म्याग्दी । म्याग्दी खोलामा निर्माणाधीन एक जलविद्युत आयोजनाले सुरुङबाट निकालिएको ढुङ्गा, माटो(मकिङ) लाई सिधै नदीमा फालेको छ । आयोजनाले लापरबाही तरिकाले नदीमा फालेको मकिङका कारण नदीको धार नै परिवर्तन हुने जोखिम बढेको स्थानीयहरुको गुनासो छ ।
कालिका हाइड्रो लिमिटेड प्रर्वद्धक रहेको जिल्लाको मालिका गाउँपालिका ६ मा निर्माणाधीन ३५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाले सुरुङ खन्दा निकालिएको ढुङ्गा, माटो(मकिङ) लाई व्यवस्थित नगरेर म्याग्दी नदीमा फालेको हो ।
आयोजनाले नदीमा फालेको मकिङका कारण नदीको धार नै परिवर्तन हुने जोखिम बढेको स्थानीयहरुले गुनासो गरेका छन् । आयोजनाले सुरुङ खन्दा निस्केको ढुङ्गा र माटो(मकिङ) लाई खाली जग्गा खरिद गरेर व्यवस्थित गर्नुपर्दछ । सिधै खोलामा फाल्दा नदीको धार परिवर्तन हुने,नदीमा बाढी अउने, कटानको जोखिम बढ्ने र जलचर संकटमा पर्ने जोखिम बढेको स्थानीयहरु बताउँछन् ।
आयोजनाले कमेरे स्थित अडित नम्बर २ मा बिस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्दा निस्कीएको ढुङ्गा र माटो नीतिगत व्यवस्था विपरित खोलामा फाल्ने गरेको मालिका गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए ।
उनले भने, "हामीले आयोजनालाई पटक–पटक यस्तो लापरबाही नगर्नुहोस् भनेर मौखिक रुपमा भनेका छौं । तर आयोजनाले जनप्रतिनिधिको कुरा सुनुवाई गर्दैन । सुरुङबाट निस्केको ढुङ्गा, माटो जथाभावी रुपमा नदी किनारमा फालेको छ ।" जलविद्युत आयोजनालाई जवाफदेही बनाउने कसले होला उनले गुनासो पोखे ।
नदीमा फालेको ढुङ्गा र माटोका कारण नदी किनारमा रहेको दरवाङ, बाबियाचौर, तातोपानी, सिंगा र बेनीमा कटानको जोखिम समेत बढ्ने वडाध्यक्ष रोकाले बताए । दरवाङ म्याग्दीखोलाको सुरुङबाट निस्कीएको मकिङ गोज्जा, कमेरे, दरवाङ र ढाँडखर्कको पाखो, नदी किनार र सिधै खोलामा फाल्ने गरेको उनले बताए । "हामीले भनेको आयोजनाले मानेको छैन । आयोजनाले गरेको यो लापरबाहीलाई नियन्त्रण गर्ने निकाय कुन हो ? सम्बन्धीत निकायले चाँढो यता तर्फ ध्यान दिनुपर्याे," वडाध्यक्ष रोकाले भने । जनप्रतिनिधि र स्थानीयहरुको कुरा आयोजनाले सुनुवाई नगरेपछि आन्दोलित हुनुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।
आयोजनाका निर्देशक तेजेन्द्र रोकाले खोलामा मकिङ फाल्नु कमजोरी भएको स्विकार गर्दै जग्गा व्यवस्थापनमा ढिलाई भएका कारण खोलामा फालिएको बताए । आयोजना जग्गाको खोजीमा लागेकाले आगामी दिनमा मकिङलाई चाँडै व्यवस्थित गरिने उनको भनाइ थियो ।
दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित २०७५ मा सुरु भएको दरवाङ म्याग्दीखोला जलविद्युत जलविद्युत आयोजनाको छ वर्षमा २० प्रतिशत पनि भौतिक प्रगति भएको छैन । आयोजनाका स्थानीय शेयर लगानीकर्ताहरु निर्माणमा भएको ढिलाइका कारण निराश भएका छन् ।
निर्माण सम्पन्न हुने समयमा पनि आयोजना निर्माणले गति लिन नसकेको भन्दै लगानीकर्ताहरुले असन्तुष्टी पोख्न थालेका छन् । मालिका गाउँपालिका–७ र धवलागिरी गाउँपालिका–७ इल्पुमा बाँध र वडा नं.–१ खोप्तिमा विद्युतगृह प्रस्ताव गरिएको आयोजनाको सुरुङ बाहेकका अन्य भौतिक संरचना निर्माण अझै सुरुनै भएको छैन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...
पौष १ गते, २०८२ - १७:५५
सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...
पौष १ गते, २०८२ - १७:५२
काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्ट...
पौष १ गते, २०८२ - १७:४५
झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुम...




प्रतिकृया लेख्नुहोस्: