Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

नाउपा सांसद चौधरीसँग वार्ता- मधेसजस्तै ‘थरुहट प्रदेश’ हुनुपर्छ

सङ्घीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउनुपर्छ

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य भएको करिब दुई वर्ष भयो । थारु समुदायको प्रतिनिधित्व गरेर सांसद भएको हुँ । संसद्मा पटकपटक यो समुदायको अधिकारका निम्ति आवाज उठाउँदै आएको छु । संविधानको मर्मअनुरुप कानुन बनाउने प्रक्रियामा पनि सक्रियताका साथ काम गर्दै आएको छु । राज्यका निकायहरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा थारु समुदायको प्रतिनिधित्व न्यून छ । यी तीनवटा निकायलगायत राज्यका हरेक संरचनामा थारु समुदायको अधिकार सुनिश्चितताका निम्ति संवैधानिक र कानुनी व्यवस्था गर्नुपर्छ । 

विसं २०७८ को जनगणनाअनुसार थारु समुदायको जनसङ्ख्या १८ लाख सात हजार १२४ रहेको छ । त्यही जनसङ्ख्याको आधारमा उनीहरुको राज्यका निकायमा सहभागिता सुनिश्चित हुनुपर्छ । संविधान संशोधन गरेर उनीहरुको अधिकार सुनिश्चित गर्नुपर्छ । निजामती, नेपाल प्रहरी, नेपाली सेना र संस्थानलगायत सरकारी जागिरमा थारु जातिको जनसङ्ख्याको आधारमा आरक्षणको व्यवस्था गर्नुपर्छ । अहिले हाम्रो पार्टीबाट प्रतिनिधिसभामा चारजना सांसद हुनुहुन्छ । 

त्यसैगरी १२ जना प्रदेश सांसद हुनुहुन्छ । ‘मधेस प्रदेश’ जस्तै ‘थरुहट प्रदेश’ हुनुपर्छ भन्ने हाम्रो पहिलो माग हो । थारु सामुदायको बाहुल्य रहेका गाउँपालिका र नगरपालिकामा सरकारी कामकाजको भाषाको रुपमा थारु भाषालाई मान्यता दिलाउनुपर्ने हाम्रो अर्को माग हो । सुर्खेत, दाङ र चितवन लगायतका जिल्लाका विभिन्न स्थानमा थारु समुदायको बसोबास रहेको छ । 

नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी जनसङ्ख्या रहेको छ । मुलुकमा रहेका सबै राजनीतिक दलहरुको लामो सङ्घर्षबाट देशको व्यवस्था परिवर्तन भएको छ । केही मात्रामा देशको विकास पनि भएको छ । तर जुन गतिमा हुनुपर्ने हो, त्यो गतिमा हुन सकेको छैन । जनप्रतिनिधिको नाताले हामीले यो विषय संसद्मा उठाइरहेका छौँ । 

सरकार र शीर्ष नेताहरुले आफ्नो क्षेत्रका लागि मात्रैभन्दा पनि समग्र देशको समान रुपमा विकास गर्नुपर्छ । देशको विकास समान रुपमा हुनुपर्छजस्तो लाग्छ । हाम्रो पार्टीले जुन पार्टीको नेतृत्वमा सरकार बने पनि सहयोग र समर्थन गर्दै आएको छ । हामी सङ्घीय सांसदहरुको काम भनेको मुख्यत नीति निर्माण गर्ने रहेछ । तर स्थानीय तहलाई बजेट चलाउने अधिकार हुन्छ । सांसद कार्यकारी पद होइन । त्यसैले विकासको कामलाई स्थानीय सरकारले पनि प्राथमिकता दिनुपर्छ । सङ्घीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउनुपर्छ । युवा पलायन रोक्न देशमा कुनै न कुनै व्यवसाय सञ्चालन गर्नुपर्छ । 

राज्यले ऋण गरेर भएपनि देशमा उद्योग, कलकारखाना खोल्नुपर्छ । सरकारले जुन गतिमा रोजगारी सिर्जना गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । अहिले देशभित्रै पनि हजारौँ युवा बेरोजगार बस्नुपरेको छ । एकैचोटी रोजगारी सिर्जना गर्छु भनेर हुँदैन । एकैचोटी युवा पलायन पनि रोक्न सकिँदैन । तर रोजगारीको लागि सरकारले उद्योग, कलकारखाना खोल्न सुरु गर्नुपर्छ । कुनै सानोतिनो व्यापार गरौँ भने पनि राम्रो बजार छैन । 

सरकारसम्म पहुँच नभएका जनताले कुनै पनि सरकारी अनुदान पाउन सकेका छैनन् । सङ्घ, प्रदेश र स्थानीय सरकारले दिने कृषि अनुदान वास्तविक किसानले पाउन सकेका छैनन् । सरकारको वरिपरि रहेकाले मात्रै पाएका छन् । सरकारमा भएको पार्टीको मान्छेले मात्रै अनुदान पाएको छ । नेताका नातेदारले मात्रै पाएका छन् । त्यसैले सरकारले तल्लो तहका जनतालाई हेर्नुपर्छ । पिँधमा रहेका जनताको स्वास्थ्य, शिक्षा र बेरोजगारीलगायत उनीहरुको समग्र समस्यालाई सरकारले ध्यान दिनुपर्छ । 

सुशासनको मुख्य बाधक भनेको भ्रष्टाचार हो । भ्रष्टाचारको अन्त्य गर्नैपर्छ । सरकारीस्तरमा त भ्रष्टाचार हुने नै भयो । निजी क्षेत्रमा पनि त्यस्तै भ्रष्टाचार छ । हरेक सरकारका मन्त्री नै भ्रष्टाचारमा संलग्न भएको देखिन्छ । सरकारको मुख्यसचिवदेखि तल्लो तहका कर्मचारी पनि भ्रष्टाचारमा लागेको देखिन्छ । यदि देश विकास गर्दै सुशासन कायम गर्ने हो भने भ्रष्टाचारमा संलग्न सबैलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्छ । नेपालमा जागिर खानका लागि पनि घुस दिनुपर्छ । त्यो पनि भ्रष्टाचार हो । एउटा सामान्य सरकारी कागजात बनाउन पनि जनताले महिनौँ कुर्नुपर्छ । त्यो पनि भ्रष्टाचार हो । 

सुशासनको लागि सरकारी कामलाई चुस्त बनाउनुपर्छ । देशमा विकास नभएका कारण, बेरोजगारी भएका कारण, जनताको अवस्थामा सुधार नभएका कारण जनतामा निराशा बढेको हो । त्यो कुरा अहिलेका राजनीतिक दलहरुले बुझ्नुपर्ने हो । पछिल्लो समयमा पूर्वराजाको सक्रियता यत्तिकै बढेको हैन । अहिलेसम्म देशमा जनताको अवस्था परिवर्तन हुन्छ कि भनेर कुरिरहेका थिए । अब उनीहरुको पीडा बाहिर आउँदैछ । 

बर्दिया जिल्लास्थित मेरो निर्वाचन क्षेत्रमा हात्तीको आतङ्क छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट बस्ती नजिकै छ । अस्ति भर्खरै ७५ वर्षको मानिसलाई हात्तीले आक्रमण गरेर मारेको छ । मेरो निर्वाचन क्षेत्रका मानिसलाई जङ्गली बाघ र भालुबाट पटकपटक आक्रमण हुँदै आएको छ । यो विषयमा संसद्मा बोल्दै आएको छु । अबको मेरो योजना भनेको जङ्गली जनावरबाट मानिसमा भइरहेको आक्रमणको समस्या समाधन गर्नेतर्फ केन्द्रित हुनेछ । जङ्गली जनावरको आक्रमणबाट सामान्य गरिब मान्छे मरिरहेको छ । किनभने धनीहरुको घर जङ्गलको नजिकै, खोलाको किनारमा हुँदैन ।  

सांसद  चौधरीको परिचय

‘नागरिक उन्मुक्ति पार्टी’ का केन्द्रीय सदस्य लालवीर चौधरी प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । बर्दिया क्षेत्र नं २ बाट निर्वाचित सांसद चौधरी सो पार्टीको प्रमुख सचेतक पनि हुनुहुन्छ । विसं २०७९ को निर्वाचनको समयमा सो पार्टीका अध्यक्ष रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले श्री चौधरीलाई स्वतन्त्र उम्मेदवार उठाएको थियो । उहाँ सांसद हुनुभन्दा अघि सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।  

(प्रतिनिधिसभा सदस्य चौधरीसँग राससले गरेको कुराकानीको सम्पादित अंश) 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending