काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको बुद्धि नभएको टिप्पणी गरेका छन् ।
८६ वर्षे वयोवृद्ध नवराज सुवेदीलाई राजावादीको आन्दोलनको नेतृत्व गर्न भनेर दुःख दिएको भन्दै प्रचण्डले ज्ञानेन्द्रको बुद्धि नभएको बताए।
एक टेलिभिजनको अन्तर्वार्तामा उनले भनेका छन्, ‘ज्ञानेन्द्रको बुद्धि के छ भने नवराज सुवेदी खोजेर, विचरा त्यो ८६ वर्षको बुढालाई दुःख दिने गरी ल्याउने । यसबाट हाम्रो ज्ञानेन्द्रजीको बुद्धि के छ भन्ने देखियो ।’
८६ वर्षीय सुवेदी राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक हुन् । तर सुवेदीलाई अघि सारेको भन्दै राजावादीहरु नै सन्तुष्ट छैनन्।
प्रतिकृया लेख्नुहोस्: