काठमाडाैं । जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघको आयोजनामा ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ हुने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा जलसम्बद्ध संघसंस्थाको सहकार्यमा चैत ९ र १० गते पहिलोपटक राष्ट्रिय पानी सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।
आयोगका सचिव मधुप्रसाद भेटुवालले सरकारले पानीलाई उच्च प्राथमिकतामा राखेर विभिन्न गुरुयोजना निर्माण गरिरहेको बताए । उनले बढीभन्दा बढी जनताले लाभ पाउने गरी मन्त्रालयले पानीका क्षेत्रमा योजना बनाइरहेको बताए ।
सचिव भेटुवालले नेपालका २१ वटा हिमताल विस्फोटको जोखिममा रहेको भन्दै ती हिमताललाई संरक्षण गर्न आयोग लागिरहेको जानकारी दिए । उनले पानीको उचित प्रयोगका लागि राष्ट्रिय जलस्रोत नीति, २०७७ ल्याइएको र जलस्रोत विधेयक संसदमा विचाराधीन अवस्थामा रहेको उल्लेख गरे ।
राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघका अध्यक्ष शम्भुप्रसाद दुलालले पानीसम्बन्धी सरकारका नीति तथा कार्यक्रमलाई व्यवस्थित बनाएर पानीको उपयोगका लागि महासंघले काम गर्दै आएको बताए । उनले नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव पर्दा हिमतालहरू विस्फोटबाट क्षति हुने गरेको भन्दै यसको व्यावहारिक समाधानका लागि यस्ता सम्मेलनले सहयोग पुग्ने बताए ।
जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालमा ०६५ सालदेखि जल तथा मौसम सप्ताह मनाउँदै आए पनि यो वर्षदेखि ‘नेपाल राष्ट्रिय हिमनदी जल तथा मौसम सप्ताह’ मनाउन लागिएको हो ।
नेपालको आर्थिक तथा सामाजिक विकासमा जलस्रोतको प्रमुख भूमिका रहेको सन्दर्भमा जलस्रोत संरक्षण, उपयोग, दिगो विकास एवं व्यवस्थापनका लागि नीतिगत छलफल र बहस, जनचेतना अभिवृद्धि, प्राविधिक क्षमता विकास एवं जलस्रोतको एकीकृत उपयोगका लागि ०७० चैत ६ गतेको निर्णअनुसार विश्व पानी दिवस मनाउँदै आए पनि सम्मेलन भने पहिलोपटक गर्न लागिएको हो ।
आयोगका सहसचिव एवं प्रवक्ता कलानिधि पौड्यालले दुई दिनसम्म चल्ने सम्मेलनमा पानीको बहुउपयोग, यसको महत्त्व, स्रोत संरक्षण, दिगो उपयोगका लागि गरिएका असल अभ्यास एवं चुनौतीलगायत विषयमा गहन छलफल हुने बताए ।
सम्मेलनमा एकीकृत जलस्रोत व्यवस्थापन, जल सुशासन, खानेपानी, सरसफाइ, जलविद्युत्, सिँचाइजस्ता क्षेत्रमा जलस्रोतको उपयोगमा रहेका चुनौती र सिकाइका असल अभ्यास तथा पानीसम्बद्ध विविध विषयमा प्रस्तुतीकरण र नीतिगत छलफल हुने प्रवक्ता पौड्यालले बताए । उक्त सम्मेलनमा १० ‘सेसन’मा विधागत छलफल हुनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: