Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

शंकरदेवका विद्यार्थीलाई ताला होइन, स्ववियु निर्वाचन चाहिएको हो : सचिव उपाध्याय

खबरडबली संवाददाता

काठमाडौं । शंकरदेवका स्ववियु सचिव मदनराज उपाध्यायले स्वतन्त्र विद्यार्थी युनियनको चुनावविरुद्ध तालाबन्दी गरिएको भन्दै आपत्ति जनाएका छन्। त्रिवि तालिका अनुसार गत मंगलबार स्ववियु निर्वाचन हुन पर्ने भए पनि यही २७ गतेदेखि विभिन्न संगठनहरूले तालाबन्दी गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

विद्यार्थीको आवाज मुखरित गर्ने साझा संस्था स्ववियु निर्वाचन आवश्यक र अपरिहार्य रहेको उनको जिकिर छ। 'शंकरदेव क्याम्पसमा विभिन्न संगठनले ताला लगाएको धेरै दिन भइसक्यो। क्याम्पस प्रशासन र निर्वाचन समिति मौन छ। स्ववियु शंकरदेव क्याम्पसको एक मात्र एजेण्डा निर्वाचन हुनुपर्छ भन्ने हो। लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन नै हो,' उनले भनेका छन्।

निर्वाचनबाट भाग्नु भनेको हारको मानसिकता भएको उपाध्यायले बताएका छन्। निर्वाचन प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रशासन र निर्वाचन समितिलाई आफूहरू नेतृत्वको स्ववियुले जस्तो सुकै सहयोग गर्ने उनको जिकिर छ।

'विद्यार्थीको दु:ख सुखको सारथी, शिक्षाको प्रायका रुपमा रहेको स्ववियु निर्वाचन कुनै बाहानामा रोक्न पाइदैन। क्याम्पसमा ताला लगाउने सम्पूर्ण संगठनलाई सहमति, सहकार्य र समन्वय ल्याई निर्वाचन प्रक्रिया अगाढि बढाउन स्ववियु निर्वाचन समिति र क्याम्पस प्रशासनलाई अनुरोध गर्दछु,' उनले भनेका छन्।

निर्वाचन गर्न नसक्ने भए उक्त निर्वाचन समिति खारेज गरी नयाँ निर्वाचन समिति गठन गरी अगाडि बढ्न क्याम्पस प्रमुख र प्रशासन समक्ष उनको आग्रह छ। उनले यसका साथै स्ववियु निर्वाचन रोकिएका अन्य क्याम्पसमा पनि अविलम्ब निर्वाचन गर्न आग्रह गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending