मोरङ । बेलबारी प्राज्ञ प्रतिष्ठानको आयोजनामा मोरङको बेलबारीमा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा स्थानीय विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको छ । विद्यालय तथा क्याम्पस तहका विद्यार्थीसहित स्थानीय समाजसेवी, शिक्षाप्रेमी, कलाकारलाई महोत्सवले आकर्षित गरेको देखिन्छ ।
तीन दिनसम्म चल्ने सो महोत्सवमा नेपाल, भारत र जापानका नाट्यकर्मीहरुले नाटक मञ्चन गरिरेका छन् । हरेक दिन दुई वटाका दरले नाटक मञ्चन हुने महोत्सवका निर्देशक विकास बुढाथोकीले जानकारी दिए । मण्डला थिएटरका निर्देशक सोमनाथ खनालको सक्रियतामा आयोजना भएको सो महोत्सवमा छ वटा नाटक मञ्चन हुने बताइएको छ ।
स्थानीय कलाकर्मीको पहिचानसहित नाट्यकला क्षेत्रको विकास र प्रवद्र्धन गर्न सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको यस किसिमको नाट्य महोत्सव चितवन र पोखरामा पनि भइरहेको आयोजक पक्षले जनाएको छ । बेलबारी प्राज्ञ प्रतिष्ठानका सचिव कुलप्रसाद बरालका अनुसार महोत्सवमा नाटक मञ्चनसहित सांस्कृतिक झाँकी, कार्यशाला, अन्तक्र्रियालगायतका प्राज्ञिक गतिविधि सञ्चालन हुनेछ ।
पहिलो दिन आइतबार जीवन बराल र विकास बुढाथोकीको निर्देशनमा रहेको ‘स्कुल’ नाटक र भारतीय टोलीले तयार गरेको नाटक ‘एबोरिजिनल क्राई’ मञ्चन भएको छ । यस नाटकले भारतस्थित मणिपुरको प्रभावित क्षेत्रका विस्थापित मानिस र तिनको कठिनाइलाई चित्रण गर्ने प्रयास गरेको छ । मण्डल थिएटरका निर्देशक सोमनाथ खनालले नेपालको पूर्वी क्षेत्रको बेलबारीमा पहिलो पटक सुरु भएको सो महोत्वसले स्थानीय कलाकार तथा नाट्यकर्मीको उजागर गर्न र समग्र नाट्यकला क्षेत्रको विकास र प्रवद्र्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: