काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दलित परिवारमाथिको अत्याचार अन्त्य गर्न माग गरेका छन्।
सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञ लगाउने नाउँमा एक दलित परिवार दीपक मलिक (डोम) को घरबार भत्काएर उठीबास लगाएको घटनाले फेरि एक पटक दलित जनसमुदाय माथिको अर्को अत्याचारको घटनालाई उजागर भएको बताए।
उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सिराहा जिल्लाको औरही गाविसमा भएको दलित परिवार विरुद्धको यस अमानवीय घटनाको कडा शब्दमा विरोध र भर्त्सना गर्दछु । साथै त्यस्ता अन्यायमा परेका जनताका पक्षमा त्यहाँका जनप्रतिनिधिहरू किन खडा हुन सकेनन् ? स्थानीय प्रशासनले ती पीडित परिवारको किन रक्षा गर्न सकेन ? म गम्भीर रूपमा उनीहरूमाथि प्रश्न उठाउन चाहन्छु ।’
साथै त्यस जिल्लामा रहेको हाम्रो पार्टीका कार्यकर्ताहरू, अन्य सबै उत्पीडनका विरुद्ध रहेका जनसमुदायहरू, राजनीतिक पार्टीहरू, जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र प्रहरीलाई समेत उत्पीडित परिवार र जनताको रक्षाका निम्ति दृढतापूर्वक खडा हुन र अन्याय गर्ने दोषीहरूलाई कडा कारबाही गर्न माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल गणतन्त्र घोषित भएको पनि १६ वर्ष पुगेको छ । यस्तो अवस्थामा पनि नेपाली समाजमा दलित जनसमुदायप्रति हिन्दुवादी कट्टरतावादीहरूमा रहेको अत्याचारपूर्ण र अमानवीय भेदभाव एउटा महाकलङ्कका रूपमा रहेको यो अर्को उदाहरण हो । नेपाल कुनै एउटा धर्म विशेषको प्रभुत्व रहेको मुलुक होइन । नेपाल एक बहुधार्मिक मुलुक हो । यहाँ सबै धार्मिक र सामाजिक समूहबिच समानता छ । सबैको उत्तिकै सम्मान, मर्यादा र प्रतिष्ठा हुन्छ र हुनुपर्छ ।’
नेपाली समाजमा दलितहरूको सङ्ख्या पनि ३० लाखभन्दा बढी रहेको भन्दै स्थानीय जनप्रतिनिधिहरूले समेत यस्ता सामाजिक कलङ्कका विरुद्ध दृढ भएर उभिन नसक्नु विडम्बनापूर्ण बनेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - १९:५१
काठमाडौं । काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा ...
चैत्र २० गते, २०८२ - १९:४५
काठमाडौं। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सुधारका योजना अघि स...
चैत्र २० गते, २०८२ - १९:४३
सल्यान । सल्यानमा एसईई दिन आएका एक विद्यार्थीको भेरी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–३ औलबेसीका हरिभान बुढाथोकीका १६ वर्...
चैत्र २० गते, २०८२ - १९:४०
काठमाडौँ । एक चिनियाँ नागरिकलाई अन्तर्राष्ट्रिय ठगी अनुसन्धानको सम्बन्धमा दोषी ठहर गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी जफत भनिएको छ । ...
चैत्र २० गते, २०८२ - १९:३९
काठमाडौँ । सामाजिक सञ्जालमार्फत प्रलोभन देखाई नेपाली नागरिकलाई ठगी गर्ने आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका...
चैत्र २० गते, २०८२ - १९:३४
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम दिएको छ । ...
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
चैत्र १९ गते, २०८२ - २१:३५
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
चैत्र १९ गते, २०८२ - २१:०५
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...


प्रतिकृया लेख्नुहोस्: