसम्म चालु बजेट खर्च प्रगति ३०.३५ प्रतिशत पुगेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: