विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले कडा रोग लागेको विपन्न नागरिकहरूलाई उपचारकाे नाममा १३ करोड २८ लाख बढी रकम बाँड्ने तयारी गरेको छ ।
कडा रोग लागेका विपन्न नागरिकहरूलाई औषधी उपचार बापत आर्थिक सहायता दिनेगरी शनिवारदेखि सो रकम उपलब्ध गराउने निर्णय भएको स्वास्थ्य मन्त्री भूपेन्द्र राईले जानकारी दिए ।
यसरी आर्थिक सहायता प्राप्त गर्नेको सङ्ख्या २ हजार ५ सय ५६ जना रहेको छ । जसमा क्यान्सर रोग लागेका १ हजार ५ सय ७ जना, मिर्गौला रोग लागेका ५ सय ३६, मिर्गौला प्रत्यारोपण गरेका ८५ जना, मुटु रोगी ३ सय ३१ जना, कलेजो रोगी १५ जना, थालासिमिया ३ जना, पार्किन्सन ७ जना, फोक्सोका बिरामी १ जना, स्पाइनल इन्जुरी ४१ जना, हेड इन्जुरी २९ जना र मस्तिष्क घातका १ जना रोगी रहेका छन् । उनीहरूलाई १३ करोड २८ लाख २५ हजार ४३६ रुपैयाँ बाँडिने मन्त्री राईले जनाए ।
सहायता प्राप्त गर्न निवेदन दिएका बिरामी वा उनका आफन्तले मन्त्रालयमा सम्पर्क गरी उक्त आर्थिक सहायता लिनसक्ने मन्त्री राईले बताए । प्रदेश सरकारले कडा रोग लागेका बिरामीहरुलाई उपचार सहुलियत दिन भन्दै ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । यद्यपि निवेदन धेरै परेको कारण थप रकम रकमान्तर गरेर दिन लागिएको हो ।
यद्यपि यसअघि दिने भनिएको रकमको ५० प्रतिशत मात्रै दिन लागिएको मन्त्री राईले बताए । निवेदनमा माग भएजति शतप्रतिशत रकम दिन स्रोत अभाव भएको भन्दै ५० प्रतिशत घटाएर रकम उपलब्ध गराउन कार्यविधि नै संशोधन गरिएको हो । सरकारले हाललाई भने कडा रोग लागेका बिरामीको उपचारका लागि दिने सहुलियतको निवेदन लिन छोडेको छ ।
प्रदेशको आर्थिक अवस्था र क्षमताले थाम्न नसक्ने भएपछि कार्यक्रम रोक्नु परेको मन्त्रालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...
मंसिर ३० गते, २०८२ - १८:०१
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प...
मंसिर ३० गते, २०८२ - १७:५९
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ। आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित...
मंसिर ३० गते, २०८२ - १७:५५
काठमाडौँ । भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नो...
मंसिर ३० गते, २०८२ - १७:५०
गण्डकी । प्रदेशका सबै घरधुरीमा बिजुलीको पहुँच पुर्याउने गण्डकी प्रदेश सरकारको आठ वर्षदेखिको लक्ष्य अझै पूरा भएको छैन । प्रदेश स्थापनापछि विसं २०७४ मा...




प्रतिकृया लेख्नुहोस्: